पछिल्लो समय गाउँका गृहिणीहरू धुवाँरहित सुधारिएको चुलोमा खाना पकाउन आकषिर्त भएका छन्। परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ नगरपालिकाले निशुल्क सुधारिएको चुलो वितरण गरेको छ।
कालिकोटको खाँडाचक्र नगरपालिकाको आफ्नै कार्यालय भवन छैन। स्थानीय सरकार सञ्चालनको सात वर्ष पुगिसक्दा पनि पालिकाको भरपर्दो भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन।
सामान्य वर्षा हुँदा पनि कर्णाली राजमार्गमा गाडी तान्नुपर्ने बाध्यता रहेको छ। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कर्णाली राजमार्गले यात्रुलाई सास्ती दिने गरेको छ।
साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव...
गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।
द्वन्द्वपीडित नयनबहादुर शाही भन्छन्, ‘शान्ति सम्झौता भएको १७ वर्ष पुगिसक्दा पनि पीडितको सूचीमा नाम नै छैन। नाम नै नभएपछि न राहत पाएको छु न सरकारबाट पाइने अन्य सुविधा।’