वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर बाजुरामा वृद्धाको मृत्यु
३० साउन २०८०
•
३ मिनेट पाठ
वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर बाजुरामा वृद्धाको मृत्यु
वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकात्र्तिक खापर गाउँपालिका–१ मुक्तिकोट बस्ने ६५ वर्षीया वृद्धा गवा विक रहेकी छन् । वृद्धभत्ता बुझेर घर फर्किने क्रममा रुडी खोलाले बगाएर विकको मृत्यु भएको हो ।




उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै थिइन् । लगातारको पानीले रुडी खोलामा पानीको बहाव बढेको थियो । अघिल्लो वर्ष लगाएको पुल समेत बगाएर खोला तर्नु बाहेक अर्को विकल्प थिएन् । खोला तर्नेक्रममा सँगैकाहरुले हात समातेकै अवस्थामा खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी दिएका छन् ।

ती वृद्धासँग स्थानीय जुद्ध विक र उनको परिवार, बुदे विक र उनको परिवार सहीतका अरुपनि थिए । पानी परिरहेको थियो । खहरे खोला भएपनि पानीको बहाव अरुदिनको भन्दा बढी थियो । सँगैकाहरुले एकएक गरि तार्नेगरिरहेकै अवस्थामा वृद्धा गवालाई खोलाले बगाएर लगेको आफन्त समेत रहेका स्थानीय धनसिंह विकले बताएका छन् । शव भने खोलाले बगाएको एक दिन पछि मंगलबार मात्रै भेटिएको हो ।  

विक साउन २८ गते नै सुइजीउला आएकी थिइन् । छोरा बुहारी पनि पालिका केन्द्रमै बस्ने भेटघाट पनि हुन्छ, बैंकबाट पैसा लिएर पनि घर फर्किने उदेश्य सहीत गएकी विकलाई खोलाले बगाएर कहिल्यै नफर्किने गरि लगेको छ । घटना साउन २९ गते दिउँसो २ बजे पछि घटेको हो । अघिल्लो दिन छोरा बुहारीसँगै बसेपछि घर एक्लै फर्किएकी थिइन् । छोरा बुहारी घटना थाह पाइसकेपछि मात्रै गएका हुन् ।

विहान बैंकबाट पैसा निकालेर घर फर्किने क्रममा मृत्यु भएको हो । पालिका केन्द्र सुइजिउला पुग्न मुक्तीकोटबाट कम्तीमा ४ घण्टा लाग्ने गरेको छ । तर वृद्धवृद्धाहरुका लागि भने ६ देखि ८ घण्टा हिँड्नु पर्ने बाध्यता छ । जुन कारण अकालमै ज्यान गुमाउनु पर्ने, दुख, कष्ट र सास्ती भोग्नु पर्ने बाध्यता स्थानीयलाई छ ।  

पालिकाले सामाजिक सुरक्षा भत्ता र जेष्ट नागरिक, एकल महिला सहीत सबैप्रकारको भत्तालाई बैंक मार्फत मात्रै लिनु पर्ने प्रावधान छ । भत्ताकै लागि जानेहरुले धेरै दुख पाउने गरेका छन् । वडा कार्यालयको सिफारिस र वडा अध्यक्षको रोहबर र आफ्नै छोराहरुको परिचय खोल्नु प्रमाणका आधारमा भने बैंकले दोस्रो व्यक्तिलाई पनि दिने गरेको छ ।

भत्ता बुझ्नकै लागि मात्रै आएर ज्यान गएको नभई छोरा धनराज विक र दुर्गा विकलाई भेट्ने गरि आएकी वृद्धा घर फर्किने क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाह्रै हुने परिवार र व्यक्तिका लागि अति अशक्त वृद्धवृद्धाका लागि वडा अध्यक्ष वा छोरा बुहारीलाई पनि दिन मिल्ने गरि निर्णय गरिदिएकोले भत्ता बुझ्न आएकै कारण मृत्यु भएको भन्न नमिल्ने अध्यक्ष रोकायको भनाई छ ।

पालिका पक्की पुल निर्माण गर्न नसक्दा पनि स्थानीयले हरेक वर्ष सास्ती भोग्न बाध्य छन् । काठेपुल हालेपनि एक सिजन पनि ठिक्दैन् । मुक्तीकोटमा करिब ३ सय ३० बढी परिवारको बसोबास छ । सबैले सामाजिक सुरक्षा भत्ता, एकल र वृद्धभत्ता बुझ्नका लागि चौमासीक रुपमा पालिका केन्द्र जानु पर्ने बाध्यताका कारण मान्छेको ज्यान समेत जाने अवस्था आएको स्थानीय धनसिंह विकले बताएका छन् ।

पुल निर्माण गरेको वा पालिकाले प्रत्येक वडामै बैंकका प्रतिनिधी पठाएर वितरण गर्ने गरेको भए, यस्ता घटनामा कमी हुने भएकोले त्यसतर्फ पालिका सरकारले ध्यान दिनु पर्ने सामाजिक अगुवा समेत रहेका स्थानीय मनबहादुर रोकायाले बताएका छन् ।

वृद्धभत्ता बुझेर फर्किने बेला खोलामा बगेर ज्यान गुमाउनु परेको घटनालाई लिएर पालिका सरकारको चर्को आलोचना भएको छ । एकातिर राज्यले संरक्षण गर्ने नीति लिएर सुरक्षा भत्ताको व्यवस्था गरेको छ । भने अर्कोतिर सास्ती दिने नियमले नागरिकले थप दुख पाउने गरेका छन् ।  
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ सेकेन्ड अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस