सकियो मतगणनाः इलामका पाँच पालिकामा एमाले, चारमा कांग्रेस र एउटामा नेकपा (एस) विजयी
०७ जेष्ठ २०७९
•
३ मिनेट पाठ
सकियो मतगणनाः इलामका पाँच पालिकामा एमाले, चारमा कांग्रेस र एउटामा नेकपा (एस) विजयी
इलामका १० वटै पालिकाको मतगणना सकिएको छ। ४ नगर र ६ गाउँपालिकाका ८१ वटै वडाको मतगणना आज (शनिबार) बिहान सकिएको हो।  




अन्तिम परिणामअनुसार १० पालिकामध्ये ५ वटामा नेकपा (एमाले), ४ मा नेपाली कांग्रेस र एउटामा नेकपा (एकीकृत) समाजवादी प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन्। एमालेले ५ उपप्रमुख/उपाध्यक्ष जितेको छ भने कांग्रेसले ३ तथा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले १/१ ठाउँमा जितेका छन्।  

एमालेले माई नगरपालिकामा मेयर/उपमेयर दुवैमा बाजी मारेको छ । मेयरमा खम्बासिंह लिम्बू ८ हजार १ सय ३२ मतसहित विजयी बने। नेकपा (माओवादी केन्द्र)का धनराज लिम्बूले ६ हजार ५ सय १५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी  हिमा भण्डारी ७ हजार ८ सय ७५ मतसहित विजयी हुँदा कांग्रेसका हेमबहादुर लिम्बूूले ६ हजार ३ सय ३६ मत ल्याए।  

देउमाई नगरपालिकाको मेयरमा एमालेले दुवै पद जितेको छ। एमालेका सूर्य पोख्रेल ८ हजार ६ सय ९५ मतसहित मेयरमा विजयी बने। कांग्रेसका  होम दुलालले ७ हजार ६ सय २२ मत ल्याए। उपमेयरमा एमालेकी पविमाया राई ८ हजार ५ सय ६३ मतसहित विजयी भइन्। माओवादीका राम राईले ५ हजार ७ सय ६५ मत ल्याए।

फाकफोथुम गाउँपालिकामा एमालेका अध्यक्ष/उपाध्यक्ष दुवै विजयी भए। अध्यक्षमा एमालेका दीपेन्द्र खनाल ५ हजार ३ सय २२ मत ल्याएर विजयी हुँदा कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी कल्पना राईले ५ हजार १ सय ५८ मत ल्याउँदा माओवादीका कुलबहादुर राई बान्तवाले ४ हजा १ सय ७४ मत ल्याएका छन्।

माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हेमन्त राई विजयी भए। राईले ३ हजार ८ सय १८ मत ल्याउँदा कांग्रेसका डिकेन्द्र इदिंगोले ३ हजार ४ सय ९५ मत ल्याएका छन्। उपाध्यक्षमा जसपाका विनोद नेम्बाङ निर्वाचित भए। उनले ३ हजार ७ सय २९ मत ल्याउँदा एमालेकी सुनिता सुब्बाले ३ हजार ४६ मत ल्याएकी छिन्।

माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका कुशबहादुर थेबे विजयी भएका छन्। थेबेले ५ हजार १ सय ३५ मत ल्याए। नेकपा (एस)का जितबहादुर राईले ४ हजार ९ सय १३ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकी प्रविना राई ५ हजार १ सय ५९ मतसहित विजयी बनिन्। एमालेकी सावित्रा भट्टराईले ४ हजार ८ सय ८३ मत ल्याएकी छिन्।  

इलाम नगरपालिकाको मेयरमा कांग्रेसका केदार थापा विजयी भए। उनले १३ हजार १ सय ६५ मत ल्याउँदा एमालेका धीरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी विष्णुकुमारी लिम्बू १३ हजार ५ सय ८२ मत ल्याएर विजयी भइन् । एमालेकी सीता रिजालले १० हजार ८८ मत ल्याएकी छिन्।  

रोङ गाउँपालिकामा कांग्रेसका मनीकुमार स्याङ्बो ४ हजार ६ सय ७९ मतसहित विजयी भए। एमालेका मेहेरमान तामाङले ४ हजार ३ सय २२ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी विष्णुुमाया भुजेल ४ हजार ६ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसकी कल्पना भण्डारी खनालले ४ हजार १ सय ९७ मत ल्याएकी छिन्।  

चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ ६ हजार ६ सय ५० मतसहित विजयी भए। एमालेका  ओमनारायण खनालले ३ हजार ३ सय ५५ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेकी दिलकुमारी लावती ४ हजार ४ सय ५० मतसहित विजयी हुँदा माओवादीका शुक्रबहादुर लावतीले ३ हजार ४ सय ४२ मत ल्याएका छन्।  

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका  तुलाराम गुरुङ  ४ हजार २ सय २३ मतसहित विजयी बने। एमालेका उदयबहादुर राईले ३ हजार २ सय ५८ मत ल्याएका छन्। उपाध्यक्षमा नेकपा (एस)का  हरि लुंगेली ३ हजार ६ सय ३७ मत ल्याएर विजयी हुँदा एमालेकी तुलसा सेढाईं ढकालले २ हजार ९ सय ८६ मत ल्याइन्।  

सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एस)का रणबहादुर राई १२ हजार ४ सय ३१ मतसहित विजयी भए। एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मत ल्याएर विजयी भए। एमालेकी दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छिन्।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस