विदेशको विकल्प
२३ कार्तिक २०७८
•
४ मिनेट पाठ
विदेशको विकल्प
वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेशमै रोजगारी अवसरको प्रतीक्षामा छन्। कोरोना महामारीका कारण देश फर्कन नपाएका कैयन् युवा स्थिति सहज हुनासाथ स्वदेश फर्कने छन्।




विदेश गएर फर्केपछि देशमै केही गरौँ भन्ने चाहना भएका कैयन् युवा पनि अवसरको खोजीमा छन्।युवाहरूलाई वैदेशिक रोजगारीको विकल्प दिन अब ढिला भइसकेको छ।उनीहरूले देशमै बसेर रोजगारी पाउने हुन् भने त्यो अवसरलाई बढ्ता उपयोग गर्ने चाहना युवामा देखिन्छ।

घरकै ढिँडो/रोटो खाएर यतै काम गर्न पाउनुको महत्त्व धेरै छ। वैदेशिक रोजगारीका कारण मुलुकले विप्रेषण पाउने गरे पनि यसको सामाजिक मूल्य धेरै छ। वैदेशिक रोजगारीमा गएका परिवार सदस्यबीचको विछोड धेरै पीडादायी छ। त्यो पीडाबाट जोगाउन पनि यहीँ रोजगारीको अवसर खुल्नुपर्छ।

देशमै कुनै विकल्प नपाउँदा विदेश जानु स्वाभाविक हो। यो बाध्यताको छनोट हो।देशमै काम नपाएपछि युवाले गरून् पनि के?अहिले जस्तो कामका निम्ति युवाहरू विदेश जान बाध्य छन्, त्यो यथार्थमा सहज छैन। तिनले कठिन काम गर्दा पनि आकर्षक रकम आर्जन गर्न सक्दैनन्। रोजगारीमा जाने तयारीदेखि कामबाट फर्केसम्म तिनले गरेको अनुभव अत्यन्तै कठिन छ।

वास्तवमा देशमै उद्यमशीलताको विकास हुने वा तिनले यहीँ बसेर काम गर्ने हो भने विदेशमा कमाएभन्दा बढी आम्दानी गर्न सक्छन्। वैदेशिक रोजगारीमै जाने हो भने पनि छनोट गरेर जानु उचित हुन्छ।

जुन मुलुकमा बढी सुविधा छ र जहाँ काम गर्दा बढी कमाइ हुन्छ,त्यहाँ जान सकिन्छ। अझ सिप सिकेर त्यहीअनुसारको काम पाउने हो भने त्यसको कमाइ पनि बढी हुन्छ। अचेल चिकित्सक,नर्स,पाइलट आदि पेसाका व्यक्ति पनि यस्तो रोजगारीमा जान पाउँछन्।सिप सिकेर वैदेशिक रोजगारीमा जानुको अर्थ बेग्लै हुन्छ।

सरकारले देशभित्र रोजगारी सिर्जना गर्ने आश्वासन दिन थालेको निकै भइसकेको छ। सरकारले कोरोना महामारीलगायतका कारण स्वदेश फर्केका नागरिकलाई लक्षित गरी पुनर्एकीकरण योजना अघि सारेको भए पनि यो कार्यान्वयनमा आउन सकेन। यो कार्यक्रम कार्यान्वयनमा नआएपछि तिनले फेरि वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यात्मक कदम उठाउन सुरु गरेका छन्।

वैदेशिक रोजगारीमा भनेअनुसारको कमाइ गर्न नसकेका वा असमयमै फर्कनुपरेका व्यक्तिमा देशभित्रै उद्यम गर्ने तीव्र आकांक्षा रहेको देखिन्छ। त्यसका निम्ति सरकारले उचित कार्यक्रम अघि सार्नु आवश्यक छ। सरकारको काममा भएको ढिलाइले युवाहरूमा धैर्य गर्न सक्ने अवस्था रहँदैन।

वास्तवमा युवाहरू देशमै रहनुपर्ने अवस्था छ। अहिले देशभित्रै गर्न सकिने कैयन् काम छन्। तर बलियो पाखुरा भएका व्यक्ति जति सबै विदेश गएपछि यहाँका खेतबारी बाँझा भएका छन्।

मुलुकले बर्सेनि खाद्यान्न, तरकारी र अन्य अत्यावश्यक वस्तु विदेशबाट आयात गर्नुपरेको छ। देशभित्र खेतबारी भने बाँझा भएका छन्। यिनै युवालाई कृषिमा आकर्षित गर्न नसकिने होइन। तिनका उत्पादनले सहजै बजार पाउने हो भने देशमै बसेर तिनले मनग्गे आम्दानी गर्न सक्छन्।

