रास्वपाका उम्मेदवारहरू भारी मतान्तरले विजयी बनेपछि उनीहरू पनि चकित बनेका छन् भने उनीसँग पराजित एमाले, कांग्रेस र जसपाका उम्मेदवारहरू पनि हारपछि परिणाम हेरेर चकित बनेका छन्।
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले १४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...