डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी
०१ जेष्ठ २०७९
•
१ मिनेट पाठ
डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी
डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नौ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो।




निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भैरवबहादुर साउदले दुई हजार ३४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन्। गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी )का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेकी छन्।  

यसैगरी वडा नं १ बाट वडा अध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन्।
अर्को समाचार
सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
०५ जेष्ठ २०७९
•
१ मिनेट पाठ
सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्।




खानले ९ हजार १३४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका मेयरका उम्मेदवार सागरप्रताप राणाले ८ हजार १३७ मत ल्याएका छन्। यो नगरमा नेकपा एमाले तेस्रो भएको छ। एमालेका मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३०५ मत पाए।

उपमेयरमा भने नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भइन्। अधिकारीले ८ हजार ८१३ मत ल्याई उपमेयरमा विजयी भएकी हुन्। निकटम प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी कमला थापाले जम्मा ४ हजार ५४२ मत पाइन्। १३ वटा वडा रहेको सिद्धार्थनगरमा ५ वटा वडा नेपाली काँग्रेसले,४ वटा वडा एमालेले, ३ वटा वडामा राप्रपाले र एउटा वडामा जसपा विजयी भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

सिद्धार्थनगर १ को अध्यक्षमा जसपाका उज्ज्वल पोखरेल विजयी भएका छन्। राप्रकाबाट वडा नं. २ को अध्यक्षमा छेदिलाल श्रीवास्तव,३ को अध्यक्षमा नारायण शर्मा उपाध्याय र ४ को अध्यक्षमा मुक्तिनाथ यादव विजयी भएका छन्। नेपाली काँग्रेसबाट  ५ को अध्यक्षमा पुरनप्रसाद श्रेष्ठ,६ को अध्यक्षमा वीरेन्द्र श्रीवास्तव,७ को अध्यक्षमा दामोदर शर्मा घिमिरे,८ को अध्यक्षमा राजनजंग राणा र १३ को अध्यक्षमा सोमबहादुर गुरुङ विजयी भएका छन्।

एमालेबाट वडा नं.९को अध्यक्षमा शेषकान्त भण्डारी,१० को अध्यक्षमा सुर्जमन अहिर यादव,११ को अध्यक्षमा दिलिपकुमार यादव र १२ को अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस