कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना
२९ असोज २०८२
•
४ मिनेट पाठ
कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना
घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत बसन्तमा असोज २४ गते शुक्रवार राती ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वाड नं ८ स्थित जरै मा २८ वर्षीय युवक केशर बहादुर बुढाको बीभत्स हत्या गरेर १९ वर्षीय बल बहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री टाउको बोकेर प्रहरी पोस्टमा पुगेका थिए।




चिनजान पनि नभएका युवकलाई सामान्य विवादमा टाउको नै छिनालेर उनीहरूले हत्या गरे। टाउको बोकेर प्रहरीमा पुगेका ती दुई अभियुक्तलाई हत्या कस्को गरेका हौँ भनेर जानकारी समेत नभएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले बताए।  पछि मृतकको मोबाइलको नम्बर हेरेपछि सनाखत हुन सकेको थियो ।

मोहन्याल गाउँपालिका सँग सिमाना जोडिएको घोडाघोडी नगरपालिका वडा नं ८ जरै बस्तीमा रहेको खाजा पसलमा मदिरा खाने वेला भेट भएका केशरलाई उनीहरूले बीभत्स हत्या गरेका हुन।

गाली गरेको निहुँमा ती  दुई जनाले हान्दा ती युवक नालीमा ढले । नालीमा ढलेपछि वल बहादुर करिब १ सय मिटरको दुरीमा रहेको घर गएर हँसिया ल्याएर आई केशरको टाउको छिनालेको थियो ।

वाँखी शरीर घटनास्थलमै छोडेर टाउको बोकेर विक र बुढा प्रहरी पोस्ट पुगेका थिए । घटनास्थलबाट करिब आधा घण्टा हिँडेर अभियुक्त प्रहरी पोस्ट पुगेका थिए ।

कैलाली गोदावरी नगरपालिका वडा नं १० खमौरामा ३५ वर्षीय शेरबहादुर चौधरी राती घरमा सुतिरहेका थिए । असोज २४गतेको बिहान २ बजेतिर लोकेन्द्र मल्ल र उनका भाइ विकास मल्ल आएर ज्यान मार्ने भन्दै भित्र प्रवेश गर्न ढोका फोड्न थाले।  

ज्यान मार्ने भन्दै राती आएर ढोका फोड्न थालेपछि डरले चौधरी पछाडिको ढोका वाट भागेर निस्के। भागेको चौधरीको शव दिउसो घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको प्रहरीले बताएको छ।  

मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक रण बहादुर चन्दले बताए। पोस्टमार्टमको रिपोट आईनसकेकोले र  घटना अनुसन्धान भइरहेको उनले बताए। मृतका आफन्तले चौधरीलाई लखेटी लखेटी हत्या गरेको भन्दै दुवै जना मल्लका विरुद्ध किटानी उजुरी दिएका छन्। ज्यानमार्ने धम्की सहित ढोका तोडफोड गरेको भन्दै राती नै दुवै जनालाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए। अघिल्लो दिन दोहोरीमा भएको सामान्य विवादलाई लिएर उनको घरमा आक्रमण गरिएको बुझिएको छ।

कैलाली गोदावरी नगरपालिका ४ स्थित शुभम् होटेलमा आइतबार राती युवाहरूको एक समूह प्रवेश गरेर डडेलधुरा नवदुर्गा गाउँपालिका वडा नं १ का ३२ वर्षीय गौरव ऐर माथि चक्कु प्रहार ग¥यो। टाउको, हात लगायतमा चक्कु लागेका ऐरलाई अवस्था गंभिर भएकोले उपचारार्थ भारतको रुद्रपुर लगिएको छ। उनलाई चक्कु प्रहार गर्ने ११ जना लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक चन्दले बताए। भारत तर्फ भाग्न लागेका उनीहरूलाई सोमवार राती कैलाली त्रिनगर सीमा नजिक बाट पक्राउ गरिएको उनले बताए।

‘कोव्रा सरकार’ नामक ग्याङका सन्नी नेपाली सहितका ११ जना पक्राउ परेको बुझिएको छ। यस अघि यही समूहका युवाले गत वर्ष अत्तरिया बिद्युत प्राधिकरणका कर्मचारी माथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारमा संलग्न नेपाली फरार रहेका थिए।  भने प्रविन शाही पक्राउ परेका थिए। फरार अवस्थामा रहेका नेपालीको समूहले फेरी अर्को घटना गरेको प्रहरीले बताएको छ।  

कैलालीमा पछिल्लो एक साता यता घटेका यी ३ त्रासदीपूर्ण घटना हुन। श्रृखलाबद्ध रूपमा अपराधका घटना बढेपछि स्थानीय त्रसित बनेका छन्।  

घरमा सुतिरहेको व्यक्ती ज्यान बचाउन भाग्नुपर्ने, घरबाट नजिकै पसलमा खाजा खान गएको व्यक्तिको टाउको छिनालीनु, होटेलमा बसेका वेला १०, १५ जनाको समूहले खुकुरी प्रहार गर्नु जस्ता एक पछि अर्को अपराधका घटनाले समाजमा त्रास छाएको स्थानीयको भनाई छ।

कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्।  

कारागार बाट सजिलै कैदी भागेर समुदायमा आउन पाएकाले अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिको मनोबल बढेर अपराधका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजबहादुर सिंह कारागार बाट भागेर फरार रहेका कैदी बाट अहिले सम्म कैलालीमा अपराधका घटना नघटेको बताए । तर पनि कारागार बाट भागेका कैदी बाहिर भएकाले अपराध गर्ने अन्य व्यक्तिको मनोबल बढेको हुन सक्ने उनले बताए।
अर्को समाचार
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
४ घण्टा अघि
•
१ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
ताप्लेजुङ। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।




कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार भएका दुई महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाबमोजित दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन्।

डाका मुद्दाका दोषी सांकेतिक नाम (ङ) पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिए। उनका अनुसार सांकेतिक नाम (ङ) लाई ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै अभद्र व्यवहार मुद्दाका दोषी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिलन/धनबहादुर भनिने फुर्वा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई २२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी सिरिजंघा गाउँपालिका–७ की सुनिता लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। लिम्बूलाई एक वर्ष कैद र ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३ सय ४७ रुपैयाँ जरिवाना हुने फैसलापछि फरार रहेकी सिरिजंघा गाउँपालिका–७ कै सुनिता लिम्बू पक्राउ परेकी छन्। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ज्वाइँ भनिने पूर्णकुमार हेल्लोक लिम्बू पनि पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएका हेल्लोक लिम्बू पक्राउ परेका हुन्।

फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा ताप्लेजुङ र झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फक्राउ परेका व्यक्तिहरू विभिन्न मुद्दामा दोषी ठहर भई आठ वर्ष, सात वर्ष, पाँच वर्ष र कोही एक वर्षदेखि फरार रहेका थिए।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस