ग्यालेक्सी एस २४ सिरिज लन्च भएसँगै ग्यालेक्सी एआईको नयाँ युग सुरु भएको छ।
सन् २०२५ को भ्यालेन्टाइन सिजनमा, सामसङ नेपालले नयाँ ग्यालेक्सी जेड सिरिजको फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनमा अफर दिने भएको छ। सामसङले ती मोबाएलको मूल्य घटाउनुका साथै बोनस फ्री गिफ्टको अफरसमेत सार्वजनिक गरेको छ ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) आफ्नो प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहने ग्राहकहरुले सो खरिदमा २५,०० सम्मको छुट पाउने कम्पनीको भनाइ छ ।
यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५,४९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५,४९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने छन्।
साथै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०५ ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिनेछ । यसरी फोन खरिद गर्न नागरिकता अनिवार्य चाहिने छ।
स्मार्टफोन ब्रान्ड सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजमा नयाँ ‘ग्यालेक्सी एम३६ ५जी’ ल्याएको छ । यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सिरिन ग्रिन रङमा नेपालभरिका आधिकारिक रिटेल स्टोरहरूमा ८ साउनदेखि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।
यो स्मार्टफोन ८ जीबी र १२८ जीबी क्षमता तथा ८ जीबी र २५६ जीबी क्षमता गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३६ हजार ९ सय ९९ र ४१ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी एम३६ ५जीका विशेषता
एआई इनोभेसन
गुगलसँगको सर्कल टु टच र जेमिनी लाइभ जस्ता फिचर फिचर मार्फत यो स्मार्टफोनले एआईलाई अझ नजिक ल्याउँछ । चाहे तस्वीर चिन्ने होस् वा एआई एसिस्टेन्टसँग लाइभ कुराकानी, सबै काम सहज र इन्ट्युटिभ हुनेछ ।
मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल
७.७ मिलिमिटर पातलो यो फोन कर्निङ गोरिल्ला ग्लास भिक्टस प्लसबाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ । ६.७ इन्चको एपफएचडी प्लस सुपर एमोलेड स्लिमबेजल डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र भिजन बुस्टर टेक्नोलोजी सहित घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ ।
सानदार क्यामेरा क्षमता
५०एमपी ओआईएस ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्वीर खिच्छ । अटो नाइट मोड र नाइट फोटोग्राफी फिचर छन् । अगाडि र पछाडि दुवै क्यामेरामा फोरके भिडियो रेकर्डिङ सपोर्ट, साथै फोटो रिमास्टर र अब्जेक्ट इरेजर जस्ता एडिट टुलहरू पनि उपलब्ध छन् ।
मन्स्टर पर्फर्मेन्स
एक्जिनस १३८० (५एनएम) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ । भेपोर कुलिङ चेम्बरले ओभरहिट हुन दिँदैन । ५०००एएच ब्याट्री र २५ वाट फास्ट चार्जिङले पूरै दिन पावर दिन्छ ।
दिगो सफ्टवेयर र सुरक्षा
६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेसनसम्मको एन्ड्रोइड अपग्रेड ग्यारेन्टीसाथ ग्यालेक्सी एम३६ ५जी लामो समय टिक्ने स्मार्टफोन हो । वान यूआई ७ मा चल्ने यसमा क्लिनर होम स्क्रिन, अपडेटेड विगेट्स र नाउ बार जस्ता नयाँ फिचर छन् । त्यस्तै सामसङ नक्स भल्ट मार्फत डेटा सुरक्षित राखिन्छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...