उपचार खर्च नपाउँदा रोग पालेर बस्नु पर्ने र एक छाक टार्न पनि समस्या हुँदा फेरि साहुकै हलो जित्नु पर्ने बाध्यता मुक्त हलियालाई छ। यो कर्णाली प्रदेशका १२ बढी जिल्लाको समस्या हो।
श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्...
वर्षायाम सुरु भएसंगै जिल्ला अस्पताल बाजुरामा विरामीको संख्या बढ्न थालेको छ। मौसम परिवर्तनसँगै अस्पतालमा विभिन्न रोगका विरामी उपचारमा आउने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ।
राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।
सिंगो बजेटी बस्तीको खेतीयोग्य जमिन चिराचिरा परेको छ। बस्ने घर चर्किएका छन्। केहीका भत्किसकेका छन्। एक सातायता मात्र १३ बढी घर भत्किएको बुढीगंगा नगरपालिकाले जनाएको छ। एउटा सिंगो बस्ती विस्थापित भएर गाउ...