वैदेशिक रोजगारीमा युरोपेली मुलुक सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्साको प्रसौनी गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरेको जनाएको छ।
सोनारले सर्बिया लैजाने भन्दै १० लाख लिएर लामो समय सम्पर्क लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै दुई जना पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ। त्यही जाहेरीका आधारमा सोनारलाई पक्राउ गरेको भनेको छ।
पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ।