सम्बन्ध
२९ कार्तिक २०८३
•
१ मिनेट पाठ
सम्बन्ध
“भीमा कमरेड, कमरेड गौरव तपाईंसँग जीवन गाँस्न चाहन्छन्। तपाईंको गौरवप्रति के धारणा छ?” आज्ञाले जिज्ञासा पोखी।




“आज्ञा कमरेड, क्रान्तिले हामीलाई व्यक्तिगत जीवन जिउन छुट दिन्छ र! पार्टीले उचित ठाने मैले पार्टीकाे निर्देशन मान्नै  पर्छ। गौरव कमरेड शालीन र दृढ विचारको नेता जस्तो लाग्छ।” भीमाले आफ्नो तर्क प्रस्तुत गरी।

भीमा र आज्ञा प्लाटुन कमाण्डर हुन्। सिन्धुली मोर्चामा यिनीहरूको भेट भएको थियो। सिन्धुलीदेखि प्यूठानसम्मको १५ दिने भूमिगत यात्राले यिनीहरूलाई धेरै नजिक बनाएको  थियो।

एचएको जागिर त्यागेर गौरव क्रान्तिमा सामेल थियो। घाइते अपाङ्गको प्राथमिक उपचारको जिम्मेवारी सम्हाल्ने क्रममा भीमासँग उसको भेट सल्यानमा भएको थियो।

भीमाको घर संखुवासभाको खराङ हो। प्रमाणपत्र तह उत्तीर्ण भीमा शिक्षक थिई। निम्न मध्यमवर्गीय परिवारमा हुर्किएकी उनी कठोर र विद्रोही थिई। नारीलाई हेर्ने सामाजिक दृष्टिकोणप्रति असहमति जनाउँदै उसले क्रान्तिको बाटो रोजेकी थिई।

भूमिगत राजनीति सहज थिएन। ज्यान जोखिममा राखेर जनताको मुत्तिका निमित्त भीमाहरू सङ्गठित थिए। छापामार तालिम सम्पन्न गरी भीमाले प्लाटुन कमाण्डरको जिम्मेवारी पाएकी थिई।

व्यक्तिगत जीवन त्यागेकी भीमाले व्यक्तिगत जीवन जिउने कुरा सोचेकै थिइन। एकाएक आज्ञाले व्यक्तिगत जीवनको कुरा उठाएपछि भीमाको मन उद्वेलित भएको छ।

भीमा र गौरवको ऐतिहासिक सम्बन्ध स्थापित हुने कुराप्रति आज्ञा आशावादी नहुनुपर्ने कुनै कारण छ र!   
अर्को समाचार
नेपाल–जापान सम्बन्ध ऐतिहासिक र सुमधुर: उपराष्ट्रपति यादव
१७ फागुन २०८१
•
२ मिनेट पाठ
नेपाल–जापान सम्बन्ध ऐतिहासिक र सुमधुर: उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबीच ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रीपूर्ण रुपमा अघि बढिरहेको बताएका छन्।




शनिबार काठमाडौंमा आयोजित जाइका अलमनाई एसोसिएसन अफ नेपाल (जान) को ५१औं वार्षिक समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल–जापान सम्बन्ध युगौँ पुरानो रहेको उल्लेख गरे।

‘नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित सामाजिक–सांस्कृतिक सम्बन्ध रहँदै आएको छ,’ उनले भने, ‘समय–समयमा उच्चस्तरीय भ्रमण तथा विचार आदान–प्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ।’

नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उपराष्ट्रपति यादवले जापानी आर्थिक सहायताका प्रमुख क्षेत्रहरू मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण र संस्कृति रहेको बताए।

उनले नेपालले जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभ उठाउने इच्छा राखेको उल्लेख गर्दै नागढुंगा सुरुङमार्गजस्ता पूर्वाधार परियोजनामा जापानको सहयोग प्रशंसनीय रहेको धारणा राखे।

‘जान’ का पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो संस्था पाँच दशकभन्दा बढी समयदेखि नेपाल–जापान सम्बन्ध सुमधुर बनाउन सक्रिय रहेको उल्लेख गरे।

जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा प्रयोग गर्न तथा ग्रामिण क्षेत्रमा सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न संस्थाले पुर्याउँदै आएको योगदान सराहनीय रहेको उनले बताए। ‘यी कार्यहरूलाई अझ ग्रामीण भेगमा विस्तार गर्न आवश्यक छ,’ उनले जोड दिए।

जापानको विदेश मन्त्रीबाट ‘फोरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ प्राप्त गरेकोमा ‘जान’लाई बधाई दिँदै उपराष्ट्रपति यादवले नेपाल–जापान मित्रतालाई अझ घनिभूत बनाउन संस्थाका पदाधिकारी तथा सदस्यहरू थप सक्रिय हुनुपर्ने बताए।

उनले समारोहमा प्रशंसापत्र र मानार्थ सदस्यता प्राप्त गर्ने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस