तिब्बतको ताक्लाकोटसम्म जोडने बाटोमा पुल नहुँदा ओहोरदोहर गर्न समस्या हुने गरेको साइपाल गाउँपालिका–४ धुलीका स्थानीय पुष्कर रोकायाले बताए। बर्खामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको...
आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको लागि स्थानीय तहलाई आइसोलेसन किट हस्तान्तरण गरिएको छ। जिल्लाका पाँच वटा स्थानीय तहलाई एक सय थान किट हस्तान्तरण गरिएको हो।
धेरै ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका हुन्। बर्खामा कच्ची सडक पहिरो र हिलाम्य हुँदा यातायातका साधन चल्न नसक्दा स्थानीयले सास्ती भोग्दै आएका छन्।
कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याएकोको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ५ हजारका दरले प्रोत्साहन भत्ता दिइएको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन्।
जडिबुटी, फलफूल लगायत १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन्।
महाकाली नदीमा पानीको बहाव बढेको छ। लगातारको बर्षाका कारण महाकाली नदीमा पानीले खतराको सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।