भक्ति र आध्यात्मसँग जोडिएको फिल्म ‘हनुमान अंश’ प्रदर्शनमा आएको पाँचौँ हप्ता पुरा गरेर छैटौँमा छ। तर यसको बक्स अफिसमा भने कमि आएको छैन। फिल्मले आफ्नो नाममा नयाँ कीर्तिमान बनाएको छ।
केवल २ करोड भारुमा बनेको ‘हनुमान अंश’ले अब २०० करोड भारुभन्दा बढीको ग्रस कमाइ गरिसकेको छ। कमाइका हिसाबले फिल्मले धेरै ठूला फिल्महरूलाई पछाडि पारेको छ।
विशेष कुरा त के छ भने, रिलिजको छैटौँ हप्तामा पनि ‘हनुमान अंश’ भारतीय बक्स अफिसमा नम्बर १ फिल्म बनेको छ। २ करोडको बजेटमा बनेको यो फिल्म २०० करोड क्लबमा प्रवेश गर्ने सबैभन्दा कम बजेटको भारतीय फिल्म बनेको छ।
‘हनुमान अंश’ ले बक्स अफिसमा सुस्त सुरुवात गरेको थियो। फिल्मले पहिलो दिन केवल १० लाख रुपैयाँ कमाएको थियो। सुरुवाती दुई हप्तामा पनि फिल्मको प्रदर्शन खासै राम्रो रहेन र यसको नेट कमाइ केवल १.४८ करोड रुपैयाँ पुगेको थियो।
पछि दर्शकबाट राम्रो प्रतिक्रिया पाउन थालेपछि बक्स अफिसमा यसको प्रभाव प्रत्यक्ष देखियो। छैटौँ हप्ताको सुरुवात पनि निकै शानदार रह्यो। विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्म नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।