छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ,
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ,
वास्ना त तिमीले चपाएको चुइगम हो,
तीतो हुँदै जान्छ, एकछिन चपाइरहनुपर्छ।
प्रस्तुत सेयर हुन्, गजलकार प्रदीप रोदनका। सोमबार सराङकोटमा आयोजित आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करणको शुभारम्भ साँझमा रोदनले गजल वाचन गरेर फेस्टिभलको माहोल तताउँदै थिए। शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो।
नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका गजलकार रोदनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक तथा समसामयिक विषयका १० भन्दा बढी गजल सुनाएका थिए। कार्यक्रममा र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरूको प्रयास रहेको बताए।
‘पोखरा माछापुच्छ्रेले चिनिन्छ, फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले चिनिन थालेको छ। फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने हो।’फेस्टिभलको यस संस्करणमा १५ भन्दा बढी सेसन र करिब ५० जना वक्ता छन्। भर्चुअल रूपमा गरिने भएकाले यस पटक दर्शकको उपस्थिति हुने छैन।
फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल तथा फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुनेछन्। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ आयोजित फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ।