विश्वविद्यालय परीक्षा होम सेन्टरबाटै दिन सकिने
२८ असार २०७७
•
५ मिनेट पाठ
विश्वविद्यालय परीक्षा होम सेन्टरबाटै दिन सकिने
कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि अवरुद्ध विश्वविद्यालयहरूको परीक्षा सञ्चालनको गाँठो फुकाउन सरकारले होम सेन्टर कायम गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्देशिका जारी गरेको छ। कोरोना संक्रमणका कारण समस्या भएपछि विकल्पका रूपमा विद्यार्थीले आफूले पढेकै ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था गरेको हो।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट ‘सिकाइ सहजीकरण प्रारूप २०७७’ स्वीकृत गरी परीक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको छ। आयोगको असार १९ गते बसेको बैठकले प्रारूपलाई निर्देशिकाको रूपमा जारी गरेको छ। आयोगले जारी गरेको निर्देशिकाअनुसार विश्वविद्यालयमा लकडाउनका कारण रोकिएका परीक्षालाई सम्बन्धित उच्च शैक्षिक निकायहरूले होम सेन्टर कायम गरी परीक्षा सञ्चालन गर्नसक्ने गरी गाँठो फुकाएको हो।

प्रारूपको बुँदा १३ मा परीक्षासम्बन्धी गरिएको व्यवस्थामा विश्वविद्यालयका सम्बन्धित निकायको स्वीकृतिमा सुरक्षा प्रोटोकल अपनाई सम्बन्धित उच्च शैक्षिक संस्थामै परीक्षा केन्द्र तोकेर परम्परागत परीक्षा अनुसरण गर्न सकिने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। विश्वविद्यालयहरूले सुरक्षा प्रोटोकल अपनाएर सामाजिक दुरी र सामान्य सावधानी, मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, हात धुने र अनुहार छोप्ने सामानको उपयोग गरी सम्भव भएसम्म सेमेस्टर वा वार्षिक वा टर्मिनल परीक्षा सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।  

‘विश्वविद्यालयले स्तर, डिग्री र सञ्चालित कोर्सको प्रकृतिका आधारमा विभिन्न विधिका लागि उपयुक्त भारसहितको परीक्षा व्यवस्था गर्न सक्नेछन्,’ प्रारूपमा उल्लेख छ, ‘त्यसरी परीक्षाको व्यवस्था गर्दा खुला पुस्तक परीक्षा, खुला विकल्प, गृहकार्य वा कक्षा कार्य, प्रस्तुतीकरणहरू, अनलाइन लिन मिल्ने परीक्षाहरू समयसीमा दिएर घरैमा उत्तर लेख्ने, अनलाइन भाइवा आदिलाई विकल्पको रूपमा कार्यान्वयन गर्न सकिनेछ।’

‘यस किसिमका मूल्यांकन साधन र विधिको प्रयोग गर्दा कम्तीमा तीनवटा साधन प्रत्येक विषयमा प्रयोग गर्नुपर्ने छ,’ प्रारूपमा व्यवस्था गरिएको छ, ‘यस्ता परीक्षा प्रणालीलाई सम्बन्धित विश्वविद्यालयका आधिकारिक निकायले स्वीकृति दिनु पर्नेछ।’

तर, विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालय स्वायत्त निकाय भएकाले सबै विश्वविद्यालयको आ–आफ्नै नीतिनियम हुने गरेको बताएका छन्। विश्वविद्यालयका पदाधिकारीका अनुसार आयोगले जारी गरेको निर्देशिकामा गरिएको व्यवस्था र विश्वविद्यालयको परिस्थितिमा मेल नखान सक्छ। त्यही भएर विश्वविद्यालयले परिस्थिति बुझेर मात्र परीक्षा सञ्चालन कार्यविधि बनाएर अघि बढ्ने उनीहरूले बताएका छन्।  

पठनपाठन सुचारु गर्न सक्ने निर्णय  

कोभिड माहामारीका कारण यदि परीक्षा सञ्चालन नै गर्न सम्भव नभए त्यसको विकल्प प्रारूपले दिएको छ। परीक्षा सञ्चालन सम्भव नभए विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पछिल्लो वर्ष वा सेमेस्टरको पठनपाठन सुचारु गर्न सकिने व्यवस्था गरेको छ। परिस्थिति सहज भएपछि अर्को सेमेस्टरमा अघिलो सेमेस्टरको परीक्षा लिन सकिनेछ। यसरी परीक्षा सञ्चालन गर्दा अन्तिम वर्ष वा अन्तिम सेमेस्टरका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनु पर्नेछ।  

