बहुमत
१० पौष २०७७
•
२ मिनेट पाठ
बहुमत

तारा पराजुली  

 




अन्तिम परीक्षा चलिरहेको थियो। सुयोगसँगै उसका सबै साथीहरू हतारिंदै उत्तरपुस्तिकामा दत्तचित्त भएर लेखिरहेका थिए।

सुयोग कक्षामा मात्र नभएर विद्यालयकै उत्कृष्ट छात्रको रूपमा परिचित थियो। इमानदार, लगनशील, मल्टिट्यालेन्ट एन्ड क्लिन लगायत थुप्रै पुरस्कार थुप्रैपटक प्राप्त गरिसकेको सुयोग सबैका लागि उदाहरण थियो। यति हुँदाहुँदै पनि न उत्कृष्ट न कमजोर मध्यम क्षमताका रमेश र विकल सुयोगको प्रगतिसँग सधैं जलिरहने पात्रहरू थिए।  

खै ले न यता हामी पनि लेखौँ यो पालि त म फस्ट विकल सेकेन्ड। सुयोगले लेख्दै गरेको कापी जबर्जस्त तान्दै रमेशले भन्यो।

यसपटकको परीक्षामा सुयोगलाई छिर्के लगाएरै भए पनि प्रथम हुन नदिने डिजाइन रमेश र विकलले बनाइसकेका थिए।

– तान् – तान् ,नछाड् !  यो पटक फस्ट तँ सेकेन्ड म। लेखिसकेर मलाई पनि सार्न दे नि । विकलले हातले जुल्फी मिलाउँदै रमेशलाई आदेश दियो।

– लेख्न त देओ अनि सारौला कति सार्छौ। साथीहरुको ईर्ष्या  र दम्भले आजित सुयोग मलिन शैलीमा बोल्यो। मिहिनेती भएको कारण उसलाई पास गर्नु प्रथम हुनु समस्या थिएन। यसपटक पनि आफ्नै साथीहरूको अवरोधका कारण पनि सुयोगले राम्रो लेख्यो परीक्षामा।

परीक्षा सकिएको लामै प्रतीक्षापछि तीन महिना कुरेपछि रिजल्ट आयो। रिजल्ट आएकै दिन रमेश र विकल गाउँ पसे। उनीहरूले हल्ला गर्दै  भेटेजति सबैलाई मिठाई बाँड्दै हिँडे।

– सर, लिनुस् न मिठाई। हाम्रो रिजल्ट आयो नि । विकल र रमेश हेडसरको घरमा समेत पुगेर मिठाई थमाए।

– होइन केको उपलक्ष्यमा मिठाई ? रिजल्ट आयो तर तिमीहरू दुवै जनाको रिजल्ट फेल देखेको थिएँ मैले त। हेडसरले यथार्थ बुझ्न खोज्दै जिज्ञासा राखे।

– असी जनाले परीक्षा दिएकोमा १३ जना पास। बाँकी ६७ जना फेल। सुयोग फस्ट हामी फेल भए पनि बहुमत हाम्रो पक्षमा छ। त्यसैको उपलक्ष्यमा बाँडेका सर । रमेशले निर्धक्कसँग आफ्नो कुरा हेडसरलाई सुनायो।

हेडसर निरुत्तर एकोहोरो  हेरी मात्र रहे – विकल र रमेशको घमण्ड र मुर्खताको चित्र।
अर्को समाचार
राष्ट्रिय पहिचान स्थापित भएपछि आ–आफ्नो पहिचान स्थापित हुन्छ: ओली
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
राष्ट्रिय पहिचान स्थापित भएपछि आ–आफ्नो पहिचान स्थापित हुन्छ: ओली
चुलाचुलीमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष ओली र इलाम क्षेत्र-२ का उम्मेदवार सुहाङ नेम्बाङ।
नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पहिचान स्थापित भएपछि आ–आफ्नो पहिचान स्थापित हुने बताएका छन्। उनले राष्ट्रिय पहिचान स्थापित गर्दै विविधतामा एकता खोजी गर्न सबैमा आग्रह पनि गरे।




इलामको चुलाचुली गाउँपालिकामा आज (बुधबार) आयोजित चुनावी सभामा बोल्दै ओलीले जातका कुरा गर्दा कसैको पनि बहुमत नआउने बताए। ‘जातीय संकीर्णताका कुरा गरेर बहुमत आउने होइन,’ उनले भने, ‘यो देशमा कुनै जातिको बहुमत छैन, सबै मिलेमात्र बहुमत आउन सक्छ।’

उनले एमाले जति समावेशी दल अर्को नभएको दाबी पनि गरे। ‘अब हामीले राष्ट्रिय पहिचानका लागि अघि बढ्नुपर्छ, हिंसा फैलाएर, विद्वेष फेलाएर, द्वन्द्व बढाएर देश अघि बढ्दैन,’ उनले भने, ‘सबैको सामर्थ्यलाई एक ठाउँमा ल्याएर देश बनाउनुपर्छ।’

उनले देश बनाउन अहिले इलाम क्षेत्र-२ मा सुहाङ नेम्बाङ नै सबैभन्दा सर्वोत्तम उम्मेदवार भएको दाबी पनि गरे। ‘यो क्षेत्रमा सुहाङलाई जिताएर पठाउनुस्, यहाँको विकासको जिम्मा उहाँले लिनुहुन्छ, सुहाङको जिम्मा म लिन्छु,’ ओलीले भने, ‘यहाँका केही समस्या छन् भने सुहाङलाई भन्ने बित्तिकै समाधान भयो भनेर सोच्नुभए हुन्छ।’

ओलीले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट लाग्न पनि सबैलाई आग्रह गरे। ‘हाम्रो पार्टीको तर्फबाट भन्छु, चुनावको बेला कतै कुनै हिंसा नगर्नुहोला। बेथिति नहोस्, प्रतिस्पर्धा स्वस्थ होस्,’ उनले भने, ‘देश हामीले बनाउने हो। देश बनाउन सही उम्मेदवार छान्नुपर्छ। कानुन बनाउने ठाउँमा कानुन जानेको, पढेको मान्छे पठाउनुपर्छ। कानुनमा मास्टर्स गरेको, बुझेको जानेको मान्छे सुहाङ नै हो।’

उनले मतदान गर्ने बेलामा योग्य उम्मेदवार छान्न र भावना नबग्न पनि आग्रह गरे। ‘समावेशी उम्मेदवार छान्नुपर्छ तर जातीय संकीर्णताबाट होइन,’ उनले भने, ‘बिना भेदभाव, योग्यता, क्षमता, सक्षमता हेरेर उम्मेदवार चुनौं।’

इलाम क्षेत्र-२ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ। १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। गत भदौ २६ मा एमाले नेता सुवासचन्द्र नेम्बाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस