आत्मरक्षा
१७ कार्तिक २०७७
•
२२ मिनेट पाठ
आत्मरक्षा

  मीरा प्रसाईं  

 




खुसी छौ नि तिमी !  सेतै फुलेका ठुल्दाइले सोधे, उत्साहित हुँदै । उमेरमा उनी मेरो हजुरबुवा सरहका । सबैले ठुल्दाइ भनेर बोलाउछन उनलाई । खुसि र उत्साह थियो उनको आवाजमा । जेलबाट मेरो बहिर्गमन हुँदै थियो तर मभन्दा खुसी उनी भएको मैले महसुस गरेँँ  । उनको मुहारको भावभङ्गिमा उस्तै देदिप्यमान छ मानौ, छुट्दै छन् त्यो पिंजडाबाट उनी आफैं र भुर्र उडेर जाँदै छन् आफ्नो परिवारलाई  भेट्न । ठूल्दाइका छेवैमा मुस्कुराउदै उभिएकी थिइन्  तिनै प्रहरी दिदी जस्ले मलाई  हत्कडी लगाएकी थिइन् । ओल्लोपल्लो कोठाका सबै खुसी देखिन्थे, म पनि खुसी नै थिएँ  भन्नुपर्छ मैले । तत्क्षण मन विगततिर दौडियो र निराशामा परिणत भयो क्षणभरमै मेरो खुसी । रिहाइको खबर सुनेदेखि मनका चारै च्याम्बरमा  त्यो दिन झुल्कियो । र त्यो दिन थियो मुद्दा, पेशी र बहसको दिन  । अन्तत  सजाय सुनुवाई भयो मेरा निम्ति । तर , मलाई कुनै पश्चाताप थिएन बरु आत्मासन्तुष्टी ह्वात्तै बढेको भान हुदैँ थियो आफैंसंग र विजयोत्सव मनाउँदै थिएँँ म आफ्नै मनसँग । मनको कुनै कुनामा भने एउटा तितो अतीत चहर्याइरहेको थियो । झुल्के घामसंगै झुल्कियो अर्दली र झुल्कियो मेरो रिहाइको खबर पनि ।

मिति कुमारी । जेलमा बस्दा तिम्रो प्रभावशाली आचरणबाट प्रभावित भई आजको नारी दिवसका दिन बाँकी सजाय मिनाहा गरिएको खबर सुनाउँँदछु  । अर्दलीको खबरले हर्षित हुनुपर्ने म उल्टै विश्मित बनें । मलाइ हत्कडी लगाउने ती महिला प्रहरी दिदी बेलाबेला भेट्न आउँथिन मलाई र हौसला दिन्थिन । छुटेपछि मेरो घरमा आउनु है कहिलेकाही भन्न छुटाउन्न थिन हरेकचोटि भेट्टिदा ।

उनका हत्केला बिचमा मेरो दायाँ हात  राखेर हल्का दबाब दिदै भावुकतामा बोलिन्, ‘ मलाई  दिदी सम्झिएर आउनु,  म छु तिम्रा लागि ।’  

मेरो भक्कानो छुट्यो । दुवै रोयौँ । मभन्दा अझ बढी त उनै रोइन । काम छ भनेर गइन प्रहरी दिदी लगत्तै ।   घरमा आउ है  जाँदाजाँदै  फेरो उहीँ वाक्य  दोहोर्याइन उनले।

म भने सोचाइको डुबानमा डुब्दै तैरिदै छु । कहाँँ जाउ म के गरौ ! प्रश्नले खङ्ग्रङ्ग बन्छु, जति सोच्छु उति । भिनाजुको घर जान मान्दैन थियो मन दिदीभिनाजु नै नभएपछि त्यो घरमा जानु औचित्य  कतै थिएन । कोया खोलाले बगाएर दिदिभिनाजुको मृत्यु भएपछि बहिनीहरु पनि भेट्न आएनन यतिका वर्षसम्म पनि । कहाँ होलान् उनीहरू ! भिनाजुकै घरमा भका भए त एकदिन न एकदिन त आउनुपर्ने ।  फेरि टाढाको कुरा पनि थिएन । आशंका मडारियो मनभरि । मालिकले बलात्कार गरेपछि दुबईमै आमाले आत्महत्या गरेको खबर दिदीले नै सुनाएकी थिन । आमा गुमाउनुको पीडा जेलमा बसेर सहनुपर्दा कम्ता भक्कानिन्थेन मन । बहिनीहरूको अवस्था कल्पिदा झन विचलित बनाउथ्यो । वर्ष , महिना, दिन , घन्टा, हुँदै जेलबाट निस्किनुपर्ने  समय मिनेटमा अनुदित हुँदै थियो । अब कहाँ जानु ! उही प्रश्नले हिर्काइरहन्छ बारबार । हातखुट्टा लत्रक्कै पर्छन नातागत भएजस्तो । मन सोच्छ – बाउ गतिछाडा नभएका भए मेरो यो दुर्गति  कहाँँ हुन्थ्यो र । अतित नाच्छ आँखामा दृश्यम बनेर र दन्किन्छ पीडा ज्वालामुखी भएर ।  

चार सन्तान, त्यो पनि सबै छोरी । वंश मासिने डरले बाउले अर्की आमा ल्याए । छानो चुहिने घर र करेसाबारी आमाका भागमा दिएर भएको सबै बेचेपछि तराईतिर गए बाउ  कान्छी आमालाई काखा र हामीलाई पाखा पारेर । सन्तानको जिम्मेवारीको भारी एक्लो काँधले बोक्न नसकेपछि बचेकुचेको बेचेर दुबई जाने निर्णय गरिन आमाले । गाउँले गणेश काकाको साथ लागेर दिदीभिनाजुको आडमा म र साना दुई बहिनीहरूलाई छोडेर आमा दुबई उडिन । त्यसपछि हामी तिनै जना भिनाजुको घरमै बस्न थाल्यौं।

दुर्भाग्यले बाउको साथ नपाएका परिबन्धले आमाको काख नपाएका हामी दिदीभिनाजुको रेखदेखमा थियौं । दिदीलाई भनसुन गरेर गाविस अध्यक्षले गाउँकै प्राविमा पढाउने जागिर लाइदिएका थिए । गाउँमै भिनाजुको सानो पसल थियो । भिनाजुले माया गर्थे ।

भिनाजुकी आमाले भने, ‘हामीलाई  देख्न पनि रुचाउँदैन थिइन् ।’

अर्काका सन्तानलाई सित्तैमा खुवाउनु परेको छ भनेर दिदीकी सासूले दिनहुँ वितण्डा मच्चाउन थालेपछि मैले स्कुल नजाने निर्णय गरें । भिनाजुले पढ्न जाउ भनिरहे, मैले बाहना गरिरहें । म बोझ बन्न चाहान्न थिए कसैप्रति पनि । सानै भए पनि यति बुद्धि थियो मेरो । सबै समय घरको कामकाजमा लगाउन थालेँ ।

केदारमान  दिदीको जेठाजु मलाई  कहिल्यै मन परेन ।साली त भिनाजुकै हुन् नि भन्दै जिस्क्याइरहन्थे ।  कतै न कतै छोइरहन्थे मौका पाउनासाथ । एकदिन चिया दिँदा चिया भरिएको ग्लास होइन मेरो हात समाते तिनले । हात कसिलो गरी समाएकाले फुत्किन खोज्दा पोखियो चिया छचल्किएर मेरो हातैभरि । कसोकसो छातीतिर पनि उछिट्टिएछ चिया । छातीदेखि भिजेर कुर्ता टाटेपाङ्ग्रे भएको थियो तल फेरसम्मै । आज गाली खाइने भइयो, डरले कापे थररर। एक नजर माथिदेखि तलसम्मै हेरे तिनले र झट्ट मेरो हात तानेर चाटे । तिमीलाई  पोल्न त पोलेन । मलाई वाक्क आउलाजस्तो भयो । तिनको हात चटाइ स्वाभाविक पटक्कै लागेन  मलाई । हात झट्कारेर धारातिर कुदें । त्यसपछि  मौका पारेर उनी बेसोमतीले प्रस्तुत हुन थाले मसंग ।  

“ सालीनानीको त हातै मिठो।“ मैले जानीनजानी पकाएको खानाको प्रसंशा गर्दै एकदिन उनले भने ।  के भनेको केदार दाइले तलाईं  निकै चोटि भनेको सुनेर दिदीले सोधेकी  थिइन्  । दिदीका अनुसार स्वास्नीले छोडेको ऊ मेरो छेउछाउ खराब नियतले मडारिने बाहना खोज्दो रहेछ । मेरो बुझ्ने उमेर पनि भएको थिएन उसको जिस्क्याइको अर्थ ।  

त्यो दिनदेखि मलाइ खासै मन नपर्ने त्यो मान्छे झनै घृणित भयो । तर्किन थालें म उसंग । बहिनी मभन्दा सानै थिएँ ।  सम्झाएँँ ठूलो भिनाजुको छेउछाउ नपर्नु तिनी राम्रो मान्छे होइनन भनेर । उनीहरूले के बुझे थाहा छैन । त्यस दि देखि ठुलोभिनाजु बाहिर भए भित्र र भित्र भए बाहिर गर्न थालेँँ । रामनवमीको त्यो दिन घाँस काट्दै थिएँ म । पछाडिबाट मुख थुन्यो कसैले ।  के हुँदै थियो त्यत्तिबेला पत्तो पाउन सकेकै थिइनन् मैले । त्यो मान्छेले नराम्ररी अठ्याएपछि दरो गरी टोकिदिए नाडीमा । रुमालले मुख छोपेको त्यो मान्छे आफैं भाग्यो । दिदीलाई भनें साँझ ।

कतै केदार दाइ त होइनन्   दिदीको शंका ।  

म छक्क परें । त्यो हदसम्म गिर्लान् । मैले सोचेकै थिइन् । एघार वर्षकी म उसकै छोरीकै उमेर कि त थिएँ । तिनले कसरी छुन्थे । कसरी बोल्थे । जिस्क्याउथे । सबै भनें दिदीलाई । त्यसपछि सारै डर लाग्न थाल्यो त्यो घरमा बस्न । तर, बाध्यताका अघि मेरो के लाग्थ्यो र ! कतै भागौं कि भन्ने नसोचेको होइन । फेरि म भागेर के गर्थें र ’ दुइटी बहिनी पनि त थिए त्यो घरमा । त्यो घर हाम्रो लागि बाध्यता थियो । डराएरै बित्न थाले दिनरातहरू । शिवरात्रिको दिन लड्डु बाँडे दिदीका जेठाजुलेस घरका सबै सदस्यलाई । मैले खान मानिन । कारण , ती भिनाजुसँग सम्बन्धित सबै कुरासँग डर र घृणा मिसिएको थियो मेरो मनमा ।

खाखा सित्तैमा खान पाको । यस्तो खाने भाग्य कहाँ तिमर्को नत्र !’

दिदीकी सासूको व्यंग्य खाएपछि अन्तत  लड्डु खानै पर्यो । मैले छेउको लड्डु निकाल्न खोज्दा तिनले पछाडिको अलिक ठूलो लड्डडु मेरा हातमा राख्दै भने , ‘ लेऊ , यो ठूलो खाउ कति काम गर्छेउ तिमी तागत पनि त चाहिन्छ ।  अरू बेला मिठो लाग्ने लड्डु तितो लाग्यो त्यो बेला । रात छिप्पिदो थियो । सबै सुत्ने तर्खरमा लागे । मलाई कस्तो अनौठो अफ्ट्यारो महसुस भयो लड्डु खाएको केही बेरपछि । बहिनीलाई काखी च्यापेर पल्टिएकी म कति खेर भुसुक्कै भएँ पत्तोअत्तो थिएन । अँँध्यारोको कुनै प्रहर शरीरलाई  केही गहुँगो वस्तुले थिचेजस्तो भयो । कतै दुखेजस्तो पीडादायी दुखाइ। आँखा खुल्न अटेरी गर्दै थिए  ।  

सपना हो वा विपना अनभिज्ञ थिएँ, थाहा नपाईन्जेल सम्म । असह्य पडिा भएपछि खुले आँखा । ठुलोभिनाजु रक्सीले गन्हाएको मुख मेरा गालातिर रगड्ददै रहेछन । दिदी गुहार्न खोजें मेरो मुख थुनियो ।

लात्ती हान्न खोजें  । चड्कन बजार्यो त्यस्ले । मेरा खुट्टालाई त्यस पापीका  खुट्टाले थिचेर एउटा हातले मेरा हात समायो अर्को हातले मुख थुन्यो । लड्डुले लत्रक्क पारेको थियो मलाइ स केहि उपाय थिएन । त्यो तुत्छ मान्छेले उसकी छोरीकै उमेरकी मलाइ रगताम्य इन्तु न चिन्तु पारेर छोड्यो । उठ्न सकिन म, बिहान अबेला सम्म पनि ।

यसरी अबेलासम्म त कहिल्यै सुत्दिन थियौ भन्दै दिदी उठाउन आइन् मलाई ।

दिदीकी सासू पनि पछिपछि थिइन् । रगत बगेर मेरो ओछ्यान भिजेको थियो । बल्लतल्ल उठें । दिदीको काखमा मुन्टो घुसारेर रोएँ धरधरी ।

ठुलो भिनाजुले‘ दिदी अताल्लिएकी देखेर भनें , ‘तेरा नकचरी,  तेरो बाउजस्तो उमेरको मान्छेले तँलाई बलात्कार गर्छ होला नि लबस्तर्नि ।  बेपत्तामा फत्तु लाउँछेस् ।  राति तल्लाघराँ गाथ्यो ऊ , उतै सुत्या हो ।’

दिदीको छेवैमा उभिएकी उनले धारे हात लाउँदै भनिन्, ‘ मरिजा । गर्मी भो भनेर दैलो नलाई सुत्छे । आयो होला नि कोही तेरै नाठो ।  कोठाको चारैतिर आँखा डुलाइन् उनले । मानौ , तिनकै शब्दमा भन्दा मैले नाठो बोलाएको प्रमाण खोज्दै थिन उनी सायद । ’  

त्यो बेला मलाई नाठो  शब्दको अर्थसम्म थाहा थिएन । दोष लगाइन् उल्टै उनले । दिदीबाहेक मेरो कुरा कसैले पत्याएनन् ।  भिनाजु घरमा थिएनन् त्यो दिन । ठुलोभिनाजुको नियत ठिक नभएको निकै दिनदेखि थाहा पाएको र पुलिस बोलाउने कुरा दिदीले भनेपछि दिदीकी सासूले मत्थर हुँदै भनिन्, ‘जे भयोभयो, अब यसलाई पनि स्कुल पठाइदिउँ । म सम्झाउँछु तेल्लाई।’  

एउटी नारीले, अर्की नाबालिक नारीप्रति भएको अत्याचारलाई  इज्जत जाने डरले अन्यायमा पारी । सायद त्यो एउटी आमाको परिवार र अझ सन्तानप्रतिको अन्धोमोह थियो ।  त्यस्तै लाग्छ अहिले सम्झिदा  । उनलाई दोष पनि किन दिउँ र म  दिदीकी सासूका ठाउँमा मेरै आमा भएको भए पनि त्यसै गर्थिन सायद । ममता भन्ने महसुस नै त्यस्तै हुँदो हो र त संसारका धेरै जसो आमा सन्तान गलत छ भन्ने थाहा हुँदाहुँदै पनि सन्तानका लागि हुने अप्रियपन स्विकार्न भने चाँदैनन् ।  

रगत बग्ने क्रम रोकिएको थिएन । बिस्तारै सन्चो भएँ । भाइबहिनीसंगै स्कुल जान थालेँ । इज्जत गुमाएरै सही थोरै सहज हुन थाल्यो त्यो घरमा हामीलाई । भिनाजुले त्यो कुरा थाहा नपाउन भन्ने थियो भिनाजुकी आमालाई । कारण  के हो  थाहा छैन । मलाई पेल्न खोजे पुलिस कहाँ जाने र भिनाजुलाई भनी दिने धम्की दिन्थी  दिदी । परिवारको इज्जत भन्ने कुरो साच्चिकै बलवान् हुँदो रहेछ । हच्किन्थिन उनी दिदीको धम्कीले ।  

मेहेनत गरेर पढ्न थालेँ । आठ कक्षाको रिजल्ट राम्रो आयो । गाउँमा कराते सिकाउने समूह आएको थियो केहि महिना देखि । कराते प्रति रुचि थियो मेरो । दिदिकी सासु दिदिभिनाजुको कुरामा सहमत नभए पनि असहमत भने देखिन्नथिन । मेहेनतले सिक्न थालें । धेरै कुरा जानेँ ( करातेले शरीर सुगठित राख्नुका साथै आक्रमणकारीसङ्ग जोगिन धेरै सहयोग पुर्याउने रहेछ । म केहि गर्न सक्छु भन्ने आत्मबिश्वास पलाउदै गयो । भित्रैबाट दरिलो महसुस हुन्थ्यो कराते सिक्न थाले पछीका दिनमा । त्यो रात सबै सुतिसकेका थिए । कसैले दैलो खोल्न आग्रह गरेको सुनें । ढोका खोल्दा देखें ( कथित ठुलोभिनाजु।। त्यो घटना पछी इन्डिया गएको नरपिशाच एक वर्ष पछी फर्किएको रहेछ । उसलाई देख्दा मेरो सात्तो फुत्त निस्किएर भाग्यो । निन्द्रा पर्न छोड्यो राती । लाग्यो , अब मेरा दिन फेरी उस्तै हुने भए । फेरि कहिले भरोसा उच्च हुन्थ्यो पनि । आफ्नै आत्मबल र दिदीले भरोसा दीए पनि कताकता डर लागिरह्यो ।  

सबैको नजरमा उ एसतरी छायो मानौं , मेरो ख्याल राख्छ उ र आवेगमा गरेको गल्ती प्रति पश्चाताप छ उसलाई । भिनाजु नभएका बेला सबैका अगाडी मसंग माफी पनि माग्यो ।

दिदीले भनिन्, ‘ अब सुध्रिए जस्ता छन् ।’

मेरो बालक मनले पनि भन्यो  सायद  होला । नयाँ लुगा, कापीकलम किनिदिन्थ्यो ऊ । सबैले देख्दा मेरो ख्याल गरेको देखिन्थ्यो  र मलाइ पनि त्यस्तै लाग्थ्यो । केही समयपछि  ठुलाभिनाजुको नियतमा पहिलाजस्तै खोट देख्न थालेँ मैले । परिवारका अन्य सदस्यलाई मलाई माया गरेको जस्तो देखाउन  योजनानुसार नै चलेको रहेछ भन्ने कुरो बुझ्न कति बेर लागेन मलाई त्यो पल्टस जब झुक्किए जस्तो गरेर छाती, तिघ्रा र पाखुरामा जानीजानी छुन्थ्यो ऊ। त्यो दिनको पीडा एक वर्ष भइसक्दासम्म पनि आलो घाउजस्तै दुख्थ्यो र बगेको रगत सम्झिदा चक्कर लाग्थ्यो । सपनामा पनि कसैले पछ्याउंदै छ कि भन्ने डर लाग्थ्यो । तर्किएर हिड्न थालेँ  तर कतिन्जेल पो सकिन्थ्यो र तर्किन ।  अन्तत  त्यही भयो जेको डर थियो मलाई । 

घाँस काट्न गएका बेला पाखाबारीमा । उफ्फ़  सम्झिन मनै छैन त्यो घटना । तर  मन अटेरी भैदिन्छ । नसम्झुँँभन्दा पनि सम्झिदिन्छ । पीडादायी कुरा किन बिर्सन सक्दैन होला मानिस । सम्झिनुपर्ने कुरा बिर्सिन्छ र बिर्सिनु पर्ने कुरा सम्झिन्छ । बिर्सन सकिदो हो त दुखले बारबार सताउदैनथ्यो होला नि होकि  न । कराउन सकेँ न उम्किन नै । मुखमा घाँस कोचेर घाँसका मुठा बाँध्ने डोरीले हात बाँधेर रगताम्य बनायो त्यो पापीले फेरि पनि । छातीमा मुक्का बजाउँदै, जताततै टोक्यो । बाबियाले घोचेर मेरो जिब्रो र मुखबाट भल्भल्ती रगत आयो  । चालिस बर्से त्यो राँगोका अघिल्तिर म तेह्र वर्षकी बच्चीको यत्न लागेन । ममाथिको आकाश घुम्दै थियो फनफनी । आँखा धमिलो हुँदै गयो ।

राँगो धम्क्याउँदै थियो , ‘ कसैलाई भनिस् भने तँ तेरी दिदी र तेरा बहिनीलाई मारिदिन्छु र तेरी आमा दुबईबाट रातो बाकसमा आउँछे बुझिस !’

होस आउँदा घाम अस्ताउनै लागेको थियो । लाग्यो , मेरो जीवन पनि अस्ताउने क्रममा छ अब । बगेको रगत माटोले छोपछाप गरेपछि बिस्तारै घर गएँ । कसैले देख्छन् कि भन्ने भयले फुट्थ्यो मुटु । मानौँ , मैले भयङ्कर अपराध गरेकी छु । भान्सातिरबाट कल्याङमल्याङ आवाज आएको तगारोसम्मै सुनियो । चोर बिरालोझैँ  कोठामा गएँ । कसैले देखेनन् । राँगोको धम्क्याइले उडेको थ्यो सातो फर्काउनै सकिन । दिदीलाईसम्म पनि केही भन्न सकिनँ ।

आमाले भैसीलाई राँगो लगाउन लैजानु छ  भनेको सुनेकी त हो मैले निकैचोटि । राँगो भनेको के हो ! के थाहा थियो र त्यतितिबेला । राँगो लाएपछि भैंसीले पाँडी पाँउछ र दूध दिन्छ भन्थिन् आमा । विचरी भैंसीलाई पनि यस्तै पीडा हुन्छ हुँदो हो राँगो लाँँउदा । यसरी नै रगत बग्दो हो । आँसु तप्किए काली भैंसीलाई सम्झिएर । आमा साथमै भएकी भए भैंसीलाई राँगो नलाउँ भन्थे नि म के गर्नु आमा पनि छैनन् भैंसी पनि कहाँ रहयो र अब । मनले के के सोच्यो । आमा सम्झियो आमा थिइनन् साथमा । बा पनि ओझेल परेनन् सम्झनाको छायाबाट त्यो बेला । घरी बालाई सम्झिएर भक्कानो फुट्थ्यो भने घरी बाकै कारण हविगत भएको यथार्थले दुख्थ्यो मुटु । बाले कान्छी आमा नल्याएका भए आमासँगै बा पनि त साथै हुन्थे  । त्यस्तो माया गर्ने बा कसरी बदलिए होला अचानक प्रश्नले खोजिरहयो जवाफ । साच्चै , भाइ जन्माइन् कि बैनी जन्माइन् होला कान्छी आमाले ! काँ होलान् ! सबै  शरीरको दुखाइ र मनको पीडा सम्झिदा सम्झिदै  साँझ परेछ झमक्कै । दिदीले खाना खान बोलाउँदा टाउको दुखेको र खान मन नभएको बाहना गरेर उठ्दै उठिन् ।    

भोलिपल्ट बिहानै दिदीले म सुत्ने कोठैमा चिया लिएर आइन् ।  तन्नामा रगत लागेको रछ । भल्भल्ती फुटेको मूल एकैठाउँमा जमेर बस्न कहाँ सक्थ्यो र आम्मै तँलाई त नछुने  भएछ  तर कस्तो अचम्म  नछुने हुँदा यसरी रगत नबग्नुपर्ने । मान्छे मरिहाल्छ नि नातागतले यस्तो भयो भने त  दिदीले अचम्म मानिन् तर शंका गरिनन। शंका गर्ने ठाउँ  राखेका पनि थिएनन भिनाजुले । लाजले तल नआकी ।

जिङ्रिङ्ङ परेको मेरो कपाल सम्याएर मुस्कुराउँदै दिदीले भनिन् , यसपल्ट दिदीलाई सत्य भन्न चाहिँन मैले । कारण  यो पल्ट चुप लाग्नेवाली थिइनन् दिदी । म डराएँ  थर्कमान जो भएकी थिएँ । केदारमानले अब पनि यस्तो गर्ला भनेर कसैले पत्याउने स्तिथि थिएन । त्यसमाथि बिहेको कुरो पनि चल्दै थियो । घरमा सबैलाई भ्रम भयो  मितिलाई ‘नछुने’ भयो । दिदीकी सासुले घरदेखि एक कान्लो मुन्तिर रहेको मतानमा सारिन् मलार्इ । तलामुनि गार्इवस्तु बस्थें  तलामाथि म । परालमा सुत्नु , सूर्य नहेर्नु ,यो त्यो नछुनु र घरका कोही लोग्ने मानिसलाई नहेर्नु भन्ने दिदीकी सासूको उर्दी थियो । दिदीले भ्याउँदा दिदीले नत्र बहिनीले खानेकुरा र पानी ल्याइदिन्थे । स्कुल छुटेको छुट्यै थियो । कराते सिक्न थालेदेखि पढाइमा त्यति ध्यान जादैनुथ्यो मेरो   पढाइभन्दा करातेको पिर लाग्न थाल्यो । कोतरेका घाउबिना औषधि सुक्दै गए । एक दिन खाना खाएर यसो ढल्केकी मात्रै थिएँ राँगोकी छोरी रीतु जो मेरै उमेरकी छे । अचानक आएर हातमा समाएका किताबकापी मतिर बढाउदै भनिन्, ‘ बुबाले किताबकापी दिनु भ’को तँलाई ।खाटमा राखेर ऊ तुरुन्तै गई ।

राँगोको हिम्मत सगरमाथा झैं अग्लिन थालेछ । केचनाकवल सम्म झार्नुपर्ने स्तिथि देखियो हैन भने मलार्इ नराम्ररी पछार्छ कुनै दिन सगरमाथाबाट अनि त म आफैँ, केचनाकवलमा धसारिन बेर लाग्दैन । मनमा एउटा अनौठो साहस जाग्यो । करातेले दिएको साहस । कराते टिमले गाउँ छोडिसकेको भए पनि मैले धेरै कुरा जानिसकेकी थिएँँ । गुरुले सिकाउनुभएका आत्मरक्षाका टेक्निकहरु साथै थिए । एक्काइस दिन पुग्न एक हप्ता बाँकी थियो ।  बारम्बार भएका ती घटनाले मेरो दिमागमा नराम्रो असर गर्दै थिए सायद । कसैले लखेटेको , लुगा च्यातेको , मुख थुनेको ,आँखामा पट्टी बाँधेर मनलाग्दी गरेको देख्थें सपनामा लगभग दिनहुँ जसो । कहिले राँगो हुन्थ्यो त कहिले अरू नै कोही ।  बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ । त्यसैले जस्तै परिस्थितिमा पनि नडराउनु  भन्थिन् आमा तर उनले भने जस्तो नहुने रहेछ । डराउन्न भने पनि डर लागी हाल्ने । आत्तिन्न भने पनि कसोकसो आत्तिने । 

अलिक सन्चो नहोला जस्तो भएकाले दिदीलाई मतानमै सुत्न बोलाएकी  थिएँँ त्यो दिन । दिदीको छोरा अलिअलि बिरामी थियो । दिदीकी सासू बोलाउन आइन मतानमै । निन्द्रै परेन त्यसपछि । साँच्चै , मनको बाघले खाँदै थियो मलाई  आमाले भनेझैं । ओल्टोकोल्टो फर्किदाफर्किदै आँखा लागेको पत्तोअत्तो पाइन् । पहिलाको जस्तै शरीर भारी भयो । दुखे जस्तो र पोले जस्तो पनि । तत्क्षण बिउँझिएँ । दिनहुँ देख्ने सपना सत्य सावित भएरै छोड्यो आँखिर त्यो रात विपनामा । पहिलाजस्तै गरी ममाथी घोप्टिएको रहेछ त्यो राँगो । अचम्मको साहस आयो मन भित्रैबाट  । सुत्नुअघि घाँसको मुठाभित्र सिउरिएको हसियाँ सिरानीमुनि राखेकी थिएँँ । लामोलामो स्वास फेरें र साहस बटुले ।  

मनले भन्यो , ‘आज यसलार्इ पछार्छु । यसको अन्तिम इच्छा पूरा हुन दे एकचोटि !’

दाँत किटेर सहें राँगोको झम्ट्य़ाई । जतिजति कोतर्थ्यो उ त्यत्तित्यत्ति मेरो साहस बटुलिन्थ्यो । बेलाबेला माया गरे जस्तो गरेर बिस्तारै सुम्सुम्याएर भन्यो , ‘तँलाई पनि मजा आए जस्तो छ ।   अब यस्तै खेल सधैं खेलौं ल बाबा हामी । मैले भनेको मान कसैलाई नभन म तँलाई धेरै पढाउँछु  ।  राम्राराम्रा लुगाजुत्ता किनिदिन्छु बुझिस् । ’

सियोले कान छेड्दा दुखेजस्तै देखे मेरा कान त्यस्को बोलीले । मेरो मौन स्वीकृतिलााई कसरी अर्थयायो कुन्नि त्यो पापीले । मेरो शरीरभित्र बान्ता गरेर मेरै ओछ्यानमा घोप्टो परेर लम्पसार पर्यो उ । बिस्तारै उत्तानो पारें र त्यसको त्यसलाई जोडले समाएँ । आँखा खोलेर कुटिल मुस्कान हुत्यायो तेस्ले मतिर । मैले पनि हुत्याइदिए मुस्कान  तर विजयोत्सवको । मक्ख थियो त्यो राँगो । आफ्नै हातको सिरानी राखेर मस्तसँग आँखा चिम्लियो । मैले सिरानीभित्र राखेको हसियाँ निकालें र जोडले अठ्याएँ त्यसलाई फेरि  उस्तै गरी । दायाँबायाँ केही नसोची रेटें हसियाँले । आधा छिन्न लागेको मात्रै के थियो आइयाको चित्कारसंगै फंफनिदै जुरुक्क उठ्यो राँगो । मलार्इ लछारपछार पार्न खोज्यो । कसैले तिमीलाई हानि पुर्याउन खोज्यो भने आत्मरक्षाका लागि यीयी टेक्निकको उपयोग गर्नु ।’  

हठात् कराते सिकाउदा गुरुले भनेको कुरा याद आयो । कति डराइन म । कराते टेक्निकको भरपुर उपयोग गरें । राँगो अन्तत  ढल्यो मेरोसामु आइयाआइया गर्दै र करातेमा सिकेका टेक्निककै कारण आत्मविश्वास पलायो । हत्या नगरीकनै पछार्न सक्थें त्यस पापीलाई तर मानेन मन त्यसलाई त्यसै छोड्न । फेरि पनि अर्की मितिलाई छोप्न सक्थ्यो त्यो पापीले । अर्काको जीवनसंग खेलवाड गर्ने बलात्कारीलाई त्योभन्दा प्रभावकारी सजाय अररू हुन सक्दैन थियो । त्यसको शरीरमा  सय प्रहार त गरें होला मैले । नारी दुर्गाकाली, भगवती हुन् भन्थें । त्यो बेला तिनै देवी बसेकी थिइन् सायद ममा । साँच्चै , राँगोको टाउकाको माला लाउन मन नलागेको काहाँ हो र !  राँगोहरु दशौँको संख्यामा आए पनि पछार्न सक्छु भन्ने साहस थियो त्यो बेला ममा  उमेरमा सानै भए पनि । कारण कराते थियो । केही बेरमै रगतको आहाल बन्यो भुइँ । जोडले हाँसे म ।  के भो को हो हँ । दिदीकी सासु कराइन । ू तेरो छोरो मारे मैले १ू बाघझैं गर्जिदै भनें । दिदीकी सासू दौडिएर आइन । मेरो रौद्र रूप देखेर रगतको आहालमा डुबेको छोरालाई अंगाल्न न त सकिन न त रुन । मुर्तिवत उभीईन । लगत्तै दिदीभिनाजु र वल्लोपल्लो घरका जम्मा भए । विभत्स लाशसंग होइन मेरो रुपसंग त्रस्त देखिए सबै । सबैका आँखामा डर देखिए पनि मेरी दिदीका आँखामा खुसी देखें मैले । कसैले ठिक्क परो भने  कसैले मलाइ दोषी ठानें । कसैले दिदिभिनाजुलाई पनि दोष दिए ।  

धेरै पहिला गर्नुपर्ने काम गरिस् बाबा तैले  रगत लत्पतिएको हसियाँ हेर्दै भनिन् दिदीले ।  

के भन्दै छेउ तिमी रु यसले हत्या गरेकी छे हत्या १ त्यो पनि मेरो दाजुको ।  

सधै मसिनो बोल्ने भिनाजु गर्जिनु भो एक्कासि,  ए  कान्छा जाजा पुलिस बोलाएर ल्या ।’

एकैशब्द बोल्न नसकेकी दिदिकी सासु भिनाजुको बोलीसंगै कडकिईन , ‘यसलाई मारेर ठिकै गरी यसले । यसले उसकै छोरी समानकी मेरी बहिनीलाई बारबार बलात्कारको प्रयास गर्दै आको थियो ।  चारचोटि भो यो समेत । सुध्रिएको देखेर तपाइँलाई पनि भनिन्, ‘ जाओस है भनेर । अब त अति भो । भोलि तिम्रै स्वास्नीको पनि बलात्कार गर्न के बेर यस्ता बलात्कारीले ।  

भिनाजुको हात समातेर उभिएकी रितुलाई मेरै छेउमा लगभग धकेल्दै दिदीले भनिन्, ‘ के छ मेरी बहिनी र यो रितुको शरीरमा फरक ! यो पनि तेर्है वर्षकी होइन ! कति पुल्पुलिएकी छे रितु अनि हेर्नुस् मेरी   बहिनीलाई ।’  

दिदीले लामोलामो स्वास फेरिन् । भिनाजुले आँखाभरि आँसु भरेर भने, ‘आँसु भरिएका आँखाले मलाई  हेर्दै भने भिनाजुले मलार्इ माफ गरदे नानी ।’

भिनाजु संगसंगै मेरा आँखा पनि रसाए ।  

घटना अप्रीय हुँदा मनले सहन सक्ने क्षमता नराख्ने रहेछ । मनको सहन क्षमताले जिद्दी गर्दो रहेछ । तार्किकताका साथ होस वा घटना हुन नदिन हर सम्भव प्रयास गरेरै किन नहोसस त्यो प्रयास तर्क भन्दा धेरै माथी र व्यक्तिको बानी(स्वभाव भन्दा फरक देखिँदा विकास भएका फरकपनले मानिसलाई मानसिक स्तिथि सम्म पुर्याउने रहेछ । र मेरो मन पनि त्यहि मानसिक स्तिथितिर लम्किदैुथ्यो सायद त्यो बेला । नत्र भने त एउटा झिङ्गो समेत मार्न नचाहने मेरो स्वभाव विपरित मैले हत्या नै त नगर्नु पर्ने हो । तर हत्या नै गरे पनि पछुतो कतै थिएन स बरु खुसि थिएँ म । लाग्दैथ्यो ,अब म माथी त के मेरी बहिनी माथी पनि तेस्तो अत्याचार हुने छैन । खैलाबैला मै बिहान भयो । पुलिस बोलाएछन कसैले ।  

‘स्याबास, अब गरोस् न त्यसले बलात्कार ! बलात्कारीको त त्यही छिनाइदिनुपर्छ  ।   मलार्इ हत्कडी लगाउदै गर्दा एकजना प्रहरी दिदीले भनेकी थिइन्  । यति सानीछेउ तेत्रो मान्छेलाई कसरी पछार्यौ ।  मायालु सुनियो उनको बोली । सायद , उनलाई मान्छे मार्न सक्ने साहस कसरी आयो मभित्र भन्ने खुल्दुली भएको हुनुपर्छ ।

कराते सिक्दै छु म । गर्वका साथ भनें । नमारी पछार्न सक्थे त्यसलाई र मलार्इ बचाउन सक्थेँँ । मेरा साना बहिनीलाई पनि बाकीँँ राख्ने थेन यसले त्यसैले मारिदिएँँ मैले  रिस र आवेग एकैचोटि ओकले मैले ।

– तपाईंहरू पनि छोरीहरूलाई कराते सिक्न पठाउनुस् म पनि पठाउँछु । कराते, बक्सिङ , जिउ जित्सु , मार्सल आर्ट जस्ता सेल्फ डिफेन्स य आत्मरक्षा गर्न सिकाउने टेक्निकहरू सिक्नु सिकाउनुपर्छ । यल्ले –त्यल्ले बलात्कार गरयो। बलात्कारीलाइ फाँसी दे  सरकार भनेर घाँटी सुकाउनुभन्दा आफैं केही गरौँ ।  आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्छ । फाँसी दिँदैमा सरकारले बलात्कार रोकिदैन ।  फाँसी सजाय दिने देशमा हेर्नु न भको छ समाधान यो ऐंजेरुको ।

कराते तमासा हेर्न उभिएका सबै भिडलाई सम्बोधन गर्दै प्रहरी दिदीले अगाडि भनिन् , ‘छोरीलाई अनिवार्य यी कुरा सिकाउनुपर्छ । किताबमै पढाउनुपर्छ बुझोस् यो कुरा ।सरकारले  नत्र गाविस वा आफैंले पनि कोसिस गर्नुपर्छ । के गर्नु हाम्रा पिलर नै कमजो् छन् । प्रहरी दिदीको कुरामा  सहमति  जनाए केही गाउँलेहरूले । केहीले भने हत्या गर्न सिकाउन प्रोत्साहित गरेको भन्दै आलोचना गरे ।  सँगै उभिएको प्रहरी जवान  दायाँबायाँ निरीक्षण गर्न थाल्यो । तस्वीर खिच्न थाके कोही । म  न्यायाधीश भएको भए नि आइपर्ने माथि जाइलाग्नेलाई प्रतिकार गर्दा ज्यानै गए पनि आत्मरक्षाका लागि गरिएको सही कदम भन्ने ठानेर सजाय मिनाहा गर्थें तर के गर्नु वकिल कानुन सबै बिक्ने हाम्रो देशमा  कानुन बनाउनेहरू नै बलात्कारी छन । सानै छेउ  हत्कडी लाउनु पर्दा बिझाइरहेछ मन नानी ।

मेरो नाडी समाउन खोज्दै बोलिन उनी , ‘ बलात्कारीले किन सोच्दैनन् ।  बलात्कारको घाउ सुके पनि त्यसले  बाँचुन्जेल पीडा दिन्छ भनेर । एउटी बलात्कृतलाई न था हुन्छ बलात्कारको पीडा, बलात्कार गर्नेलाइ थाह हुँदो हो त किन हुन्थ्यो र यस्तो अपराध ! 

अहिले बुझ्दै छु म – साच्चै महत्वपुर्ण रहेछ आत्मरक्षा ट्रेनिङको हामी छोरी मान्छेलाई । प्रहरी दिदीको त्यतिबेलाको रोश र भनाइको अर्थ त अहिले पो बुझ्दै छु म ।

आमा भन्थिन, ‘ विगतले वर्तमानमा धेरै पाठ सिकाउछ ।  

आँखामा कुवा जमिसकेछ आँसुको । आफ्नै विगतले खनिदिएको कुवा । आँसु पुछेर घाँटी सफा गर्दै संकल्प गरे मन्मनै । पुलुक्क ठुल्दाईलाइ हेरें, पत्रिका पढ्दै रहेछन् । पत्रिका बन्द गरेर उनले भने, ‘तिमी कतै हरायौ अनि भन्न त मन थियो विगत सम्झिदै थिएँ अड्कियो घाँटीमै । रिहाइको खबर सुनेदेखि निराश देखेको छु तिमीलाई के भयो नानी  फेरि निकै भो तिम्लाई भेट्न तिम्रा कोही आफन्त आको देखेको पनि छैन मैले । मनको उदाशी मुहारमा देखियो सायद । ठुल्दाइ भनेर जेलमा चिनिएका उनि मेरै हजुरबुवाका उमेरका थिए । उनको सोधाइमा अपनत्वको महसुस भयो फेरि । रसाए आँखा  ।  उनको अभिभावकत्व र अपनत्वको अपमान गरेको हुनेछ अब पनि तैँँले केही भनिन भने । के था तैले जे सोचेकी छेस केही सहयोग पो पाँउछेस कि ।  मेरो वितृष्णा देखेर  आफ्नै मनले सुझाव दियो । एउटा योजना बनाएकी थिएँँ मैले जेलमा बस्दाबस्दै । पर्खाइ थियो त बस रिहाइको । सोही कुरा सम्झायो मनले । नकार्न सकिन मैले पनि मनको सुझाव र ठुल्दाइलाई सबै कुरा भन्ने निर्णय गरेँँ ।  

हिड्ने बेलामा एउटा कागज मेरो हातमा राखी दिदै उनले भने, ‘मेरो भाइलाई यो नम्बरमा फोन गर्नु । म तिम्रा बारेमा कुरा गरिदिउला । मेरो साथसहयोग तिमीलाई छ ।तिम्रो अभियान सफल होस ।’

सोचाइमा सीमित मेरो अभियान पूरा होस भनेर शुभकामना दिए ठुल्दाइले । ू तिमी मेरी नातिनीजस्तै लाग्छ । तिमीले धेरै बाँच्नुपर्छ । यो समाजको सोच परिवर्तन गर्न  मेरो उमेर तिमीलार्इ लागोस ।  

उनले आँखाभरि आँसु भरे । यो पैसा राख तिमीलाई काम लाग्छ । मतर्फ पैसा बोकेको हात बढाए उनले ।  

मैले योजना बनाए । ठुल्दाइले भरोसा दिए  शुभकामना पनि दिए । तर , कस्ले पत्याउला मलाई ।  मनमा अलिकति डर अलिकति खुल्दुली थियो । तर, त्योभन्दा दरिलो थियो आत्मविश्वासको जग । प्रहरी दिदी र ठूल्दाइको भरोसाले झन् उत्साहित बनायो मलाई । सबैसंग बिदा मागेर हिडें । तत्काल जाने ठाउँ कहीँ देखिनँ । पाइलाहरू कुन गन्तव्यका लागि लम्कदै छन् पत्तो छैन । बस निर्विरोध लम्किरहेछन । मचाहिं उनीहरूकै खटनमा छु यतिखेर । बहिनीहरुको पत्तो पनि लगाउनु छ । अब त ठुला भए होलान । कल्पिएर बहिनीहरुको मुहार खुसी भयो मन । कता छन् होला  प्रश्न त छदै छ अझै । चिसो पस्छ मुटुमा र सोचाइको दूर क्षितिजमा दौडिन्छ मन ।  

हरेक छोरी आफैं आत्मरक्षाका लागि सक्षम हुन सके कसैले उसको अस्तित्वमा धावा बोल्ने आँट कदापि गर्न सक्दैन । हो, त्यही आत्मरक्षाका तरीका सिकाउने कराते अभियानमा लाग्ने प्रण गरेर अघि बढें म । जेलमै बस्दा खाका कोरिसकेकी छु । छोरीलाई कराते सिकाएर आत्मरक्षाका लागि सबल बनाऔं बलात्कारीबाट जोगाऔँँ ।

जस्तोसुकै अड्चन आओस मेरो जीवनको उदेश्य नै त्यही हुनेछ अब । अलिक पर पुगेपछि एउटा पसलभित्र छिरेर  ठुल्दाइले दिएको नम्बरमा फोन गरेँँ । ठुल्दाइका भाइले मलाई भेट्न घरमै बोलाए ।
अर्को समाचार
सुरक्षित र जागरूक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम
०४ भदौ २०८१
•
१ मिनेट पाठ
सुरक्षित र जागरूक बनाउन किशोरीहरूलाई आत्मरक्षा तालिम
सर्लाहीको गोडैता नगरपालिकामा किशोरीहरूलाई सुरक्षित र जागरूक बनाउन आत्मरक्षा तालिम प्रदान गरिएको छ। गोडैता र बलरा नगरपालिकाका ६२ जना किशोर–किशोरीलाई तिन दिवसीय आत्मरक्षा तालिम दिइएको हो।




समुदायमा हुने हिंसा, दुर्व्यवहार र विभेदको विरुद्ध सहभागीहरूलाई हिंसा हुन नदिन आफुले लिनुपर्ने जिम्मेवारी, हिंसा भइहाले भने प्रतिरक्षा गर्ने शारीरिक र मानसिक विधि र हिंसा भइसकेपछि गर्नुपर्ने पहलहरूबारे ज्ञान लगायतको विषयमा सिकाइएको छ। साथै, सामाजिक सञ्जालको कसरी प्रयोग गरेर सुरक्षित रहन सकिन्छ भनेर समेत किशोर–किशोरीलाई जानकारी गराइएको छ।

गोडैता नगरपालिका ५ स्थित श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक विद्यालय र बलरा ९ स्थित सीताराम माध्यमिक विद्यालयमा सञ्चालन भएको आत्मरक्षा तालिमको सहजीकरण गल्र्स किकले गरेका थिए। किशोर–किशोरीका अगाडि आइपर्ने विभिन्न समस्यालाई तत्काल समाधान गर्न तथा कुबाटोबाट बचाउनको लागि पनि आत्मरक्षा तालिम प्रभावकारी रहेको राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका बाल संरक्षण अधिकृत अरविन्द प्रसाद कुशवाहाको भनाइ छ।

कार्यक्रमलाई गोडैता नपा ५ का वडाध्यक्ष श्रीप्रकाश गुप्ता, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बैजुशंकर राउत, नगर स्तरीय बाल क्लब सञ्जालका पदाधिकारीहरूले आत्मरक्षा तालिमलाई निकै प्रभावकारी भएको भनी प्रशंसा गरेका छन्।

समयानुकूल तालिम भएकोले यस प्रकारका अन्य तालिममा पनि किशोर किशोरीलाई सहभागी गराउनु पर्ने अभिभावकहरूको माग रहेको छ। यस्ता व्यावहारिक तालिमले किशोर किशोरीलाई सतर्क बनाउन सहयोग पु¥याउने अभिभावकहरूको भनाइ छ। 
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस