आफूले पालेका कुकुर लाई हगाउन तथा डेटिङ स्पटका लागि जमिन जोगाउन भूमिहीनलाई कुनै हालतमा दिनुहुन्न, बरु ठोक्नुपर्छ भन्नेहरूकै शासनसत्तामा हालिमुहालीका कारण मुलुक अहिले दुर्दशा भोगिरहेको छ।
प्रकृति तिम्रो स्वार्थका लागि मात्र दोहन गर्न पाउँदैनौ, यो भावी पुस्ताका लागि पनि जोगाइदिन जरुरी छ भनेकै आधारमा मारिन पर्नु कहाँसम्मको अपराध हो ? अनि यसबारे कतै सुनुवाइ नहुनु कुन हदसम्मको विडम्बना हो ...
अमेरिकाले आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर पनि अझै जनसङ्ख्या भन्दा १० गुना बढी थुपारेको छ। यता गरिब देशहरूमा भने अहिलेकै पारा कायम रहने हो भने सबैलाई खोप लगाइसक्न ५७ वर्ष लाग्ने देखिएको छ।
सीमान्त किसानका लागि आकस्मिक राहत आवश्यक थियो यतिबेला। तर सिँचाइ बढाउने, वागवानी क्षेत्र विस्तार गर्ने, अनुसन्धानको दायरा बढाउने जस्ता उही कर्मकाण्डी बजेट भाषणले निरन्तरता पायो यसपालि पनि।