विश्वविद्यालयहरूले आफ्ना अध्ययन संस्थान वा संकाय वा क्याम्पस वा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेका सेमेस्टर तथा वार्षिक कार्यक्रम अन्तर्गतका अन्तिम परीक्षा सञ्चालन हुन नसक्दा विद्यार्थीलाई पछि परीक्षा लिने गरी अघिल्ला दुवै सेमेस्टर वा वर्षमा स्तरोन्नति गर्न सक्नेछन्। यस्तो अवस्थामा पछिल्ला र अघिल्ला दुवै सेमेस्टर वा वार्षिक कार्यक्रम नियमित अन्तिम परीक्षाहरू सँगसँगै सञ्चालन गर्न सकिने समेतको विकल्प दिएको छ। तर, यी दुवै परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई हप्ताको फरकमा मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।  

त्रिविका शिक्षाध्यक्ष शिव भुसालले त्रिविमा मुलुकका ८० प्रतिशत विद्यार्थीको भार रहेकाले यसको आफ्नै परिवेश रहेको बताउँदै उनले त्रिविले समेत परीक्षा सञ्चालन तथा व्यवस्थापनबारे एक समिति गठन गरी समाधानको उपायबारे छलफल अघि बढाएको जनाए।  

शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयहरू एक स्वायत्त निकाय भएकाले आयोगले नियमन मात्र गर्ने हो, विश्वविद्यालय आफ्नै नियम कानुनअनुसार चल्ने भएकाले मन्त्रालयले अवरोध गर्न नमिल्ने स्पष्ट पारे। उनले आयोगले जारी गरेको निर्देशिकामा परीक्षाको सवालमा व्यवस्था ठिक रहे पनि विश्वविद्यालयलाई बाध्यकारी बनाउन नमिल्ने जनाए।  

‘ओपन टेक्स्ट एक्जाम अर्थात् खुला पुस्तक परीक्षा विश्वका अन्य देशले पनि गर्दै आएका छन्। यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको बौद्धिकता मापन गर्ने हो,’ शिक्षाविद् कोइरालाले भने, ‘मैले पनि क्यानडामा विद्यावारिधि गर्दा किताब पल्टाएर अध्ययन गरी पेपर लेखेको अनुभव छ, यो व्यवस्था स्कुलदेखि विश्वविद्यालय स्तरमै लागु गर्नुपर्छ।’  

विश्वविद्यालयले पिएचडी तथा एमफिलको मौखिक परीक्षा पनि कुनै विश्वासिलो अनलाइन भिडियो एप्स प्रयोग गरी लिनसक्ने व्यवस्था निर्देशिकाले गरेको छ। मौखिक परीक्षासम्बन्धी कार्यको पूर्ण रूपमा अभिलेख गरी सो अभिलेख र अन्य प्रलेखहरू तोकिएका विज्ञले सहीछाप गरी प्रतिवेदन बनाई सुरक्षित राख्नु पर्नेछ। एमफिल वा पिएचडीका विद्यार्थीले शोधग्रन्थ बुझाउन वा अनुसन्धानसम्बन्धी औपचारिकता पूरा गर्न बन्दाबन्दी समाप्त भएको मितिबाट ६ महिनाको थप समयावधिको व्यवस्थासम्बन्धी विश्वविद्यालय वा उच्च शैक्षिक संस्थाले गर्न सक्नेसमेत व्यवस्था छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले विज्ञप्ति मार्फत प्रारूपले परम्परागत औपचारिक पद्धति अनुसार सञ्चालन भइरहेको विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाहरूको पठनपाठन, अनुसन्धान, परीक्षा र मूल्यांकनका सम्बन्धमा कोभिड–१९ का कारण सिर्जित अवरोध हटाउन उपयुक्त तथा सान्दर्भिक वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।
अर्को समाचार
किन नबिदेसिउन् त विद्यार्थी ?
१६ वैशाख २०८१
•
४ मिनेट पाठ
किन नबिदेसिउन् त विद्यार्थी ?
वैशाख १४ गतेबाट कक्षा १२ को परीक्षा सुरु भयो। अब परीक्षा सकिएलगत्तै देशका निजीलगायत सरकारी कलेजहरूमा पनि स्नातक तहका विभिन्न संकायमा भर्ना प्रक्रिया सुरु हुनेछ।

गत वर्ष विद्यार्थी नआएर चिन्तित कलेजका सञ्चालक तथा व्यवस्थापकहरू यसपालि पनि सोचे जस्तो विद्यार्थी नआउने हो कि भनेर थप चिन्तामा छन्। विगत केही वर्षदेखि कक्षा १२ अर्थात् प्लस टु सकिनासाथ विदेश जाने प्रवृत्ति बढेकाले यहाँका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको सत्य हो।

तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ। त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ। शिक्षा क्षेत्रमा निकै कहलिएको काठमाडौं विश्वविद्यालयमा पनि विद्यार्थी संख्या घटेको बताइएको छ।

उच्च शिक्षाका लागि विदेश जाने परिपाटी अहिलेको होइन। तर पछिल्लो समय प्लस टु सकिनासाथ विदेश जाने लहर चलेको छ। जसका कारण शिक्षा मन्त्रालयमा वैदेशिक अध्ययन अनुमति अर्थात् नो अब्जेक्सन लेटर लिने विद्यार्थीको भिड लाग्ने गरेको छ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। अघिल्लो वर्ष एक लाख १४ हजार ४२९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए। शिक्षाका लागि बाहिरिने विद्यार्थीसँगै ठूलो परिमाणमा विदेशी मुद्रा पनि बाहिरिने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्रै रु. एक खर्ब ४२ करोडभन्दा बढी बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

शिक्षा र रोजगारीका लागि ठूलो संख्यामा नेपाली युवा विदेश गइरहेको धेरैलाई थाहा छ। तर किन गइरहेका छन् ? भन्ने कुरामा थोरैले मात्रै चासो लिने गरेका छन्। स्वदेशमै शिक्षाको पर्याप्त अवसर हुँदाहुँदै किन विद्यार्थीहरू प्लस टु सकिनासाथ विदेश जान लालायित भइरहेका छन् ? रोजगारीका लागि किन दिनको हजारभन्दा बढी संख्यामा नेपाली कामदार विदेश गइरहेका छन् ? यस्तो विषम परिस्थिति कसरी सिर्जना भयो ? यी गम्भीर विषयमा चियागफ र सभागोष्ठीहरूमा चर्चा र चिन्ता जाहेर हुने गरे पनि सरोकारवाला निकायहरूले भने खासैै चासो र चिन्ता नलिएको महसुस हुन्छ। विप्रेषणको चमकमा यी गम्भीर पक्षहरू ओझेल परेका छन्।

शिक्षा र रोजगारीबीच गहिरो अन्तरसम्बन्ध छ। शिक्षाले रोजगारयोग्य बनाउँछ भने रोजगारीले थप शिक्षा आर्जनलाई सहज बनाउँछ। सरोकारवाला निकायहरूले नीति निर्माण र त्यसको कार्यान्वयनमा शिक्षा र रोजगारीको अन्तरसम्बन्धलाई प्राथमिकतामा राखेको भए अहिले जुन गति र संख्यामा शिक्षा र रोजगारीका लागि नेपाली युवा विदेसिइरहेका छन्, त्यो गति र संख्यामा जाँदैनथे भन्ने सहजै अनुमान गर्न सकिन्छ। शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्धलाई दृष्टिगत गरी शिक्षालाई रोजगारीसँग जोड्ने नीति र कार्ययोजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गरेको भए अहिले जस्तो कलेज र विश्वविद्यालयहरूमा विद्यार्थी अभाव पनि हुने थिएन। गाउँ युवाविहीनताको स्थितिमा पुग्ने थिएन र देशको कृषि, उद्योग तथा निर्माण क्षेत्रमा आवश्यक जनशक्ति अभावको स्थिति सिर्जना हुने थिएन।

उच्च शिक्षाका लागि धेरै नेपाली विद्यार्थी विदेश गए भनेर रोइलो गर्नेहरू धेरै छन्। तर किन गए अथवा किन जाँदैछन् भनेर व्यावहारिक दृष्टिकोणले व्याख्या र विश्लेषण गर्ने अनि त्यसको समाधानका उपाय खोज्नेहरू कोही छैनन्। न नीतिनिर्माताहरूले यसबारेमा सोचेका छन्। न कलेज र विश्वविद्यालयहरूले सोचेका छन्। न रोजगारीको अवसर प्रदान गर्ने औद्योगिक प्रतिष्ठान अर्थात् रोजगारदाताहरूले सोचेका छन्। सरकारले शिक्षालाई रोजगारीसँग जोड्ने व्यवहारोपयोगी शिक्षा नीति र कार्ययोजना बनाउने, कलेज तथा विश्वविद्यालयहरूले सिपमूलक र उद्यमशीलता विकास गर्ने शिक्षा प्रदान गर्ने र औद्योगिक प्रतिष्ठानहरूले पढ्दापढ्दैका विद्यार्थीलाई आंशिक रोजगारी दिएर पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने हो भने शिक्षाकै लागि विदेश जाने विद्यार्थीको संख्या कम हुनेमा विश्वस्त हुन सकिन्छ।

पढ्नका लागि विदेश किन जाने ? यसको उत्तर विद्यार्थीसँग पर्याप्त छन्। तर पढ्नका लागि विदेश किन नजाने ? यसको उत्तर सरकारसँग छैन। सरकारले नेपाली विद्यार्थीलाई स्वदेशमै टिकाउने कुनै नीतिगत व्यवस्था नै गर्न सकेको छैन। न गुणस्तरीय र व्यवहारोपयोगी शिक्षा, न शिक्षापछि रोजगारीको सुनिश्चितता, न त स्वरोजगार बन्ने वातावरण नै छ देशमा। यी कुनै कुराको प्रत्याभूति नहुँदा नेपाली विद्यार्थी प्लस टु सकिनासाथ उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जान बाध्य छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस