रसुवामा आइतबार थप ६ जनामा कोरोना पुष्टि भएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। जिल्लाको कालिका गाउँपालिकामा शनिबार दुई जनाको कोरोना पुष्टि भएकोमा आइतबार थप ६ जनामा कोरोना पुष्टि...
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुका फूर्पा तामाङले ८ महिनादेखि आफ्नो गाडी देख्न पाएका छैनन्। गएको माघ १५ गतेदेखि उनको गाडी रसुवागढी भन्दा केही पारी चिनियाँ भूभागमा रोकिएको छ।
रसुवाको धुन्चेमा रहेको क्वारेन्टिनमा राखिएका दुई जना शिक्षकमा कोरोना पुष्टि भएको छ। असोज १५ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउनका लागि बोलाइएका शिक्षकलाई क्वारेन्टिनमा राखिएको थियो।
रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ। चीनले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो।
रसुवाको नौकुण्ड गाउँपालिका बाहेक अन्य क्षेत्रमा सञ्चालनमा आएका विद्यालय बन्द भएका छन्। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण बन्द भएका विद्यालय केही समयअघिदेखि सञ्चालनमा आएका थिए...