चुनावको विकल्प!
०६ साउन २०७०
•
१४ मिनेट पाठ
चुनावको विकल्प!
संविधान सभाबाट दलित, उत्पीडित, शोषितको उन्मुक्ति गर्ने भनेर एक मुठी बाहुनहरूले विदेशको तालिम, विदेशकै हतियारबाट सुरु गरेको हिंसात्मक  द्वन्द्वमा मुलुकले १७ हजार जनाको ज्यानको मूल्य चुकाई सकेपछि अब तीमध्ये नै केहीले संविधान सभा चाहिँदैन भनेर स्पष्टै शब्दमा भन्न थाले। तीमध्ये अर्काथरी यसलाई पर सार्ने उद्यममा लागेको स्पष्ट देखिन्छ। बहुदलीय व्यवस्थामा निर्वाचनको माध्यमलाई अँगाल्ने हो भने जय पराजय स्वाभाविक हुन्छ। होइन, जाल, झेल र प्रपंच नै सत्ता प्राप्तिको विधि बनाउने हो भने त्यो कुनै युगको इतिहास हुन सक्छ। जस्तै रुसमा बोल्सेभिक, चीनमा 'लंग मार्च’, भियतनाममा युद्ध, क्युबामा अर्को प्रकृतिको जालझेल, उत्तरकोरियामा युद्धको थकान यस्तै यस्तै। तर, २१ औं शताब्दी त्यस्तो चाहिँ होइन।
सधैँजसो चुनावको वकालत गर्दै आएको भए पनि अब मलाई मंसिर ४ गते चुनाव नहुने सन्देह लाग्न थालेको छ। यसका लागि अरु कोही नभएर एकीकृत नेपाल कम्युनिस्ट (माओवादी) र नेकपा—माओवादी दोषी छन्। कारण तिनीहरू दुवैथरी चुनावका लागि तयार छैनन्। तिनको पार्टी टुट्ने, फुट्ने, गुट उपगुट एवं गुटिकामा विभाजित हुने क्रम जारी नै छ। त्यसैगरी मधेस केन्द्रित दलहरु मोर्चाबन्दीका चर्चा गरे पनि त्यसरी एउटै मोर्चामा संगठित हुने संभावना देखिँदैन। यथार्थमा मधेस केलाई भन्ने नै अब व्याख्याभन्दा परको विषय भइसकेको छ। भूखण्डमा बसोबास गर्ने नागरिककै कुरो गर्ने हो भने जातीय, भाषा, भेष मधेसको पहिचान भन्न गाह्रो छ। आन्दोलनका चर्का कुरा गरिन्छन्। मधेस आन्दोलन भनिए पनि त्यो सिँगो नेपालभित्रको कोशी, नारायणी, चुरे दक्षिण र दसगजा उत्तरभित्रकै आन्दोलन हो। तत्कालीन शासन सत्ताले त्यसलाई सम्बोधन गरेन भन्न पनि मिल्दैन। सधैँ नागरिकताकैे बखेडा पनि मुलुकले धानिरहन सत्तै्कन। कोही एक जना मानिस तिब्बतबाट निसास्सिँदै आउँदा तुरुन्तै समातेर चीनलाई बुझाउनुपर्ने र अर्को व्यक्ति दक्षिणबाट प्रवेश गर्नासाथ स्वागत गरेर उसलाई नागरिकता दिनुपर्ने! यस्तो बेहोर्न सक्ने हैसियत नेपालको छैन। कुन मानवीय विवेक, कानुन, संवेदनाले यस्तो अभ्यास स्वीकार गर्न सक्छ?
मेरा एक पत्रकार मित्र भर्खरै चीन भ्रमणबाट फर्केर आए। जम्मा एक डेढ मिनेटको संवादमा उनले सुनाएअनुसार सबभन्दा पुरानो सम्बन्ध भएको र जनताबाट उठेको दल नेपाली कांग्रेस हो। तर ऊ नै हामीलाई वास्ता गर्दैन भन्ने गुनासो छ विदेश मामिला हेर्ने चिनियाँ अधिकारीहरूको। उता मोहन वैद्य चीन भ्रमणबाट फर्केलगत्तै भन्छन् — नेपालमा निर्वाचन होस् भन्ने चीनको आग्रह छैन।
चीनको विदेश नीति नेपालको हकमा सन्तुलित रहँदै आएको बिर्सन हुँदैन। वैद्यलाई चीनले चुनाव लड्नु भनेको छ या छैन भन्ने कुराले नेपालको राजनीतिक स्थिरता वा अस्थिरतालाई चीनले कसरी हेर्छ भन्ने स्पष्ट हुने पनि होइन। सामरिक स्वार्थका सम्बन्धमा भने चीन र भारतको रुचि वा स्वार्थ एकै ठाउँमा गाँसिएको छ। नेपालमा राजनीतिक स्थिरता दुवैको स्वार्थको विषय हो। र त्यो चुनावबिना संभव छैन। कसले कसलाई के स्वार्थले उकास्यो? मुलुक विगत १५ वर्षदेखि अस्थिर छ। दुवै छिमेकी अहिले चिन्तित देखिन्छन्। मुलुक आफैँ पनि समस्या ग्रस्त छ। यसबाट उम्किने निर्वाचनबाहेक अर्को उपाय पनि देखिँदैन।
वैद्यको गोलमेच सम्मेलन समस्यालाई समाधानको बाटोमा लैजाने उद्यमभन्दा पनि चुनावलाई पर सार्ने उद्देश्यतर्फ लक्षित देखिन्छ। त्यसैगरी पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादीभित्रका विखण्डन पनि चुनावलाई टार्ने खालकै देखिन्छन्। जसैजसै चुनाव नजिक आउँछ दाहालका बोली मुलुकको दूरगामी भविष्य, राष्ट्रिय अस्मिता, अखण्डता, स्वाभिमान, सावैभौमिकतालाई उपेक्षा गर्दै भोट तान्ने उद्देश्य प्रेरित भएर बोलिएका देखिन्छन्। उनी अब फेरि आदिवासी, जनजाति यस्तैयस्तै भएनभएका भाषा फेरि बोल्न थालेका छन्। जो व्यक्ति आफ्नो पार्टीलाई अधिवेशन, निर्वाचनजस्ता लोकतान्त्रिक पद्धतिबाट एक ठाउँसम्म पनि राख्न सक्दैनन् तिनले यी सबै शब्दको जतिसुकै प्रयोग गरे पनि समस्याको सम्बोधन हुँदैन।
आउँदो निर्वाचन मधेस केन्द्रित दल, एनेकपा माओवादी, वैद्य माओवादीका पक्षमा नजने स्पष्ट छ। एउटा व्यक्ति विशेषले आफ्नो पार्टीभित्र घुर्की लाउँदा पार्टी अध्यक्ष पत्नीको उपचारको बहाना बनाएर घुर्की लगाउनेलाई फकाइमाग्नका लागि उनको पनि गुरुलाई भेट्न स्वयं सिंगापुर जानुपर्छ। छिमेकी मित्रराष्ट्रको विदेश मन्त्री आउँदा पत्नीको बेथालाई बिर्सेर दौडँदै भेट्न आउनुपर्छ। यस्तो नेतृत्वले मुलुकलाई कुन दिशा निर्देश गर्छ?
भर्खरै विदेशमा व्यापार गरेर बस्ने केही नेपाली मित्रहरुसित कुराकानी हुँदा एउटा कठोर प्रश्नको सामना गर्नु परेको थियो। तिनले सोधेका थिए — दाइ, हामी दास भएर बस्ने कि नागरिक भएर बस्ने? 'नागरिक हुनुको सुख, सम्मान, उचाइ बेग्लै छ’ भन्ने मेरो जवाफले तिनलाई कति सन्तुष्टि दियो मलाई थाहा छैन र हाम्रा राजनीतिक दलका नेतालाई यसमा कति चित्त बुझ्ला त्यो पनि जान्दिन।
विश्वमा धेरै युद्ध भए। सबैजसो युद्ध कुनै न कुनै रूपमा यस्तै आत्मसम्मानका लागि लडिएका हुन्। आत्मसम्मान हराई सकेपछि बाँकी अरु कुरा तपसिलमा रहन्छन्। तर, यो बुझ्ने कहिले र बुझाउने कसले? कर्म त राजनीतिकर्मीकै हो। राजनीति कर्मी नै गलत बाटामा लागेपछि यो जिम्मेवारी कसको हातमा दिने?
सुन्दा, पढ्दा र बुझ्दा कताकता फेरि २०४७ सालको संविधानतिर फर्किन खोजेको हो कि भन्ने देखिन्छ, बुझिन्छ। त्यसै हो भने १७ हजार नेपालीको ज्यान किन लिइयो एउटा बेग्लै नेपाल बनाउनका लागि भन्ने नाराका साथ?  त्यसको मूल्य कति तोक्ने? मुलुकले बडो मुस्किलले निर्माण गरेका पूर्वाधार भत्काइए, नासिए, मासिए। त्यसको क्षति कहिले निर्धारण गर्ने? चोर, डाँका, बलात्कारीसमेतलाई पार्टी कार्यकर्ता भएकै कारणले राज्यकोषबाट बाँडिएको, गरिब एवं अदना, निमुखा नागरिकले तिरेको करको हिसाब किताब कहिले र कोसित माग्ने? अदालतले दोषी ठहर गरेका र मुद्दा लम्याइएका अपराधीलाई सजाय कहिले र कसले दिने? यी र यस्ता धेरै प्रश्न अनुत्तरित छन्। निर्वाचन र त्यसपछि बन्ने संविधानले एउटा स्थिर राजनीतिको जग बसाली सकेपछि र त्यस प्रकृतिको न्याय प्रणाली बनिसकेपछि फेरि यी कुरा उठ्दैनन् भन्ने प्रत्याभूति पनि छैन। यसबाट भयभित हुनुपर्ने कारण कमसेकम सामान्य नेपाली र लोकतन्त्रमा विश्वास गर्ने दललाई अवश्य पनि छैन। सायद यसैले ती दल र त्यस्ता व्यक्तिमात्रै अहिले चुनावको पक्षमा भएका हुन्।
चुनावबिनाको संविधानको कल्पना एकथरीले गर्न थालेका छन्। ती वैद्य समूह वा अरु पनि हुन सक्छन्। तर, अहिले त्यो संभव छैन र नेपाली जनतालाई अब त्यो स्वीकार्य पनि छैन। कथित जनवाद या जनताको संविधान, जनपक्षीय या जनवादी पुँजीवाद यी सबै शब्दजालमा अब नेपाली जनता अलमलिन्छन् जस्तो लाग्दैन। यी कुनै शब्दजालकोे व्याख्या छैन। यी कुनै दर्शनमा आधारित बुँदा पनि होइनन्। पुँजीवादलाई स्वीकार गर्नु छ भने व्यक्तिलाई सर्वोच्च स्थानमा राख्न सक्नुपर्छ र राज्यलाई न्यून महत्व दिनुपर्छ। हुनत, आजसम्म विश्वमा कहीँ पनि यो व्यवहारमा आएन। साम्यवादलाई स्वीकार गर्नुछ भने सम्पूर्ण व्यवस्थालाई केन्द्रीकरण गर्नुपर्छ र कम्युन संचालित अर्थतन्त्र हुनुपर्छ। र, त्यो पनि कहिल्यै कहीँ व्यवहारमा आएन। समाजवादलाई स्वीकार गर्नुछ भने राज्यलाई प्रभावशाली बनाउनुपर्छ, उत्पादन राज्यको नियन्त्रणमा हुनुपर्छ र वितरण पनि राज्यले न्यायोचित किसिमले गर्नुपर्छ। त्यो पनि कहिल्यै कहीँ हुन सकेन। प्रजातान्त्रिक समाजवादमा उत्पादन व्यक्तिले गर्छ, वितरण प्रणालीमा राज्यले करका माध्यमबाट हस्तक्षेप गर्छ। त्यो कहीँ कहीँ थोरै अभ्यासमा आयो, सतप्रतिशत भने यो पनि अभ्यासमा आउन सकेन। वादहरू माथि लाखौं पृष्ठ लेखिए तर व्यवहारमा ल्याउन भने सकिएन।
हाम्रा पुरातन शास्त्रले भनेअनुसार न त मान्छे कामबाट मुक्त हुन सक्यो, न क्रोधबाट, न लोभबाट, न मोहबाट न मात्सर्यबाट। उदाहरणका लागि स्तालिन, माओ त्सेतुङ, फिडेल कास्त्रो, चियान चिङ, किम इल सुङ, चाभेज, पोलपोट। त्यसैगरी किम, ब्रेजनेभ, कास्त्रो, किम दे जोङ, ज्योति बसु र पुष्पकमल, लिङ बिआयो, बुखारिन, बाबुराम, नारायणकाजी, भ्लादिमिर पुटिन। शास्त्रले दखाएका दोषका यी प्रतिनिधि पात्र हुन्। नेपालको राजनीतिको रोग पनि यिनै प्रतिनिधि पात्रले भित्र्याएको हो।  
लेखको उठान घोषित मितिमा निर्वाचन हुने शंकाबाट भएको गरिएको छ। यी सबै हेर्दा घोषित समयमा निर्वाचन हुन नसक्ने कारण विद्यमान देखिन्छ। बेलैमा सजग हुने हो भने चाहिँ निर्वाचनलाई बाध्यात्मक बनाउने परिस्थितिको निर्माण गर्न पनि सकिन्छ। आगामी मंसिर ४ गते निर्वाचन सम्पन्न गर्न असफल तुल्याइयो भने सरकारको औचित्य समाप्त भयो भनेर कुनै न कुनै प्रकृतिको औचित्यविहीन आन्दोलन थालिनसक्छ। त्यस्तो आन्दोलनमा नेपाली जनता अभ्यस्त पनि छन्। त्यसका बहानामा फेरि अर्को विकृत सरकारको निर्माण हुन बेर लाग्नेछैन। त्यति बेला प्रजातन्त्रको त ठेगानै हुँदैन नै समृद्धि कुरा गर्नु पनि औचित्यहीन हुनेछ। त्यस अवस्थामा नागरिक नागरिक रहनेछैनन्। स्वतन्त्रता स्वतन्त्रता रहनेछैन र स्वाभिमान स्वाभिमान रहनेछैन।
अर्को समाचार
चुनावको विकल्प छैन : देव गुरुङ
३० साउन २०७०
•
१ मिनेट पाठ
चुनावको विकल्प छैन : देव गुरुङ
काठमाडौ - उच्चस्तरीय राजनीतिक समितिसँग छलफलमा जुटेको नेकपा- माओवादीका सचिव देव गुरुङले बैठकपछि चुनावको विकल्प नरहेको बताएका छन्। 'राष्ट्रियता गम्भीर संकटमा परेको बेला दलहरुबीच सहमतिको विकल्प छैन,' नागरिकन्युजसँग उनले भने, 'संविधान निर्माण, निर्वाचन र सरकार सबै सहमतिमा गर्नुपर्छ भन्ने हो।'

चुनावमा आउनसक्ने संकेत नेकपा-माओवादीबाट पाएपछि आज हुने भनिएको निर्णायक बैठक अझै लम्बिने देखिएको छ। उच्चस्तरीय राजनीतिक समिति र नेकपा-माओवादीबीचको वार्ता निष्कर्षमा पुग्न भने सकेन। बानेश्वरमा बसेको बैठकमा वैध माओवादीले आफूहरु चुनावमा आउन तयार भएको स‌ंकेत गरेको वार्तामा सहभागी एमाले नेता रघुजी पन्तले बताए।

'वैधजीहरु चुनामा आउँछु भन्नु भएको छ,' पन्तले भने-  'उहाँहरुलाई निर्वाचनमा ल्याउन के के गर्नु पर्छ त्यसको लागि फेरी अर्को छलफल हुने छ।'
असन्तुष्ट दलसँगको वार्ता साउनभित्रै ट‌ुङ्ग्याउने भन्दै समितिले तयारी गरेको थियो। माओवादीसँगको वार्ता सकिएलगत्तै मधेसी जनअधिकार फोरम नेपालसँग समितिले वार्ता गरिरहेको छ। यसपछि अशोक राई नेतृत्वको स‌घीय समाजवादी पार्टीसँग वार्ता हुने छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस