भारतको आदमपुर एयरफोर्स बेसमा पाकिस्तानले आक्रमण गरी एस-४०० एयर डिफेन्स प्रणाली नष्ट पारेको दाबीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष उपस्थितिले भ्रमक साबित गरेको छ।
भारत–पाकिस्तानबीच बढेको तनावका कारण अस्थायी रूपमा बन्द गरिएका विमानस्थलहरू पुनः सञ्चालनमा आएका छन्। भारत सरकारले सोमबारदेखि ती विमानस्थलहरू नागरिक उडानका लागि खोलिएको बताएको छ।
अमेरिका र चीनले आपसी व्यापारमा गरिएका भन्सार महसुल (ट्यारिफ) ९० दिनका लागि घटाउने सहमति गरेका छन्। सोमबार जेनेभामा भएको वार्तापछि दुबै मुलुकले संयुक्त वक्तव्य जारी गर्दै सो जानकारी दिएका हुन्।