क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका छन्।
अफगानिस्तानको हास्का मिना श्रीमान् गुमाएका महिलाहरूको गाउँ हो। एक वर्षअघि एउटा मस्जिदमा भएको घातक हमलामा कम्तीमा ६४ जना मारिएका थिए। उक्त हमला पश्चात् यस स्थानका बासिन्दाहरू अझै पनि स्तब्ध छन्।
सन् २०१६ को मार्चमा केन्यामा सेता जिराफहरू देखिएका थिए। संसारमा एउटा मात्रै बाँकी रहेको सेतो जिराफलाई सिकारीबाट जोगाउन केन्यामा जीपीएस ट्र्याकिङ उपकरण लगाइएको संरक्षणकर्ताले जनाएका छन्।