नेपालमा अवैध तरीकाले उत्पादित गाँजा भारततिर तस्करी भइरहेका बेला थाइल्याण्डको गाँजा भारतीय नागरिक मार्फत काठमाडौं आइरहेको छ।
उच्च गुणस्तरको भन्दै थाइल्याण्डका विभिन्न भागमा उत्पादित गाँजा नेपाल आएको हो। यसरी आउने गाँजा धेरैजसो भारतीय नागरिकले ल्याउने गरेका छन्।
लागु औषध नियन्त्रण ब्युरोले दिएको जानकारी अनुसार विगत एक महिनामा ८ जना भारतीय नागरिक थाइल्याण्डबाट नेपाल आउँदा गाँजासहित पक्राउ परेका थिए।
प्रहरीका अनुसार एक वर्षमा ७ महिलासहित ४५ जनालाई ब्युरोले मुद्दा नै चलाइसकेको छ। ‘भारतीय नागरिकहरूले गाँजा ल्याएर आएको फेला परेपछि उनीहरुलाई मुद्दा चलाइएको छ’, ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
थाइल्याण्डबाट ल्याइएको गाँजा नेपाल हुँदै स्थालमार्गबाट भारततर्फ लैजान लागिएको अवस्थामा बरामद भएको छ।
‘थाइल्याण्डबाट नेपाल ल्याएर स्थल मार्ग हुँदै भारतका विभिन्न स्थानमा पुर्याउने गरेको अनुसन्धानबाट खुलेको छ’, एसएसपी कोइरालाले भने।
उनका अनुसार वर्ष यता थाइल्यान्डबाट हवाई रूट हुँदै भारतीय र थाई नागरिकले ल्याएको २ सय किलोभन्दा बढी गाँजा विमानस्थलबाट बरामद गरिएको छ।
ब्युरोले दिएको जानकारी अनुसार असार २१ गते भारतीय नागरिक बसीर थाइल्यान्डबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए।
बसीरको सुटकेसमा २ किलो गाँजा बरामद भएको थियो। सोही दिन थाई नागरिक मिस श्रविन पनि विमानस्थलमै पक्राउ परिन्।
उनको लगेजमा पनि पाँच किलो २ सय ग्राम गाँजा थियो। त्यसभन्दा अघि ८ जेठमा २ जान भारतीय नागरिक विमानस्थल सुरक्षा जाँच गरेर बाहिर आउँदै गर्दा पक्राउ परे।
कपिल भारद्वाज र उनका सहयोगी पवन भन्ने पक्राउ पर्दा साथमा गाँजा पनि थियो। कपिलको सुटकेश सुरक्षा जाँचबाट बाहिरी सक्दा पवनचाहिँ सुटकेश जाँच गरिरहेका थिए।
सुरक्षाकर्मीले पवनको सुटकेसबाट ९ किलो गाँजा भेटिएको थियो। उनलाई त्यो गाँजा दिने व्यक्ति पनि भारतीय नागरिक नै थिए।
भारतको हिमानचलमा प्रदेशमा औषधी उद्योग सञ्चालन गरिरहेका अमरजित सिंहले थाइल्याण्डबाट गाँजा पठाएका थिए। त्यसबापत कपिल एक लाख र पवनले १५ हजार रुपैयाँ पाउँथे। ब्युरो प्रमुख कोइरालाका अनुसार उनीहरूको नेपालमा मदिरा पसल पनि रहेको छ।
चुच्चे पाटीमा मदिरा पसल चलाइरहेका अमरजित सिंह र कपिल भारद्वाज दुवै बैंकक पुगेर गाँजा ल्याएको देखिन्छ। तर अमरजित सिंह भने नेपालमा पक्राउ परेका होइनन्। उनलाई भने ब्युरोले नेपाल ल्याएको हो।
कपिल श्रीमतीले आफ्नो श्रीमान् निर्दोष रहेको यो सबै काम अमरजित सिंहले गरेको जनाएपछि उनलाई नेपाल झिकाइएको हो। अहिले उनीहरु तीन जनालाई ब्युरोले थप अनुसन्धान गरिरहेको छ।
गाँजा तस्करीमा भारतीयको संलग्नताले भेटिएपछि नेपाल प्रहरी भने झस्किएको छ। उनीहरु मध्ये एक जना चार पटकसम्म तस्करीमा संलग्न रहेको खुलेको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट शृङ्खलाबद्ध रूपमा लागू औषध ओसारपसार हुनुले विमानस्थलको सुरक्षामा पनि प्रश्न उठाइरहेको छ।
गाँजाको खेती, बिक्री तथा सेवनलाई वैधता दिएको एसियाको एक मात्र देश थाइल्यान्ड भएकाले पनि त्यहाँबाट सहजै खरिद गरेर नेपालको रुट प्रयोग गरेको हुनसक्ने प्रहरीको आङ्कलन छ।
गत ५ कात्तिकमा थाई महिला सोमरुदी होवाङलाई प्रहरीले विमानस्थलबाट पाँच केजी गाँजासहित पक्राउ परेकी थिइन। सो गाँजा लिन गएका नेपालका प्रेम शाह पनि पक्राउ परेका थिए।
त्यसपछि थाइल्यान्डबाटै आएका भारतीय नागरिक तिलकप्रसाद शर्मा पाँच केजी नौ सय ग्राम गाँजासहित ६ कात्तिकमा पक्राउ परेका थिए। उनीहरुले भारत लैजानका लागि नेपाललाई ट्रान्जिट बनाएको हुनसक्ने ब्युरो प्रमुख कोइरालाको आशंका छ।
२०२२ को जुनदेखि थाइल्यान्ड सरकारले गाँजा बिक्री तथा सेवनलाई वैधानिक बनाइएको थियो । पर्यटकलाई लक्षित गरी यसरी गाँजा बिक्रीलाई वैधानिकता दिएपछि अन्य देशमा तस्करी पनि सहज भएको प्रहरीको दाबी छ।
नेपालमा उत्पादन हुने गाँजा र चरेस पनि विश्वका विभिन्न देशमा तस्करी हुने गरेको छ। थाइल्यान्डमा उत्पादन हुने गाँजा गुणस्तरीय भएकाले नेपाल र भारतमा तस्करी हुन गरेको प्रहरी अधिकारीको दाबी छ।
थाइल्यान्डमा गाँजा खेती वैधानिक भएकाले त्यहाँ उच्च रसायन हुने गरी खेती हुने भएकाले त्यसको माग बढी हुने गरेको छ।