पौरखले बढाएको क्षितिज
०३ कार्तिक २०८१
•
५ मिनेट पाठ
पौरखले बढाएको क्षितिज
पंचम अधिकारीकृत चौधवटा कथाको सङ्ग्रह ‘प्रवासीको देश हुन्न’मा झन्डै आधा स्वदेशी र आधा परदेशी परिवेशका अनुभव-अनुभूति व्यक्त गरिएका छन्। किताबकै शीर्षक पाएको ‘प्रवासीको देश हुन्न’ भन्ने कथाबाट सुरु गर्दा अहिलेका नेपाली युवाले स्वदेशमा भोगेका अनेकौं बेथिति र अन्य देशमा देखेका नीतिनियम, पद्धति, प्रणालीको मोटामोटी झल्को दिन्छ। विदेश गएको युवक नेपाल फर्कंदै गर्दा आफ्नै देशको अध्यागमनमा नेपाली पासपोर्टको वैधानिकतामाथि अनेकन् आशंका गरिन्छ।




पासपोर्टधारी व्यक्तिलाई शंकालु भावले अनेक प्रश्नहरूबाट केरकार गरिएको एक युवकको आक्रोशको फेहरिस्त छ कथामा। अध्यागमनबाट सुरु भएको दिक्दारी शौचालयको अवस्थादेखि कर्मचारीको मनस्थिति, विभिन्न व्यक्ति र संस्थाको ठगी, यहाँको राजनीति र सरकारको लापर्बाहीजस्ता यावत् पक्षमा उसले सन्तोष गर्ने ठाउँ देख्दैन।

भारतमा जन्मेको, अमेरिका पढ्न गएपछि उतैको ग्रिनकार्ड लिएको र कामको सिलसिलामा क्यानडा र अन्यत्र पनि गइरहने फकिरकुमार दक्ष र सक्षम छ। यही दक्षताले उसलाई देशदेशावर जहाँ पनि आर्जन गर्ने अवसर मिलेको छ। जहाँ जान्छ, त्यहींको नीतिनियममा बस्छ, त्यहीं आर्जन गर्छ, त्यसै देशमा आफ्नो आर्जनको हिस्सा बुझाउँछ। त्यहाँ बसुन्जेल त्यहींको नागरिक हुँ भन्ने लाग्छ उसलाई। त्यसैले उसमा वैश्विक भावना जागृत भएको छ। बडो गर्वसाथ भन्छ, ‘मेरो अनुभव र अनुभूतिमा म अलिकति यहाँ अलिकति त्यहाँ, सबै ठाउँको हुँ। अथवा भनूँ, न यहाँ न त्यहाँको हुँ। के छ र जिन्दगी ? फकिरको घर हुन्न, प्रवासीको  देश हुन्न।’

कथाले अहिलेका युवाहरूको चुरो भावना बुझाएको छ। फुक्न चाहने दक्ष र पौरखी युवाहरूको यथार्थ भावना प्रतिविम्बन भएको छ यहाँ। उन्नति र प्रगतिको शिखर चुमेका समृद्ध देशमा पुग्ने हैसियत बनाएकाहरूका लागि आफ्नै देशको बेथिति र अस्तव्यस्त वातावरण झनै कहालीलाग्दो हुने रहेछ अनि त यसबाट उम्कने कोसिस गर्दा रहेछन् उनीहरू।

किताबमा अर्को रूचिकर पक्ष के छ भने कथाकारले अधिकांश प्रवासीले जस्तो जसरी पनि विदेश पुग्ने र देश छोड्नुपरेकोमा रोइलो गरेका छैनन्, भित्र एक कुरा बाहिर अर्कै स्वाङ पारेका छैनन्, द्वैधचरित्र प्रस्तुत गरेका छैनन्। ‘मुख्य कुरा मान्छे खुसी हुने रहेछ, ठिमाहा सोच राखेर दोधारमा बस्नु बेकार रहेछ,’ अर्को कथामा भनेका छन्। वास्तवमा ‘परदेशीको देश हुन्न’ भन्ने शीर्षक दिए पनि कथाकारको मनसाय मानिस फैलन पाउनुपर्छ भन्ने झल्कन्छ धेरैजसो कथामा।

यीबाहेक अरू कथाहरूले पनि समसामयिक समस्याहरूको उजागर गरेका छन्। कुनै यताका, कुनै उताका प्रसङ्ग छन् भने कुनै कुनैमा यताउता दुवैतिरका कुरा छन्। गाउँबाट सहरी परिवेशमा पुग्नेबित्तिकै किशोरीहरू कसरी असुरक्षित हुन पुग्छन् भन्ने ज्वलन्त उदाहरण छ ‘अनि ऊ भागी’ कथामा। निमुखा र कमजोरहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्न उद्यत जमातबाट महिलाको उन्नति र प्रगति गर्ने प्रयासमा कसरी तुसारापात हुन्छ भन्ने कुरा एक महत्त्वाकांक्षी किशोरी भाग्नैपर्ने परिस्थितिले देखाएको छ।

एक युरोपियन दम्पतीका साथ बेल्जियम पुगेकी बेबीसिटर सुनिताको कहानी उस्तै विडम्बनापूर्ण छ। उसलाई भरोसा दिने बहानामा नेपाली युवकद्वारा नै यौन शोषणमा परेकी युवतीको दारुण चित्र उतारिएको छ।

‘नेहा’ आफ्नो जवानीको उर्वर समय अन्यत्र बिताएकी एक्ली आमाकी एक्ली छोरीको कथा हो। नाम, दाम र इज्जत कमाए पनि यौवनको उत्तरार्धमा सन्तानको रहर जागेर आउँछ, ऊ आफ्नो बच्चाको बाबु बन्नलायक व्यक्तिको खोजी गर्छे। जसअनुसार बाबु बन्न इच्छुक सहृदयी पनि पाउँछे तथापि समय घर्किसकेकाले स्वस्थ र तन्दुरुस्त बच्चा जन्माउन सक्दिनँ। बच्चा चाहनेहरूको पश्चाताप मार्मिक व्यथा एकातिर ब्यहोर्दै गरेकी भए पनि आफ्नो रहरले बच्चा जन्माउन सक्षम महिलाको चित्रणले महिलाले खोजेको ‘मेरो शरीर, मेरो शक्ति’ भन्ने भावनालाई केही बल पुगेको मान्नुपर्छ।

‘लोकल हिरो’ मा गम्भीर र अध्ययनशील इन्जिनियरको शालीनता र उडन्तेहरूको संवाद उतारिएको छ। अन्य पेशागत दक्षता नभएकाहरू हाम्रो राजनीतिमा कसरी फिट हुन्छन् भन्ने व्यङ्ग्यात्मक प्रसङ्ग छ कथामा। राजनीतिको आडमा अवैध धन्दा गर्ने छट्टु साथीले आफ्नै साथीलाई दिएको अर्ती रमाइलोसँग उतारेका छन् कथाकारले ‘तिम्री स्वास्नी’ नामक कथामा। विसङ्गत राजनीतिको सपाट दृश्य अरू कथामा पनि राम्रोसँग उतारिएको छ।

‘फिरन्ते अनुराग’ मा एउटा नेपाली टुर–गाइडको मनोदशाको चित्रण छ। अंग्रेजी सिक्ने धुनमा सोफी नामकी गोरी पर्यटकसँगको हेलमेल बातचित रमाइलो पारामा उतारेका छन् कथाकारले। सोफीको घनिष्टतामा रमाएको गाइडले ऊसँग विवाह गरेर अमेरिका पस्ने योजना बुनेको हुन्छ र ऊ जाने बेलामा विवाहको प्रस्ताव गर्न पनि भ्याएको हुन्छ। ऊ आउँछे होला भन्ने आशामा रहँदै गर्दा सोफी भने पाँच–सात वटा अरू देश घुमिसकेकी हुन्छे।

विदेशमा कहिले भाषाको समस्या, कहिले कानुनी समस्या, सुरुसुरुका दिनमा खानेबस्ने समस्या सबैका लागि एकै हुन् तापनि प्रायः महिला नै पीडित र शोषित हुन पुग्छन्। यतिसम्म कि कुमारीहरू आमा बन्न रोकतोक नभएका मुलुकमा पनि ‘तिम्रो लोग्ने खै’ भन्दै महिलाको स्वतन्त्र अस्तित्वलाई नकारिन्छ।

‘इडियट’ र ‘नेहा’ यस अर्थमा फरक छन्। यी कथामा महिला सशक्त देखिएका छन्। समग्रमा, यसलाई पनि महिलाको स्वतन्त्र अस्तित्वको खोजीको क्रममा थोरै सक्षम बनेका र धेरै त अझै पनि पुरातनपन्थी धारणाकै सिकार बन्दै छन् भनेर बुझ्नुपर्ने हुन्छ। अहिलेको यथार्थ यही हो।

‘इडियट’ नामक कथा पढ्दा अधिकांश पाठक मजस्तै ‘पज्जल’ हुन सक्छन्। तथापि दोहोर्‍याएर पढ्दा थाहा लाग्छ, आफ्नै सेक्रेटरीसँगको यौन सम्बन्धबाट विचलित युवक डिप्रेसनमा पुग्छ र बन्द व्यापार नै बिग्रिन्छ। तर जसलाई उसले पहिला ‘पार्टटाइम प्रेमिका भन्थ्यो’, जसलाई उसले काम दिएको थियो, उसले अथाह उन्नति गरेकी छे। कथाको नायकको नाम पंचम लेखिएको छ। यसबाट साँच्चै लेखकको आफ्नै कथा हो अथवा अरूको घटनालाई आफ्नो नाममा लेखेका हुन्, छुट्याउन गाह्रो पर्छ। यो उनै जानून्।

पंचमका कथामा प्रवासी जीवनका ऊहापोह र नोस्टाल्जिक भावनाले ओतप्रोत कथावस्तु छन्। तर समकालीन नेपाली डायस्पोरिक साहित्यमा जताततै ओल्टाइपल्टाई पाइने नोस्टाल्जिक रोइलोले भक्कानिने समस्या छैन उनको लेखनमा।

प्रवासी पंचमको कथा भन्ने शैली बेजोडकै लाग्छ। कथा पढ्न थालेपछि छोड्न मन लाग्दैन। कथा समसामयिक विषयमा केन्द्रित छन्। वास्तवमा, फकिर जुन घरमा जति समय बास बस्छ, त्यति समयका लागि उसको घर त्यही हो।

बेल्जियममा बसुन्जेल पंचम बेल्जियमकै हुन्। जब बेल्जियम छोडेर अन्यत्र जान्छन्, उनी पुगेको देशका हुन्छन्। ‘प्रवासी जहाँ जतिन्जेल बस्छ, त्यतिन्जेल उसको देश त्यही हो।’ यो कथन मलाई निकै मन पर्‍यो। लाग्छ, धेरै पाठकलाई मन पर्नेछ।
अर्को समाचार
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
०२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
देउरालीका प्रधानाध्यापकले गाए आफ्नै शब्द र संगीतमा ‘विद्यालय गान’
खाेटाङकाे देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक किशाेर केसीले आफ्नै शब्द र संगीतमा विद्यालय गान गाएका छन्। जिन्दगीको लामो हिस्सा देउराली विद्यालयमै बिताएका उनले सम्झनास्वरूप विद्यालयलाई उक्त गीत समर्पण गरेका हुन्।




विसं २०२५ सालमा जन्मिएका केसीले उक्त विद्यालयमा ४ कक्षादेखि पढेर २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्। २०५३ सालदेखि माध्यमिक शिक्षककाे रूपमा प्रवेश गरेका उनी विद्यालयकाे हुन्।

उनलाई गीत रेकर्डका लागि राम घिमिरे, डा. रामकृष्ण बाला, युवराज भट्टराई, ज्ञानबहादुर तामाङ र दिपेन्द्रकुमार अधिकारीले आर्थिक सहयाेग पुर्‍याएका छन्। उनकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे उक्त गीत स्टुडियाे किंग अनामनगरमा रेकर्ड भएको हाे।

उक्त गीत रेकर्डका लागि गीतकार राजा मावाे र म्युजिक एरेन्जरकाे रूपमा मनाेज स्याङ्साेन राईकाे भूमिका छ।

समाजसेवामा समर्पित गीतकार केसी कथा, कविता, गजल जस्ता साहित्यका विविधमा उत्तिकै कलम चलाउँछन्।

खाेटाङ, रावाबेंसी गाउँपालिकामा क्याम्पस १, मावि ७, आधारभूत (१-८) ५ र आधारभूत (१-५) १५ छन्। जसमध्ये देउराली माध्यमिक विद्यालयका   प्रधानाध्यापक हुन् गीतकार केसी।

द्वन्द्वकालमा दुवै पक्षको चेपारोमा परेर उनले आफूलाई 'बन्दी' उपनामकाे रूपमा चिनाएका छन्। शैक्षिक आन्दोलन उधारोमा स्थगन भएकाे र आंशिक उपलब्धि हुनेमा आशावादी उनले  शैक्षिक आन्दोलनकै क्रममा गीत रेकर्ड गराएका हुन्।

प्रधानाध्यापक / स्रष्टा किशाेर केसी
प्रधानाध्यापक केसीकाे विद्यालय गान यस्ताे रहेकाे छ,

देउराली तिमी ज्ञानकुञ्ज हौ तिमी आशापुञ्ज हौ

हाम्रो शुभकामना तिमीलाई लाख वन्दना तिमीलाई

लामो आयु होस् तिम्रो होहोहो।  (गीतकाे स्थायी)

मुटुभरि तिम्रो माया सँगालेर राखेका छौं,

तिम्रै शीतल छहारीमा रमाएर हाँसेका छौं।

कहिल्यै पनि छुट्ने छैन तिम्रो हाम्रो माया,

कहिल्यै पनि भुल्ने छैन तिम्रो शीतल छायाँ। (प्रथम अन्तरा)

जून जस्तो शीतल तिमी तिमी न्यानो घामजस्तो,

कति प्यारो तिमी हाम्रो भक्तजनको धामजस्तो।

कहिल्यै पनि टुट्ने छैन तिम्रो हाम्रो नाता,

हामी छोराछोरी तिमी सरस्वती माता। (द्वितीय अन्तरा)
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस