१२ को परीक्षा मोडेल तयार गर्दै बोर्ड
१८ भदौ २०७७
•
२ मिनेट पाठ
१२ को परीक्षा मोडेल तयार गर्दै बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा विद्यालयमै होमसेन्टर कायम गरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। पाँच महिनाअघि कोरोना महामारीको जोखिमका कारण स्थगित १२ को परीक्षा सञ्चालनबारे बोर्डले सरोकारवालासँग पटकपटक छलफल गरी परीक्षा सञ्चालनका विभिन्न विकल्पबारे सुझाव संकलनसमेत गरेको छ।  

‘बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले माध्यमिक तह कक्षा १२ का मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरू परीक्षार्थी रहेकाले अनलाइन परीक्षा सञ्चालन गर्न सम्भव नभएको बताउँदै बोर्डले होमसेन्टर, उपकेन्द्र तथा ओपन बुक परीक्षा प्रणालीका मोडलहरूसहितको उपयुक्त प्रस्ताव अघि सारेको बताए।  

‘सरोकारवालसँग छलफल हुँदा नेपालको भौगोलिक अवस्थाका कारण अनलाइन सबैको पहुँचमा नहुने भएकाले यो माध्यमबाट परीक्षा गर्न नसकिने सुझाव आयो,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘चार हजार बढी कक्षा ११ र १२ पढाउने विद्यालय छन्। ४ लाख ३२ हजार विद्यार्थीका लागि होमसेन्टरबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त देखिएको छ।’ उनले थपे, ‘यसै साता परीक्षा सञ्चालनबारे मोडलहरूको सुझावसहित प्रतिवेदन बोर्डले शिक्षा मन्त्रालयमा बुझाउने तय भएको छ।’ यसका साथै उनले बोर्डले परीक्षाका नयाँ प्रणालीबारे समेत छलफल गरिरहेको बताए। उनले २०७२ सालमा महाभूकम्पको समयमा चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिए जस्तै कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्ने प्रस्ताव तयार भइरहेको जनाए।  

‘जुन जिल्लामा कोरोनाको जोखिम छैन, ती जिल्लामा भने हाललाई परीक्षा सञ्चालन गर्ने र जोखिम बढी भएका ठाउँमा स्थिति सामान्य भएपछि मात्र गर्ने गरी दुई चरणमा परीक्षा सञ्चालन गर्ने बोर्डले प्रस्ताव गर्ने छ,’ उनले भने, ‘ढिलोमा मंसिरसम्म परीक्षा सक्ने बोर्डको तयारी भइरहेको छ।’ कक्षा ११ को परीक्षाको सम्पूर्ण अधिकार यसअघि नै विद्यालयलाई दिइएको छ। ‘कक्षा ९ जस्तै कक्षा ११को परीक्षा विद्यालयले परिस्थिति सहज भएपछि लिने छ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को परीक्षापछि विश्वविद्यालय प्रवेश हुने भएकाले भौतिक उपस्थितिकै आधारमा सञ्चालन हुन्छ।’

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले पाँच महिनाअघि नै परीक्षा सञ्चालनका सबै तयारी गरिसकेकाले अब परिस्थिति सामान्य हुने पर्खाइमा बोर्ड रहेको बताए। उनले परीक्षाका धेरै विकल्प सरोकारवाला र विज्ञहरूले दिएका र त्यसमध्ये पनि उपयुक्त विकल्पमा बोर्डका सदस्यले बैठक बसी निर्णय गर्ने जनाए। ‘परीक्षा संञ्चालनका लागि प्रश्नपत्र छपाएर सुरक्षित राखिएको छ,’ सदस्य सचिव अर्यालले भने, ‘होमसेन्टर तथा विद्यार्थीको घरपायक पर्ने उपकेन्द्रसमेत थपेर परीक्षा सञ्चालन गर्नेतर्फ बोर्ड तयारीमा छ।’ उनले थपे, ‘हाल एक हजार एक सय परीक्षा केन्द्र कायम छन्। उपकेन्द्र थपिँदा दुई हजार दुई सयसम्म पुग्न सक्छ। बोर्डले परीक्षाको मोडेलबारे दिएको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्बाट पास गराउनुपर्छ।’
अर्को समाचार
किन नबिदेसिउन् त विद्यार्थी ?
१६ वैशाख २०८१
•
४ मिनेट पाठ
किन नबिदेसिउन् त विद्यार्थी ?
वैशाख १४ गतेबाट कक्षा १२ को परीक्षा सुरु भयो। अब परीक्षा सकिएलगत्तै देशका निजीलगायत सरकारी कलेजहरूमा पनि स्नातक तहका विभिन्न संकायमा भर्ना प्रक्रिया सुरु हुनेछ।

गत वर्ष विद्यार्थी नआएर चिन्तित कलेजका सञ्चालक तथा व्यवस्थापकहरू यसपालि पनि सोचे जस्तो विद्यार्थी नआउने हो कि भनेर थप चिन्तामा छन्। विगत केही वर्षदेखि कक्षा १२ अर्थात् प्लस टु सकिनासाथ विदेश जाने प्रवृत्ति बढेकाले यहाँका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको सत्य हो।

तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ। शिक्षा क्षेत्रमा निकै कहलिएको काठमाडौं विश्वविद्यालयमा पनि विद्यार्थी संख्या घटेको बताइएको छ।

उच्च शिक्षाका लागि विदेश जाने परिपाटी अहिलेको होइन। तर पछिल्लो समय प्लस टु सकिनासाथ विदेश जाने लहर चलेको छ। जसका कारण शिक्षा मन्त्रालयमा वैदेशिक अध्ययन अनुमति अर्थात् नो अब्जेक्सन लेटर लिने विद्यार्थीको भिड लाग्ने गरेको छ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। अघिल्लो वर्ष एक लाख १४ हजार ४२९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए। शिक्षाका लागि बाहिरिने विद्यार्थीसँगै ठूलो परिमाणमा विदेशी मुद्रा पनि बाहिरिने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्रै रु. एक खर्ब ४२ करोडभन्दा बढी बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

शिक्षा र रोजगारीका लागि ठूलो संख्यामा नेपाली युवा विदेश गइरहेको धेरैलाई थाहा छ। तर किन गइरहेका छन् ? भन्ने कुरामा थोरैले मात्रै चासो लिने गरेका छन्। स्वदेशमै शिक्षाको पर्याप्त अवसर हुँदाहुँदै किन विद्यार्थीहरू प्लस टु सकिनासाथ विदेश जान लालायित भइरहेका छन् ? रोजगारीका लागि किन दिनको हजारभन्दा बढी संख्यामा नेपाली कामदार विदेश गइरहेका छन् ? यस्तो विषम परिस्थिति कसरी सिर्जना भयो ? यी गम्भीर विषयमा चियागफ र सभागोष्ठीहरूमा चर्चा र चिन्ता जाहेर हुने गरे पनि सरोकारवाला निकायहरूले भने खासैै चासो र चिन्ता नलिएको महसुस हुन्छ। विप्रेषणको चमकमा यी गम्भीर पक्षहरू ओझेल परेका छन्।

शिक्षा र रोजगारीबीच गहिरो अन्तरसम्बन्ध छ। शिक्षाले रोजगारयोग्य बनाउँछ भने रोजगारीले थप शिक्षा आर्जनलाई सहज बनाउँछ। सरोकारवाला निकायहरूले नीति निर्माण र त्यसको कार्यान्वयनमा शिक्षा र रोजगारीको अन्तरसम्बन्धलाई प्राथमिकतामा राखेको भए अहिले जुन गति र संख्यामा शिक्षा र रोजगारीका लागि नेपाली युवा विदेसिइरहेका छन्, त्यो गति र संख्यामा जाँदैनथे भन्ने सहजै अनुमान गर्न सकिन्छ। शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्धलाई दृष्टिगत गरी शिक्षालाई रोजगारीसँग जोड्ने नीति र कार्ययोजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गरेको भए अहिले जस्तो कलेज र विश्वविद्यालयहरूमा विद्यार्थी अभाव पनि हुने थिएन। गाउँ युवाविहीनताको स्थितिमा पुग्ने थिएन र देशको कृषि, उद्योग तथा निर्माण क्षेत्रमा आवश्यक जनशक्ति अभावको स्थिति सिर्जना हुने थिएन।

उच्च शिक्षाका लागि धेरै नेपाली विद्यार्थी विदेश गए भनेर रोइलो गर्नेहरू धेरै छन्। तर किन गए अथवा किन जाँदैछन् भनेर व्यावहारिक दृष्टिकोणले व्याख्या र विश्लेषण गर्ने अनि त्यसको समाधानका उपाय खोज्नेहरू कोही छैनन्। न नीतिनिर्माताहरूले यसबारेमा सोचेका छन्। न कलेज र विश्वविद्यालयहरूले सोचेका छन्। न रोजगारीको अवसर प्रदान गर्ने औद्योगिक प्रतिष्ठान अर्थात् रोजगारदाताहरूले सोचेका छन्। सरकारले शिक्षालाई रोजगारीसँग जोड्ने व्यवहारोपयोगी शिक्षा नीति र कार्ययोजना बनाउने, कलेज तथा विश्वविद्यालयहरूले सिपमूलक र उद्यमशीलता विकास गर्ने शिक्षा प्रदान गर्ने र औद्योगिक प्रतिष्ठानहरूले पढ्दापढ्दैका विद्यार्थीलाई आंशिक रोजगारी दिएर पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने हो भने शिक्षाकै लागि विदेश जाने विद्यार्थीको संख्या कम हुनेमा विश्वस्त हुन सकिन्छ।

पढ्नका लागि विदेश किन जाने ? यसको उत्तर विद्यार्थीसँग पर्याप्त छन्। तर पढ्नका लागि विदेश किन नजाने ? यसको उत्तर सरकारसँग छैन। सरकारले नेपाली विद्यार्थीलाई स्वदेशमै टिकाउने कुनै नीतिगत व्यवस्था नै गर्न सकेको छैन। न गुणस्तरीय र व्यवहारोपयोगी शिक्षा, न शिक्षापछि रोजगारीको सुनिश्चितता, न त स्वरोजगार बन्ने वातावरण नै छ देशमा। यी कुनै कुराको प्रत्याभूति नहुँदा नेपाली विद्यार्थी प्लस टु सकिनासाथ उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जान बाध्य छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस