एनआरएनएको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने
०५ फागुन २०८१
•
४ मिनेट पाठ
एनआरएनएको १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने भएको छ। गैरआवासीय नेपाली संघले आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना हुने जानकारी दिएको हो।




'नेपालमा लगानी र समृद्धिका लागि एकता' भन्ने मूल नाराका साथ माल्टास्थित एएक्स अडिसी होटलमा आयोजना गरिने सम्मेलनमा पुँजी र क्षमतालाई नेपालको समृद्धिसँग जोड्न सम्मेलनले घनीभूत छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।

सम्मेलनले लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका जस्ता महत्वपूर्ण क्षेत्रहरूमा छलफल हुने आयोजकले जनाएको छ। डा. केसीले सो सम्मेलनले एनआरएनलाई नेपालको समृद्धि र विकासमा सक्रिय रूपमा योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्मेलन 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने मूल मन्त्रलाई मनन गर्दै विश्वभरका नेपाली समुदायको ऊर्जा र स्रोतहरूलाई नेपालको समृद्धि र रूपान्तरण गर्ने दिशामा केन्द्रित रहने छ।

युरोपेली क्षेत्रीय परिषद, एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति र गैरआवासीय नेपाली संघ (एनसीसी) मल्टाले संयुक्त रूपमा सम्मेलन आयोजना गर्दैछन्।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्श) ले सम्मेलनको तयारीको बारेमा जानकारी दिएका थिए। उनले सम्मेलनमा आउने अतिथिहरूको स्वागतका लागि एनसीसी आतुर रहेको बताए।

सम्मेलनले विश्वभरिका गैरआवासीय नेपालीहरूलाई एकत्रित गरी नेपालमा सहकार्य, लगानी र दिगो विकासका अवसरहरूको पहिचान गर्ने लक्ष्य राखेको संघका यूरोप संयोजक चिरन्जीबी खड्काले बताए।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा संघले युरोपमा रहेका नेपाली प्रवासीहरूलाई लामो समयदेखि रेमिटेन्स, प्राविधिक विशेषज्ञता र सांस्कृतिक प्रवर्द्धनको महत्वपूर्ण स्रोतका रूपमा देखाएको छ। तथापि, उनीहरूको ज्ञान, सीप, पुँजी र क्षमतालाई नेपालको समृद्धिसँग जोड्न सम्मेलनले घनीभूत छलफल गर्नेछ। सम्मेलनले लगानीका अवसरहरू, क्षमता निर्माण, दोहोरो नागरिकताको अधिकार र दिगो आर्थिक वृद्धिका जस्ता महत्वपूर्ण क्षेत्रहरूमा छलफल गर्नेछ, जसबाट एनआरएनलाई नेपालको समृद्धि र विकासमा सक्रिय रूपमा योगदान पुर्याउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ।

सम्मेलनले एनआरएनको राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको संवाद र सहकार्यलाई मजबुत बनाउनको लागि आपसी सहकार्य, सूचना र स्रोतहरूको आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ।

आइसीसीका युरोप क्षेत्रीय संयोजक डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा हुने सम्मेलनमा विभिन्न सत्रहरूमा छलफल हुनेछ।

सम्मेलनमा जलविद्युत्, पर्यटन, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रका लगानीका अवसरहरूको पहिचान, १० अर्बको परियोजनामा एनआरएनको योगदान, नेपाल–युरोपेली उद्यमीहरूसँग संयुक्त सहकार्य प्रवर्द्धन, नेपाली सामान र सेवाहरूलाई विश्वभर प्रोत्साहित गर्नका लागि ई–कमर्स लगायतका विषयमा छलफल हुनेछ।

सम्मेलनमा दोहोरो नागरिकता अधिकार र गोर्खा समुदायका अधिकार, महिलाहरूको लागि सुरक्षित आप्रवासन, स्वास्थ्य र सुरक्षा उपायहरू र युवा सशक्तिकरण तथा प्रवर्दन जस्ता विषयमा घनीभूत छलफल गरिने छ।

यसै अवसरमा आयोजित क्षेत्रीय महिला तथा युवा बैठकमा संघको महिला तथा युवा फोरमले हालै गरेका कार्यहरूको समीक्षाका साथै आगामी योजनाहरूका बारेमा छलफल गर्नेछ। पत्रकार सम्मेलनमा युरोप क्षेत्रमा रहेका नेपाली महिला तथा युवाहरूका समस्याका बारेमा पनि छलफल हुनेछ, युरोप महिला संयोजक परसुना कँडेलले जानकारी दिइन्।

२ सय ५० जना प्रतिनिधि सहभागी हुने

सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीसहितका पदाधिकारीहरू, युरोप क्षेत्रका उपसंयोजकहरू, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आइसीसी सदस्यहरू, आयोजक राष्ट्रका अध्यक्ष, माल्टा नजिकका मुलुकका अध्यक्षहरू, संचारकर्मीहरू लगायत करीब २ सय ५० जना सहभागी हुने अनुमान गरिएको छ।

सम्मेलन सफल पार्न गैरआवासीय नेपाली संघ १६ औं युरोपियन क्षेत्रीय सम्मेलन र युरोप क्षेत्रीय महिला तथा युवा बैठकमा उपस्थित भई सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवाला, सञ्चारकर्मी, सहयोगी, सौजन्यकर्ता एवं विश्वभरका गैरआवासीय नेपालीहरूबाट साथ र समर्थन अपेक्षित गरिएको छ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय सचिव भुवन अर्यालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रवक्ता फणिन्द्र पन्त, आइसीसी सदस्य चिरन शर्मा लगायतले बोलेका थिए। युरोप संयोजक चिरन्जीबी खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका महासचिव गौरीराज जोशी लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
अर्को समाचार
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
०२ साउन २०८२
•
१ मिनेट पाठ
एमआइएसमार्फत् एनआरएनएमा ७७ हजार सदस्यता स्वीकृत
गैरआवासीय नेपाली संघको २०२५–२०२७ कार्यकालका लागि झण्डै ७७ हजार सदस्य स्वीकृत भएका छन् ।




संघको एमआइएस प्रणाली अनुसार शुक्रबारसम्म कुल ७६ हजार ९३७ सदस्यता स्वीकृत भएको संघकी सञ्चार तथा वैदेशिक रोजगार अधिकृत ईन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । उनका अनुसार ३ हजार ३६७ नयाँ सदस्यता आवेदनहरू स्वीकृत प्रक्रियामा छन्।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै एसिया प्यासिफिक क्षेत्रबाट २२ हजार २७९ सदस्य स्वीकृत भएका छन्। यस्तै अमेरिकाज क्षेत्रबाट १६ हजार ७६२, ओसियानिया क्षेत्रबाट १६ हजार ५३८, युरोप क्षेत्रबाट १० हजार ९६९, मध्यपूर्वबाट ९ हजार ६५३ र अफ्रिका क्षेत्रबाट ७३५ सदस्य स्वीकृत भएको घिमिरेले बताइन् । देशगतरुपमा भने सबैभन्दा धेरै जापानबाट १८ हजार ३८१, अष्ट्रेलियाबाट १५ हजार ५५१ र अमेरिकाबाट १० हजार ९९४ जनाले सदस्यता लिएका छन्।

हालसम्म ५६ वटा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू एमआईएसमा आबद्ध भइसकेको र ५७ परिषद्हरूलाई सदस्यता स्वीकृति दिने प्रशासनिक पहुँच प्रदान गरिएको घिमिरेले जानकारी दिइन् ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस