चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता कायमै राखेका छन्। भरतपुर वडा नम्बर १ को १५० मत गन्दा सुवेदीले ६६ मत प्राप्त गरेका छन्।
भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ गठबन्धनकी उम्मेद्वार रेनु दाहालले ३७ मत प्राप्त गरेकी छन्।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै मतदान कालिका नगरपालिका र सबैभन्दा कम भरतपुर महानगरमा भएको देखिन्छ। कालिकामा ७८ प्रतिशत मत खसेको छ। ११ वटा वडा रहेको कालिकामा २४ हजार ३ सय ४७ जनाले...