सामाजिक सन्जालमा यतिबेला एउटा हल्ला तीव्र रूपमा फैलिरहेको छ। भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले सन् २०२७ मा अभिनेता सनी देओलका छोरासँग विवाह गर्न लागेको हल्ला गरिएको छ। तर यस विषयमा जानकारी राख्ने स्रोतहरूले यी सबै अड्कलबाजीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।
मामिलाबारे जानकारी भएका एक स्रोतका अनुसार, 'यी दाबीहरूमा कुनै सत्यता छैन। तेन्दुलकर परिवारका तर्फबाट यस्तो कुनै घोषणा वा पुष्टि गरिएको छैन।'
स्रोतहरूले थप स्पष्ट पार्दै भनेका छन् कि यी समाचारहरू पूर्ण रूपमा आधारहीन छन् र यिनलाई सत्य मान्नु हुँदैन। उनीहरूले यो पनि बताएका छन् कि साराले आफ्नो नाम जोडिएको व्यक्तिलाई अहिलेसम्म भेटेकीसमेत छैनन्।
यस घटनाले डिजिटल युगमा गलत सूचना कति छिटो फैलिन सक्छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ। सामाजिक सन्जालमा कुनै विश्वसनीय स्रोत वा आधिकारिक पुष्टि बिना पोस्ट गरिएका सामग्रीहरू विभिन्न प्लेटफर्ममा पटक पटक सेयर हुँदा वास्तविक समाचारजस्तै देखिन थाल्छन्।
यी अड्कलबाजीहरू सबैभन्दा पहिले रेडिटजस्ता सोसल मिडिया प्लेटफर्मबाट सुरु भएको अनुमान गरिएको छ। त्यसपछि तीव्र गतिमा अन्य प्लेटफर्महरूमा पनि फैलिएका थिए।
भाइरल पोस्टमा सारा तेन्दुलकरले सन् २०२७ मा सनी देओलका छोरा राजवीरसँग विवाह गर्ने दाबी गरिएको थियो। साथै, राजवीरले सारालाई महँगा उपहारहरू पठाइरहेको समेत उल्लेख गरिएको थियो।
तर यी दाबीहरूलाई पुष्टि गर्ने कुनै विश्वसनीय प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन। न त सारा तेन्दुलकर, न तेन्दुलकर परिवार र न त देओल परिवारले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छन्।