लिटरेचर फेस्टिभलको दसौँ संस्करण आउँदो साता
०२ पौष २०७९
•
२ मिनेट पाठ
लिटरेचर फेस्टिभलको दसौँ संस्करण आउँदो साता
पोखरामा हुने लिटरेचर फेस्टिबलबारे जानकारी दिन शनिबार आयोजित पत्रकार भेटघाट। तस्बिरः नागरिक
नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करण आगामी बुधवार देखी पोखरामा सुरु हँदैछ। पुस ११ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत प्रवचन हुनेछ। वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन्।  




बुकवर्म फाउन्डेसनले आयोजना गरेको यो फेस्टिभलमा देश र विदेशका गरी करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्ति सहभागी रहने फेस्टिभलका निर्देशक नीरज भारीले बताए। उनका अनुसार फेस्टिभलमा ५० भन्दा बढी सेसन सहित साङ्गीतिक साँझ आयोजना हुनेछन्। दैनिक हजारौँ साहित्यानुरागी यो फेस्टिभलमा सहभागी हुने उनको भनाई छ । पोखराको बाराहीघाटस्थित खुला मैदानमा यो फेस्टिभल संचालन हुनेछ।  

यस वर्षको फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय व्यक्ति सहभागी हुने भारीले बताए।  

त्यसैगरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान् कोइराला, मास्टरसेफ सन्तोष साह, लगायतका सहभागी हुनेछन्। त्यस्तै फरक क्षमता भई अब्बल रहेका व्यक्ति  तथा गोरखा, दार्चुला, मनाङका स्थानीय जनप्रतिनिधि पनि उपस्थित हुनेछन।  फेस्टिभलको पूर्व सन्ध्यामा नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहनेछ। हरेक दिन साङ्गीतिक प्रस्तुति रहने पनि भारीले बताए। 

‘शब्द शक्ति उत्सवको एक दशक’ नारा रहेको दसौँ संस्करणले पोखराको पहिचानलाई थप फराकिलो बनाउने फेस्टिभलकी सह निर्देशक सुजाता खत्रीले बताईन। कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष यो फेस्टिभल हुन पाएको थिए।

फेस्टिभलमा हुने सामाजिक बहस र विमर्सले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जबाफदेही बन्न सघाउने भारीले बताए। सचेत समाज निर्माणमा पनि यसले भूमिका खेल्ने उनको भनाई छ। ‘समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुर्‍याउने अपेक्षा छ,’ उनले भने, ‘फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएको छ।’ ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्,’ भन्ने नाराका साथ सुरु भएको यो फेस्टिभलले कला, साहित्यको मात्र नभई विचार निर्माण र समाजाको आलोचनात्मक चेतलाई समेत उचाइ दिने आयोजकको भनाई छ।

पोखराको यो फेस्टिभलमा पूर्व प्रधानमन्त्री ओलीसँग राजनीति बाहिरको जीवनबारे बहस चल्नेछ। त्यस्तै अर्थशास्त्रीहरूसँग भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र,बारहे बहस हुनेछ । खेलकुद, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भूमि र आकाश, के राजनीति हाम्रो समाज जस्तो छ?  लगायतका विषयमा विज्ञहरूसँग छलफल हुने आयोजकले बताएको छ।  
अर्को समाचार
काई बर्ड भन्छन्ः हामी निकै खतरनाक समयमा बाँचिरहेका छौं’
०५ फागुन २०८०
•
२ मिनेट पाठ
काई बर्ड भन्छन्ः हामी निकै खतरनाक समयमा बाँचिरहेका छौं’
पोखरा फेवाताल किनारमा शनिबार छलफल गर्दै काई बर्ड र कुन्द दीक्षित। तस्बिरः नागरिक
दुई शक्तिशाली राष्ट्रबिचमा छ नेपाल। विश्व अर्थतन्त्रमा शक्तिशाली हैसियत राख्ने मुलुक भारत र चीन बीचमा रहेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ‘ओपेनहाइमर’ नेपाल जस्ता देशका लागि निकै नै सान्दर्भिक छ।




फेवाताल किनारमा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्ड पनि छलफलमा जुटे। ‘बेष्टसेलरदेखि ब्लकबाष्टरः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्ड पत्रकार कुन्दन दीक्षितसँग गफिए।

बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपेनहाइमर’ सैद्धान्तिक भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो। 

सत्र बर्डको पुस्तकमा आधारित क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ का विभिन्न पक्षमा घुम्यो। पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकताबारे प्रकाश पारेका थिए।

काई बर्ड भन्छन्, ‘तपाई (नेपाल) का छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन्। अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इंग्ल्याण्ड जस्ता देशसँग खतरनाक हतियार छन्। हामी अहिले धेरै नै खतरनाक समयमा बाँचिरहेका छौं।’

कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा परिवर्तन हुँदाका कुरा पनि साझा गरे। संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए। बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो। इतिहास देखाउने पुस्तकलाई चलचित्रमा ढालेकोमा बर्डले क्रिस्टोफर नोलनप्रति कृतज्ञता देखाए।

‘म क्रिस्टोफर नोलनलाई चलचित्र बनाएर यस्तो महत्त्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनु भएकोमा आभारी छु,’ उनले थपे। उनले मार्टिन जे शेरविन द्वारा सह–लेखक पुस्तकमा उनी कसरी संलग्न भए भनेर पनि बताए। ‘सेर्विनले सन् १९८० मा पुस्तक सुरु गरे र २० वर्ष अनुसन्धानमा बिताए। त्यसपछि उहाँ मसँग आउनुभयो र मलाई सामेल हुन भन्नुभयो,’ बर्डले सम्झिए।

यसबाहेक उनले रोबर्ट ओपेनहाइमरको साहित्यप्रतिको प्रेमको बारेमा कुराकानी गरे। ‘उनलाई टीएसको कविता मन पर्‍यो। इलियट, जोन डोन। उनले अर्नेस्ट हेमिङ्वेका उपन्यासको प्रशंसा गरे,’बर्डले भने।

रोबर्टले गीता पढ्नका लागि संस्कृत भाषाको सिकेको विषय पनि त्यही क्रममा साटे। १९३० को दशकमा उनी हिन्दु धर्मग्रन्थको विषयमा जिज्ञासु भए। श्रीमद्भगवद्गीतालाई मूल लिपिमा अध्ययन गर्नका लागि उनले संस्कृत सिकेका थिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस