दक्षिण कोरियाली विश्वचर्चित सिरिज ‘स्क्विड गेम’ को तेस्रो सिजनको अफिसियल टिजर मंगलबार सार्वजनिक हुने भएको छ। यससँगै विश्वभरका दर्शकहरूमा उत्साह छाएको छ।
२०२५ को जुन २७ मा विश्वव्यापी रिलिज हुने यो सिजनले मुख्य पात्र सङ गि-हुन (ली जुङ-जे) को कथालाई मनोवैज्ञानिक द्वन्द्व, विश्वासघात र शक्ति संघर्षको चरम रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ।
सिजन २ मा गि-हुन ‘मृत्युको खेल’ प्रणाली भत्काउन फर्किएका थिए। तर उनको योजना सफल भएन। अन्तिम एपिसोडमा उनको साथी तथा सहयोगीको पनि हत्या भएको देखाइएको थियो। सिजन ३ मा उनी यस प्रणाली भत्काउने लक्ष्यसहित फेरि खेलमा फर्किंदै छन्। तर यो अन्त्य अपेक्षित रूपमा सहज नहुने संकेत छ।
नेटफ्लिक्सले सार्वजनिक गरेका डरलाग्दा पोस्टरहरूमा रगतले सिँचित भुइँ र विकृत फूलहरू देखाइएको छ।
निर्माता ह्वाङ डोङ-ह्युकले सिजन ३ लाई दोष, असफलता र आशाको मूल्यको कथाका रूपमा वर्णन गरेका छन्। “गि-हुन खेलसँग मात्र होइन, खेलले उसलाई जस्तो बनायो, त्यससँग पनि लड्दैछ,” उनले ‘द हलिउड रिपोर्टर’ सँग भनेका थिए।
पहिलो सिजनमा ‘प्लेयर ४५६’ का रूपमा गि-हुनले ४५.६ अर्ब कोरियन वन (३१.५ मिलियन अमेरिकी डलर) जितेका थिए। यो सिजनले प्रणाली ध्वस्त पार्ने उनको प्रयास र ‘फ्रन्ट म्यान’ सँगको द्वन्द्वलाई चित्रण गर्नेछ।
रङ्गेली खेलहरूको बाल्यकालीन रङ्गीनता अब डरलाग्दो र विकृत रूपमा प्रस्तुत हुने अपेक्षा छ।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...