देशमै उद्योगधन्दा खुल्ने र कृषि उब्जनी पनि बढ्ने हो भने चाँडै समृद्धि आउन सक्छ। अहिले देशमा विद्युत् उत्पादन पनि बढिरहेको छ। काम गर्ने जागर भएका युवा पनि छन्। तुलनात्मकरूपमा युवा जनसंख्या रहेको हाम्रो जस्तो मुलुकले उत्पादनका साधनका रूपमा रहेका युवा र देशको ऊर्जालाई उपयोग गर्न सकिन्छ।

देशको युवा शक्ति र बढ्दो विद्युत् दुवै देशमा उत्पादन बढाउनका निम्ति कच्चा पदार्थ हुन्। कच्चा पदार्थ विदेशमा निर्यात गरेर ठूलो आम्दानी गर्न सकिँदैन। यहाँको युवा शक्ति र विद्युत् शक्तिको सदुपयोग गर्न सक्ने नीति सरकारले बनाउन सक्नुपर्छ। तर अहिलेसम्मको व्यवहार हेर्दा सरकारको ध्यान युवालाई विदेश पठाउनेमा बढी देखिन्छ।

खासमा युवाहरू विदेश जान थालेपछि यहाँ कतिपय चित्त नबुझ्ने काम हुँदासमेत विरोध गर्नेको कमी देखिएको छ। युवाहरू देशमा नभएपछि सबैलाई हाइसञ्चो भएको छ। हरेक युवाले आफ्नो योग्यता र क्षमताअनुसार काम पाउने हुन् भने अहिलेजस्तो सडकमा मानिसको भीड पनि कम हुन्छ।

सबैजना कमाइ गर्नमै व्यस्त हुन्छन्। आज हामीकहाँ विशेषगरी भारतबाट रोजगारी गर्न आउने व्यक्तिको बाहुल्य देखिन्छ। ती व्यक्तिले यहाँ जे रोजगारी पाएका छन्, त्यही काम यहीँका युवाले गर्ने हो भने पनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम हुन्छ।

वैदेशिक रोजगारीमा गएका युवाहरू अब चाँडै स्वदेश फर्कने छन्। कतिपय देशले रोजगारीका निम्ति अवसर दिन नसक्ने अवस्था आउन लागिसकेको छ। त्यो स्थितिलाई मनन् गर्दै विकल्पबारे सोच्न ढिला भइरहेको छ।

देशभित्र अहिले पनि विकास निर्माणका काममा समेत युवा जनशक्ति चाहिने अवस्था देखिइसकेको छ। यहाँ जुन स्तरमा भवनहरू निर्माण भइरहेका छन्,त्यसमा काम गर्ने सिपालु जनशक्तिको सर्वथा अभाव छ। यस्ता काममा समेत युवाले आफूलाई सिपालु बनाएर अघि बढ्न सक्छन्। व्यापार,व्यवसाय, उद्यम, ससाना कुटिर उद्योगका अनेकन सम्भावना छन्।

देशले अहिले जस्ता सामग्रीका निम्ति आफ्नो सञ्चित रकम खर्च गरेर आयात गर्नुपरेको छ, त्यसमा मात्रै पनि आत्मनिर्भर हुन सक्ने हो भने देशले प्रगति गर्न धेरै समय लाग्दैन। अतः वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी अघि सारेको पुनर्एकीकरण योजना कार्यान्वयन चाँडो हुनु आवश्यक छ। अन्य युवाका निम्ति पनि विकल्पको खोजी हुनुपर्छ।
अर्को समाचार
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
२९ पौष २०८२
•
४ मिनेट पाठ
तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो। मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ। दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,’ बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छ, ‘तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन्।’




वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ। तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ।

वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरेका छन्। उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ। ‘बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,’ उनले भने, ‘तर बजार राम्रो भयो भने दुई–तीन महिनामै लगानी उठ्छ।’

मङ्सिरको पहिलो सातादेखि टमाटर टिप्न सुरु गरेका वीरेन्द्रले हालसम्म करिब एक सय क्विन्टल टमाटर बिक्री गरेर साढे छ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका छन्। ‘अझै हजार क्विन्टलभन्दा बढी टमाटर टिप्न बाँकी छ,’ उनले भने, ‘सबै बिक्री भयो भने यो वर्ष मात्रै ६० देखि ७० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ।’

यस वर्ष टमाटरको बजार मूल्य प्रतिकेजी ७० रुपैयाँसम्म पुगेकाले किसानलाई ठूलो राहत पुगेको छ । ‘भाउ राम्रो हुँदा किसानको मेहनतको मूल्य पाइएको महसुस हुन्छ,’ वीरेन्द्रले भने। उत्पादन लागत घटाउन आधुनिक मल्चिङ प्रविधि प्रयोग गरिएको छ।  

वीरेन्द्रका अनुसार टमाटरखेती कुनै नयाँ पेसा होइन। ‘०३६ सालदेखि बुबाले टमाटरखेती गर्दै आएका थिए। बुबाले परम्परागत तरिकाले टमाटरखेती गरेर नै तीन पुस्ताको परिवार चलाउनुभयो,’ उनले भने, ‘अब समय परम्परा खेती गर्ने समय रहेन। त्यसैले मेले यो खेती गर्न सुरु गरेदेखि नै आधुनिक प्रविधिबाट गर्दै आइरहेको छु।’

बुबाको उमेर ढल्किएपछि विगत तीन वर्षदेखि वीरेन्द्रले खेतीलाई पूर्ण रुपमा सम्हाल्दै आएका छन्। ‘मैले आधुनिक प्रणाली अपनाएँ,’ उनले भने, ‘त्यसपछि उत्पादन पनि बढ्यो, लागत घट्यो र आम्दानी उल्लेख्य भयो।’

गत वर्ष पनि वीरेन्द्रले पाँच लाख १० हजार रुपैयाँ ऋण लिएर टमाटरखेती गरेका थिए।  ‘भदौमा लिएको ऋण दुई महिनामै तिरेँ,’ उनले भने। टमाटरखेतीबाट भएको नाफाले उहाँले टमाटर ढुवानी र बिक्रीका लागि अटोसमेत खरिद गर्नुभएको छ। ‘पहिले भाडाको साधन खोज्नुपथ्र्यो, अहिले आफ्नै साधन छ। मैले टमाटर ओसारपसार गरेर बिक्रीका लागि एउटा अटो किनेको छु,’ उनको भनाइ छ।

टमाटरखेतीले केवल परिवारको आम्दानी बढाएको छैन, स्थानीय रोजगारी पनि सिर्जना गरेको छ। ‘यो खेतीमा १० देखि २० जनासम्म मजदुर चाहिन्छ,’ वीरेन्द्रले भन्नुभयो, ‘दैनिक ज्यालामा काम पाउँदा गाउँकै मानिसलाई फाइदा पुगेको छ।’ सरकारबाट प्राप्त अनुदान र प्राविधिक सहयोगले खेतीलाई थप सहज बनाएको उनको भनाइ छ।  

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सम्बन्धित निकायले मेरो खेतीको निरीक्षण गरेको थियो,’ उनले भने। मल्चिङ सामग्री र खेत जोत्नका लागि रोटाभेटर उपलब्ध भए लागत अझै घट्ने उनको बुझाइ छ। वीरेन्द्रले सरकारको अनुदान सही सदुपयोग गर्न सके किसान आत्मनिर्भर बन्न सक्ने बताउछन्। ‘अनुदान दुरुपयोग होइन, उत्पादन बढाउनेतर्फ प्रयोग गर्नुपर्छ,’ उनको सुझाव छ।

आफ्ना छोराहरु विदेश गएको सन्दर्भमा उहाँ भावुक हुँदै भन्नछन्, ‘नेपालमा केही गर्न सकिँदैन भनेर उनीहरु गए। तर किन सकिँदैन? गरे आफ्नै नेपालमा, आफ्नै खेतबारीमा सुन फलाउन सकिन्छ।’

आगामी वर्ष वीरेन्द्रले टमाटरखेतीको क्षेत्रफल चार बिघाबाट बढाएर १० बिघा पु¥याउने लक्ष्य लिनुभएको छ। ‘दश बिघा खेती गर्दा दैनिक करिब २० जनालाई रोजगारी दिन सकिन्छ,’ उनले भने। सुरुमा ऋण माग्दा नपत्याउनेहरुले हिजोआज आफूलाई ऋण दिन नहिच्किचाउने बताए। विदेशी रोजगारसँग तुलना गर्दै उनी भन्छन्, ‘विदेशमा चार लाख कमाउन एक वर्ष लाग्छ, तर टमाटरखेतीबाट मैले १० दिनमै पाँचदेखि छ लाख रुपैयाँ कमाएको छु।’

उनका अनुसार सरकारले आधुनिक खेती कार्यक्रम ल्याएपछि भारतबाट आयात हुने तरकारी घट्दै गएको छ। “टमाटरखेतीबाटै हाम्रो १०–१५ जनाको संयुक्त परिवार चलेको छ,’ वीरेन्द्रले भने।

तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारको कथा आज बाँकेको मात्र होइन, देशभरका किसान र युवाका लागि आर्थिक आत्मनिर्भरताको प्रेरणादायी उदाहरण बनेको छ। मेहनत, योजना र सही लगानी भए खेतबारीमै भविष्य सुरक्षित गर्न सकिने सन्देश वीरेन्द्रको सफलताले दिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस