बिक्री
२० साउन २०७८
•
१ मिनेट पाठ
बिक्री

बालकृष्ण गजुरेल

 




असार तीन गते परेको पानीले सर्वनाश  गर्‍यो। ठेगानाको नाममा नागरिकताभन्दा बाँकी राखेन। असार सोह्र गते  शनिबार पुनः अवस्था दोहोरियो।  मोटर पुलदेखि बाँकी रहेका सडक सञ्जाल पनि सखाप भयो। न धान पेल्ने मेल रह्यो न पिठो पिन्ने घट्ट। किन्न जाने पसल झन् कसरी रहनु ?  दिनमा रात परेको यो अवस्था पहिलो पटक झेलेँ । पहुँच हुनेले आफ्नो परिवार हेलिकप्टरमा राजधानी पुर्‍याए । हामी टेक्ने जमिन नहुने कता जाने ? के खाने ? मनभरि प्रश्नहरूको भकारी बन्यो।  

त्राशको जीवनमा पीडाबाहेक केही बाँकी रहेन। रेडियो खोलेँ। समाचारले भन्यो, “सिन्धुपाल्चोकबाट किर्ते नागरिकता बनाउन सहयोग गर्ने पक्राउ।” 

साहिँला काका थपिए। उनले हाईहाई गर्दै भने, “कस्ता असती रहेछन् । नागरिकता जस्तो कुरामा खेलबाड गर्ने।”

म चुप बस्न सकिन। मैले  धैर्य गुमाउँदै भनेँ, “खाली पेटले राष्ट्रिय गान गाउन सक्दिनँ। देश बेचेको छैन। ठेगानाको नाममा यही एउटा नागरिकता छ। कोही किन्छ भने खुला बिक्रीमा छ।”
अर्को समाचार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
०२ वैशाख २०८३
•
२ मिनेट पाठ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ११ पैसा र बिक्री दर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ।




यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ९८ पैसा र बिक्री दर १७६ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०२ रुपैयाँ ३७ पैसा र बिक्री दर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयांक एकको खरिद दर १९१ रुपैयाँ १७ पैसा र बिक्री दर १९१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ २७ पैसा र बिक्री दर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ४३ पैसा र बिक्री दर १०८ रुपैयाँ ८७ पैसा, सिंगापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ३२ पैसा र बिक्री दर ११७ रुपैयाँ ७९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ८८ पैसा र बिक्री दर २१ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९० पैसा र बिक्री दर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६६ पैसा र बिक्री दर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ६० पैसा र बिक्री दर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३७ रुपैयाँ ७४ पैसा र बिक्री दर ३७ रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १४ पैसा र बिक्री दर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ २८ पैसा र बिक्री दर १६ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५५ पैसा र बिक्री दर २३ रुपैयाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिद दर ४८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ४८८ रुपैयाँ ६९ पैसा, बहराइन दिनार एकको खरिद दर ३९५ रुपैयाँ २६ पैसा र बिक्री दर ३९६ रुपैयाँ ८५ पैसा, ओमनी रियाल एकको खरिद दर ३८७ रुपैयाँ २९ पैसा र बिक्री दर ३८८ रुपैयाँ ८५ पैसा रहेको बताएको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने बताएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस