तीजले कलाकारलाई भ्याइनभ्याइ
१९ भदौ २०८१
•
३ मिनेट पाठ
तीजले कलाकारलाई भ्याइनभ्याइ
गाउँसहरमा तीज पर्वको रौनक छाइरहँदा कलाकार पनि बेफुर्सदिला बनेका छन्। गत असारदेखि तीज गीत सार्वजनिक गर्न उछिनपछिन गरेका कलाकारलाई अहिले देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ।




आयोजकले महिला कलाकारलाई मात्र नभएर पुरुष कलाकारलाई पनि तीजका कार्यक्रममा उत्तिकै महत्व दिएर निम्त्याउने गरेका छन्। कलाकारलाई तीव पर्व कमाइको माध्यम बन्ने गरेको छ। यो वर्ष तीन सयभन्दा बढी तीज गीत सार्वजनिक भए।

गायिका विष्णु माझीको ‘आइन आमा यो तीजमा...’ ले युट्युबमा सार्वजनिक भएको १० दिनमा (मङ्गलबार दिउँसोसम्ममा) एक करोड १३ लाखभन्दा बढी पटक सुनिएको÷हेरिएको छ। जुन यो वर्ष युट्युबमा सबैभन्दा बढी ‘भ्यूज’ पाएको तीज गीत हो।

एकातिर युट्युब ‘भ्यूज’ का आधारमा कलाकारले पैसा पाउँछन् भने अर्कातिर तीजका अवसरमा हुने मेला, उत्सव पनि कलाकारका लागि आयआर्जनको बाटो बन्ने गरेको छ। अन्य गीतलाई थाँती राखेर अधिकांश लोकगायक/गायिकाले यस समयमा तीज गीत सार्वजनिक गर्ने गरेका छन्। पछिल्लो समय विदेशमा रहेका नेपालीले पनि तीज पर्वलाई उल्लासका साथ मनाउने गर्छन्। नेपालबाट चल्तीका गायकगायिकालाई बोलाएर सँगसँगै नाच्नछन् अनि रमाउँछन्।

गायिका शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र कलाकार करिष्मा ढकाल तीजको मौका पारेर साङ्गीतिक यात्राका क्रममा यतिबेला अमेरिकामा छन्। झण्डै दुई महिने यात्राका क्रममा उनीहरुले अमेरिकाका २१ सहरमा तीज विशेष कार्यक्रम गर्ने तय भएको जनाइएको छ। अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत देशमा कलाकार तीज कार्यक्रममा सहभागी भइरहेका छन्। युरोप र अरब देशहरुमा रहेका नेपालीले पनि तीज पर्वमा विविध कार्यक्रम आयोजना गरेका छन्।

गायक दुर्गेश थापा गत साता अष्ट्रेलिया पुगेर फर्किए। यसपाली तीज गीत ‘बिच्चबिच्चमा–७’ सार्वजनिक गरेर चर्चामा आएका उनले एडिलेड र सिड्नीका दुई कार्यक्रममा प्रस्तुति दिएको सुनाए। ‘अहिलेको तीजमा विदेश र नेपालका केही सहरमा प्रस्तुति दिँदैछु’, उनले भने, ‘चाडपर्वका बेला कलाकारलाई पनि भ्याइनभ्याइ हुन्छ, अहिले कलाकार धानिने भनेकै यस्तै कार्यक्रमले हो।’

गायक थापाले यही २० गते बागलुङ र २१ गते तीजका दिन पोखराको लामाचौरमा हुने तीज महोत्सवमा प्रस्तुति दिनेछन्। गायिका समीक्षा अधिकारी, गायक रामजी खाँडलगायत कलाकार पनि तीज विशेष साङ्गीतिक कार्यक्रमका लागि यतिबेला जापानमा छन्। नागोया, फुकोआकालगायतका जापानका विभिन्न सहरमा आफूहरुको प्रस्तुति रहने गायिका अधिकारीले जानकारी दिइन्।

गायक श्रीकृष्ण बम मल्ल तीज विशेष कार्यक्रमका लागि बेलायत पुगेका छन्। गायिका लक्ष्मी मल्ल मल्लले यतिबेला हङकङमा छन्। गायिका कोमल वली, देवी घर्ती, गायक पशुपति शर्मालगायत कलाकारले पनि तीजका अवसरमा अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिइरहेका छन्। विदेश जान नपाएका कलाकार स्वदेशकै विभिन्न ठाउँका कार्यक्रममा पुगिरहेका छन्।

बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले जापानमा रहेका नेपाली सङ्घसंस्थाले दिदीबहिनीहरु बोलाएर दर खाने, शुभकामना आदानप्रदानसहित तीज पर्व मनाउने गरेको बताए।

‘नेपाली बस्ने अधिकांश सहरमा तीजको कार्यक्रम हुन्छ, नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रम गर्ने क्रम पनि पछिल्लो समय बढ्दो छ’, उनले भने, ‘प्रवासमा रहेका महिलालाई तीज पर्वको न्यास्रो नलागोस् भनेर भनेर यस्ता कार्यक्रम गर्ने गरिएको छ।’ रासस
अर्को समाचार
एलिना र समीक्षासँग प्रकाश सपुत तिज गीत आउँदै: ‘नाइँ भनेसि नाइँ’
०३ साउन २०८२
•
१ मिनेट पाठ
एलिना र समीक्षासँग प्रकाश सपुत तिज गीत आउँदै: ‘नाइँ भनेसि नाइँ’
चर्चित गायक प्रकाश सपुतले यस वर्ष ‘नाइँ भनेसि नाइँ’ बोलको तिज गीत ल्याउने भएका छन्। शनिबार फेसबुक पेजमा पोस्टर सार्वजनिक गरेर प्रकाशले आफ्नो गीत आउनेबारे जानकारी दिएका छन्। 




‘प्रिय प्रकाश, गीत संगीत नै तिम्रो जरा हो । र, यसमार्फत कथा भन्नु तिम्रो विशेषता !,’ प्रकाश सपुतले शुभेच्छुकले आफूलाई गरेको सम्बोधन उल्लेख गर्दै फेसबुकमा लेखेका छन्, ‘हाँगा फैलिनु राम्रो हो तर, जरासँग जोडिनुपर्छ र विशेषतालाई छोड्नुहुन्न है ।’ 

त्यसपछि उनले लेखेका छन्, ‘धेरै शुभेच्छुकहरूको यो सुझावलाई मनन गर्दै यसपालि तिजमा ‘नाइँ भनेसि नाइँ’मार्फत एउटा आवाजÞ लिएर आउँदै छौँ । आवाजमा आवाज मिसाउन तयार हुनुहोस् है त ।’ 

‘गलबन्दी प्रोडक्सन’को ब्यानरमा राखिएको पोस्टरमा चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानको पनि नाम उल्लेख छ। 

गीतको बोल र सार्वजनिक पोस्टरका आधारमा उक्त तिज गीत लैङ्गिक हिंसा विरुद्धको आवाजका रूपमा आउने बुझ्न सकिन्छ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस