गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक गणतन्त्रको अध्यक्षमा छविलाल कंडेल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक उत्तम कुमार आचार्यका अनुसार संघको ८औं अधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
गैरआवासीय नेपाली संघका यूरोप संयोजक चिरन्जीबी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा अनिल लामा, उपाध्यक्षहरूमा पार्वती ढुंगाना, कैलाश महतो, रमेश महत, महिला उपाध्यक्षमा सुस्मीता रायमाझी, युवा उपाध्यक्षमा त्रिलोकसिंह धामी, महासचिवमा विनोद रिमाल, सचिवहरूमा सुमन थापा, समिर अधिकारी, जयन्द्र गुरुङ, महिला सचिवमा शिरिशा आचार्य, शोभा तिवारी कार्की, युवा संयोजकमा किशोर श्रेष्ठ, युवा सहसंयोजकमा रामबहादुर रायमाझी, महिला संयोजकमा रन्जना चौधरी, महिला सहसंयोजकमा संगिता खत्री, कोषाध्यक्षमा केशवराज धिताल र सहकोषाध्यक्षमा रिसीराम गिरीलाई चयन गरेको छ।
यस्तै, कार्यसमिति सदस्यमा ज्ञानेश्वर अर्याल, घनश्याम पाण्डे र दिनेश थापा निर्विरोध निर्वाचित भएका छन्। संघको केन्द्रीय (आइसीसी) सदस्यमा डा. गिरिस कंडेल निर्विरोध निर्वाचित भएका छन्।
यसअघि संघले उत्तम कुमार आचार्यको संयोजकत्वमा छत्रबहादुर अधिकारी, अर्जुन सापकोटा, रविन घिमिरे र डा. यदुराम पन्थी सदस्य रहेको एक निर्वाचन समिति गठन गरेको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...