४२ हजार मेट्रिक टन मल बिक्री
१७ कार्तिक २०७९
•
३ मिनेट पाठ
४२ हजार मेट्रिक टन मल बिक्री
कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल बिक्री गर्न सुरु गरेको छ। स्थानीय तहमार्फत गत सोमबारदेखि देशभर डिएपी र पोटास मलको बिक्री सुरु गरिएको हो। कृषि सामग्री कम्पनीका अनुसार, गहुँ, तोरी, मकै, आलु, उखु लगायतका बालीलाई लक्षित गरेर पहिलो चरणमा ४२ हजार मेट्रिक रासायनिक मल बिक्री गर्न थालिएको हो।  




‘यसअघि वास्तविक किसानले मल नपाउने हुनाले बिक्री रोकेका थियौं।’ कृषि सामग्री लिमिटेडका महानिर्देशक राजेन्द्रबहादुर कार्कीले भने, ‘आजदेखि स्टकमा रहेको रासायनिक मल सातै प्रदेशमा बिक्री सुरु गरेका हौं।’ युरिया मल एक सातापछि वितरण गरिने उनले जानकारी दिए। कृषि भूमिलाई आधार बनाएर वैज्ञानिक तरिकाले रासायनिक मल वितरण गर्न लागिएको उनको भनाइ छ।  

‘हामीले मलको आवश्यक तथ्याङ्क प्रदेश सरकारबाट लिएका हौं। त्यहाँको जमिन पनि अनुगमन गरेका छौं,’ उनले भने, ‘कृषि योग्य जमिन अनुसार मलको बाँडफाँट गरिएको छ। आवश्यकताका आधारमा मल वितरणका लागि सबै स्थानीय पालिकामा पठाएका छौं।’ प्रदेशले तोकेको कोटा अनुसार उपलब्ध गराइएको उनको भनाइ छ। छ वटा प्रदेशमा सोमबारबाट मल बिक्री गर्न सुरु भए पनि मधेश प्रदेशमा मंगलबारबाट सुरु गरिने उनले बताए।  

भैरहवा, विरगञ्ज र विराटनगरको डिपोमा १० प्रतिशत बफर स्टक राखेर मलको बिक्री गरिँदैछ। नियमपूर्वक बिक्री वितरण गर्न स्थानीय तहलाई समेत उनले अनुरोध गरेका छन्। रासायनिक मलमा अनियमिता हुने भएकाले कम्पनीले बिक्री मूल्य समेत तोकिदिएको छ।  

कम्पनीले युरिया प्रतिबोरा (५०केजी) पाँच हजार ९ सय रूपैयाँमा खरिद गरेर किसानलाई सात सय ५० रूपैयाँमा बिक्री गरेको छ। त्यस्तै प्रतिबोरा डिएपी मलको सात हजार आठ सय रूपैयाँमा खरिद गरेर दुई हजार तीन सय रूपैयाँमा दिएको छ। छ हजार पाँच सय रूपैयाँमा पोटास खरिद गरेर प्रतिबोरा एक हजार पाँच सय रूपैयाँमा किसानलाई उपलब्ध गराएको कार्कीले जानकारी दिए। घाटा रकम सरकारले व्यहोर्दै आएको छ।  

जिटुजी (सरकार–सरकार बीचको) प्रक्रिया मार्फत रासायनिक मल आउन थालेकाले यसपटक मलका अभाव नहुने उनको भनाइ छ। ‘अहिले नै मल अभाव हुँदैन भनेर भन्न सकिँदैन तर पहिलेजस्तो हाहाकार चाहिँ हुँदैन,’ उनले भने, ‘भोलिबाट ग्लोबल टेण्डरको युरिया मल नेपाल भित्रिँदै छ। त्यसको एक सातापछि जिटुजीको डिएपी मल पनि भित्रँदै छ।’ ६० हजार मेट्रिक टन युरिया एक महिना भित्र आउने उनले बताए।  

राष्ट्रिय योजना आयोगका अनुसार नेपाललाई १३ लाख मेट्रिक टन मलको आवश्यकता पर्दछ तर कृषि सामग्री लिमिटेडले सात लाख मेट्रिक टन मल भएमा नेपाललाई पुग्ने बताएको छ। नेपाल सरकारले ग्लोबल टेण्डर र जिटुजी प्रक्रिया मार्फत मल आयात गर्दै आएको छ। यसअघि समयमै मल आउन नसक्दा सरकारले जिटुजी प्रक्रिया मार्फत खरिद गर्न थालेको थियो । भारत सरकारको स्वामित्वमा रहेको आरसिएफ र कृषि सामग्री लिमिटेड बीच जुलाईमा सम्झौता भएको थियो। सो मल पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको छ। पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने छ। त्यसले मल गहुँ र मकै सिजनका लागि प्रयोग हुनेछ। कम्पनीका अनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो। खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले मल ढुवानी गर्ने छ।  

जुलाईमा गरिएको सम्झौता अनुसार पहिलो वर्ष १ लाख ५० हजार, दोस्रो वर्ष १ लाख ७० हजार, तेस्रो वर्ष १ लाख ९५ हजार मेट्रिकटन मल ल्याइने छ। यस्तै चौथो र पाँचौं वर्षमा २ लाख १० हजार टन मल नेपालले भारतसँग सम्झौता अनुसार खरिद गर्नेछ। सम्झौता अनुसार आए नेपालमा मलको हाहाकार नहुने कार्कीको भनाई छ।  

मल वितरण व्यवस्थापन निर्देशिका २०७७ले स्थानीय तहलाई मलको बिक्री वितरणको अधिकार दिएको छ। त्यसमा प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षको निगरानिमा बिक्री गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार, मल पारदर्शी तरिकाबाट मल बिक्री वितरण गरिदिन कार्कीको अनुरोध छ ।
अर्को समाचार
९१ लाखको गहुँको बीउ बिक्री भएन
३० मंसिर २०७७
•
२ मिनेट पाठ
९१ लाखको गहुँको बीउ बिक्री भएन
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख रुपैयाँ बराबरको गहुँ बीउ बिक्री नभई थन्किएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ।  




पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए।  

सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब ९१ लाख रुपैयाँ रहेको छ। कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ रुपैयाँमा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो। पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी ५५ रुपैयाँसम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ।  

बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन। अब सो गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को वर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए। 

कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालु आवमा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो।

किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ। त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्ने गर्दछ। गहुँको बीउ जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन्। हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ। यस वर्ष बिक्री गरिएको एक हजार ४०८ मेट्रिक टन बीउबाट करिब ३८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान छ।

हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो। विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन्। कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट (प्रशोधन कारखाना) अपरेटर रिक्त छन्। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस