भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै
१६ असार २०७७
•
२ मिनेट पाठ
भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै
पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा  एसइई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ ।




आयोजक  पोखरा सेकेन्डरी स्कुलका अनुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ भने   कविताको शीर्षक र विषयवस्तु प्रतियोगी स्वयम्ले छनोट गर्न सक्नेछन् । कविता (विद्यार्थीहरु) प्रतियोगी स्वयम्ले  लेखेको हुनुपर्ने छ । कविता कुनै पनि जाती, धर्म, संस्कृति, भेषभूषा तथा रास्ट्रियतामाथि आक्षेप नलाग्ने खालको हुनुपर्नेछ । प्रतियोगीले रचना गरेको कविताको पाठ र वाचन गरेको भिडियो पठाउनु पर्नेछ । वाचन गरेको भिडियो बढीमा चार मिनेटसम्मको हुनुपर्नेछ । कविता मिति २०७७ असार २५ गते भित्र पठाइसक्नुपर्नेछ ।

पोखरा सेकेन्डरी स्कुलका कार्यक्रम संयोजक शिब त्रिपाठीले भने,  ‘लकडाउनको समयमा सबै भन्दा सक्रिय र क्रियाशील साहित्य क्षेत्र रह्यो । सिर्जनशील विद्यार्थीलाई पनि  कविता लेखनमा संलग्न गराउन सकियो भने उनीहरुको प्रतिभाले अझ विकसित हुने अवसर पाउछ ।’ उनले थपे ‘एसइई.२०७६ नहुने भएपछि  यी  विद्यार्थीहरु एक किसिमको फूर्सदको अवस्थामा छन् । विद्यार्थीहरुलाई कुनै न कुनै सिर्जनात्मक क्रियाकलापमा आफ्नो क्षमता प्रदर्शन गराउने प्रयास स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको हो । ’ असार २९ गते भानु जयन्ती भएकाले कविता प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ ।  

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपाने भन्छन्, ‘निर्णायक मण्डलले दिएको अङ्कका आधारमा उत्कृष्ट ५ वटा कवितालाई पुरस्कार प्रदान गरिनेछ । सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिनेछ । सहभागी हुन कुनै किसिमको दर्ता शुल्क लाग्ने छैन । असार २९ गते (भानु जयन्ती )का दिन नतिजा प्रकाशन गरिनेछ । परिस्थिति सामान्य भएपछि कार्यक्रम गरी पुरस्कार वितरण गरिने ।’ उनका अनुसार जन्मजयन्तीका अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिता कविता pass.principal1@gmail.com र WhatsApp and Viber :9846281908 मा पठाउन सकिनेछ ।
अर्को समाचार
संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
२९ असार २०८०
•
३ मिनेट पाठ
संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन।




भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीस्थित घर संरक्षणको अभावमा खण्डहर बनेको छ। भारत, म्यानमारलगायत देशमा भानुभक्तको ठूलो चर्चा हुने गरे पनि नजिकैको तीर्थ हेला भनेझैँ सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको चासो पुग्न सकेको छैन।

आदिकवि भानुभक्तको जन्मघरको संरक्षण गर्न सके यहाँ आउने साहित्यिक पर्यटकका लागि अध्ययनको केन्द्र बन्न सक्छ। कुनै सरकारको चासो नहुँदा भानुको घर खण्डहर बनेको हो। देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक यहाँ आइसकेपछि भानु भग्नावशेष घर देखेर निराश हुने गरेको स्थानीयवासी बताउँछन्।

भानुको घर झारले ढाकेको, घरमा प्रयोग भएका काठका झ्याल, ढोका डढेलोले खाएको र रामायण भवन अलपत्र परेको देख्दा मन रोएको भानु–४ सेपाबगैँचाका मीनबहादुर श्रेष्ठले बताए। उनले भने, 'भानु पिछडिएको छ, भानुभक्तकै नाममा विभिन्न फाइदा लिने गरेको भए पनि यहाँको विकासका लागि कुनै पनि पहल भएको छैन, यहाँ आवतजावत गर्नका लागि सहज सडक निर्माण गर्न नसक्दा यहाँ आउने पर्यटक तथा स्थानीयलाई सकस भएको छ, तर सहज बनाउने कार्यतर्फ चासो पुगेको छैन।'

यहाँको विकास आवश्यक भएकाले तुरुन्तै बजेट विनियोजन गरेर भानु घरसम्म पुग्ने सडक सहज बनाउनुपर्ने उनको भनाइ छ। नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरे पनि राज्यले उनको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयवासीको भनाइ छ। भानुभक्तको जन्मघर नजिकै बस्ने ८५ वर्षीय भ्याँगे सुनारले स्थानीयवासी जनप्रतिनिधिले संरक्षणका लागि पहल नगरेकाले अलपत्र परेको बताए।

आदिकवि भानुभक्त चलचित्रमा अभिनय गरेर आफ्नो कलाकारिता अगाडि बढाउनुभएका दिलीप रायमाझीले भानुको जन्मस्थलमा केही अघि त्यहाँ पुग्दा भग्नावशेष परेको घर देख्दा भानुलाई सम्मान हुन नसकेको अनुभूति भएको बताए। भानुभक्तलाई भारतको दार्जिलिङ र सिक्किममा निकै आदर गर्ने भए पनि नेपालमा भानुको सम्मान हुन नसकेको उनको बुझाइ छ।

विसं २०५२ मा सरकारले गठन गरेको भानु जन्मस्थल विकास समितिको नाम परिवर्तन गरेर आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका रूपमा नयाँ गठन भएको छ। समितिले विसं २०५५ मा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने क्रममा घरको पुनर्निर्माण गरेको थियो।

विसं २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि  एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गरेका थिए। रामायण भवन तथा भानुको घरलाई संरक्षणमा टेवा दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौकी स्थापना गर्न माग राखेको भए पनि सुनुवाइ नभएको भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष तथा साबिक भानु गाविसका अध्यक्ष ऋषिराम पन्तले बताए।

जङ्गलको बीचको खरको छानाको उक्त घर विसं २०६० जेठमा आगलागी हुँदा जलेर नष्ट भएको थियो। विसं २०७३ मा तत्कालीन मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गरेका थिए।

६८ लाखको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्क रानाभाटले जानकारी दिए।  

चुँदीरम्घाको प्राकृतिक सौन्दर्य नासिँदै गएको छ। भानुभक्तको सालिक लेउले ढाकेको छ। आदिकविसँग सम्बन्धित सम्पदा, वस्तु र भानु पुस्तकालयको संरक्षण भएको छैन। नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीय बताउँछन्।

बिर्के टोपी घाँसी अभियानका अभियानकर्मी भानु–२ अम्बोटे निवासी यदुनाथ न्यौपानेले करोडौँमा बनेको रामायण भवन धमिराले खाने, भानुको घर पुनर्निर्माण नहुने र भानु जयन्तीमा मात्रै भानु टोपी लगाएर अर्थ नहुने बताए। भानुभक्त विसं १८७१ असार २९ गते चुँदीरम्घामा जन्मेका थिए।  (मिला दरै)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस