प्रदेश बन्न नसकेका प्रदेश
२३ फागुन २०८०
•
३ मिनेट पाठ
प्रदेश बन्न नसकेका प्रदेश
मुलुकको सत्ता गठबन्धन फेरिएको छ। प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालकै निरन्तरता भए पनि यो सरकारका साझेदार फेरिएका छन्। अरू कुन कुन दल सरकारमा सामेल हुने वा नहुने टुंगो नलागिसके पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ। कांग्रेसको ठाउँ प्रमुख प्रतिपक्ष रूपमा रहेको नेकपा (एमाले) उसको ठाउँमा भित्रिएको छ। नेपाली सन्दर्भमा सरकारले बेला न कुबेला कोल्टे फेरिरहनु सामान्य भएकाले आमजनतालाई यस्ता घटनाले खासै फरक पारेको देखिन्न।

तैपनि सरकार न हो, यता उता सर्नुको असर धेरथोर हुन्छ। संघीय सरकारमा हुने परिवर्तनका बाछिटाले मुलुकभरका सरकारलाई अस्थिर बनाउने गरेको देखिन्छ। संघीयताको असल अभ्यास र परम्परा भएका मुलुकमा संघीय सरकारको परिवर्तनले प्रदेशमा खासै प्रभाव पार्दैन । बरु मुलुकमा अहिले भइरहेको संघीयताको अभ्यासमा स्थानीय सरकार मात्र अविच्छिन्नरूपमा चलिरहेका छन्। संघमा सरकारका साझेदार फेरबदलसँगै प्रदेशमा नेतृत्व गर्ने दलहरूबीच पनि उकुसमुकुसको अवस्था सहजै अनुमान गर्न सकिन्छ। विगतका यस्ता घटनाले प्रदेश सरकार हल्लाएको सबैको स्मृतिमा छ। अहिले पनि कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा गरिसकेका छन्। गण्डकी र सुदूर पश्चिम सरकारका माओवादी केन्द्रका मन्त्री बर्खास्तमा परिसकेका छन्।

मुलुक संघीय संरचनाअनुसार अघि बढिरहेको छ। संविधानले नै संघ, प्रदेश र स्थानीय सरकारको सीमारेखा कोरिदिएको छ। यस अर्थमा चाहे जति सबैमा नभए पनि धेरै कुरामा यी सरकारहरू अधिकार सम्पन्न छन्। कतिपय कुरामा माथिल्ला सरकारको निगाह नचाहिने अवस्था पनि छ। तर पनि संघीयता लागु भएदेखि नै विशेषगरी प्रदेश सरकारले आफ्नो अधिकार बहन गरेर अघि बढ्न सकेको देखिएको छैन। प्रमुख दलका नेताहरूले प्रदेश सरकारलाई आफैं चल्ने वातावरण बनाएका छैनन्। कुनै न कुनै रूपमा प्रदेशलाई संघको छाँयामा राखेको अनुभव भइरहेको छ।

यतिबेला संघमा सरकार परिवर्तन भएको छ। यसको मतलव यो होइन कि सबै प्रदेशमा पनि यो रोग पल्कनै पर्छ। सरकारहरू जति अस्थिर भए त्यति नै विकास निर्माणदेखि सुशासनसम्म कमजोर हुन्छ। यस्तो अवस्थामा न उसले जनतालाई सेवा दिन सक्छ न भौतिक पूर्वाधारलगायत अत्यावश्यकीय कामकाज गर्न नै। यस्तो अवस्थाबाट मुक्ति पाउन अर्थात् संघकै जस्तो बेहाल हुनबाट प्रदेशहरूले आफूलाई बचाउन सक्नु पर्ने हो। विडम्बना, अहिलेसम्मको अभ्यासले यस्तो अनुभूति भएको छैन।

केन्द्रमा सरकार परिवर्तन भए पनि नवगठबन्धनमा जुन जुन दल सामेल छन्, सबै प्रदेशमा तत्तत् दलको मात्र सरकार बन्ने सम्भावना छैन । जस्तो– गण्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशमा अहिले नवगठबन्धनमा सहभागी दल मात्र मिलेर सरकार बन्न सक्ने देखिन्न। राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकिकृत समाजवादी) जस्ता दल यो गठबन्धनमा लाग्ने/नलाग्ने एकिन नभइसकेकाले यी प्रदेशका सरकार कायमै रहन्छन् वा फेरिन्छन् भन्ने टुंगो लागेको छैन । यस्तो अवस्थामा, कुनै दल जुनसुकै गठबन्धनमा लागे पनि प्रदेशको वास्तविकता, आवश्यकता र औचित्यका आधारमा सरकार बनाउने र त्यसलाई स्थिरता दिने प्रयास सबै दलबाट हुनुपथ्र्यो। किनकि यसो गर्नु संघीय संरचनामा प्रदेश सभासद्हरूको अधिकारकै कुरा हो। तर संघीय प्रणाली अपनाए पनि त्यसको मर्मचाहिँ स्वीकार गर्न गाह«ो भइरहेको छ। यसको असर एक, दुई प्रदेश हुँदै मुलुकभर परिरहेको छ।

संघमा जसको सरकार हुन्छ सबै प्रदेशमा उसैको सरकार हुनुपर्ने मान्यता संघीय प्रणालीले स्वीकार्दैन। प्रदेश र संघमा फरक फरक सरकार हुनु त झन् संघीय प्रणालीको सुन्दरता हो। यही वास्तविकता नबुझ्दा संघमा जति किचलो हुन्छ, त्यो सबैको प्रभाव प्रदेशसम्म पुग्ने गरेको हो। कतिपय कुरा प्रदेशले संघलाई सिकाउनुपर्ने हुन्छ। सरकार गठन र विघटनका सवालमा खासगरी प्रदेशका सभासद्हरू मिलेर स्थायित्व दिन सके भने त्यसबाट संघले पनि सिक्न सक्नेछ र अन्ततः मुलुककै  भलो हुने अवस्था सिर्जना हुन सक्नेछ।  
अर्को समाचार
दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा : मुख्यमन्त्री
१६ जेष्ठ २०७५
•
५ मिनेट पाठ
दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा :  मुख्यमन्त्री
जनकपुरधाम – प्रदेश २ मा सरकार गठन भएको सोमबार सय दिन पुगेको छ। उक्त अवसरमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सदनमा सरकारको सयदिने प्रगति विवरण सार्वजनिक गर्दै दसौं वर्षमा हुन नसकेका काम दस हप्तामा पुरा गरेको दाबी गरेका छन्।

सरकार गठन भएको सय दिनमा दसौं वर्षदेखि हुन नसकेको उपलब्धि प्राप्त भएको मुख्यमन्त्री राउतले दाबी गरे। खासगरी छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई मुख्यमन्त्रीले ठूलो उपलब्धि भएको बताएका छन्। मोदीको भ्रमणसँगै जनकपुरमा पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको दाबी गर्दै राउतले भने, ‘मोदीजीको भ्रमणले यो प्रदेशलाई ठूलो लाभ दिने संकेत गरेको छ। यो प्रदेश सरकारको लागि एउटा ठूलो उपलब्धि हो।’

जलविद्युत्को सम्भावना नै नरहेको प्रदेशमा वैकल्पिक रूपमा सौर्य ऊर्जा जडानका लागि नीतिगत काम पूरा भएको मुख्यमन्त्री राउतले बताए। करिब तीन सय मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि डिपिआरको काम सुरु भइसकेको छ। त्यस्तै, प्रदेश स्तरीय नीति आयोग गठन गरिसकेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘प्रदेशको समग्र विकासका लागि नीतिगत तयारी अघि बढिसकेको छ। केही वर्षभित्रै प्रदेशको समुन्नति देखिनेगरी काम अघि बढ्नेछ।’

उनले प्रदेश प्रहरी तालिम केन्द्र स्थापनाको लागि धनुषा, मिथिला नगरपालिकास्थित चमिनियाँमा जग्गा बन्दोबस्तीको लागि सर्वदलीय निर्णय भइसकेको बताए। मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई उच्च नश्लको दुधालु भैंसी वा गाई उपलब्ध गराउने तथा गोठ निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउने कार्यविधि तयार भई वितरणको प्रक्रियामा पुगेको जनाए।

प्रदेश सरकार सय दिनको २४ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले संविधानको अनुसूची ६ मा समावेश भएका २१ वटा अधिकारमध्ये अधिकांश विधेयक तयार हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे। ‘प्रदेशलाई शक्तिशाली बनाउने प्रदेश प्रहरी ऐन अन्तिम चरणमा पुगेको छ। यसका लागि विज्ञहरूसँग विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया गरी अन्तिम चरणमा पुगेको छ,’ सदनलाई सम्बोधन गर्दै राउतले भने, ‘त्यस्तै, प्रदेश लोकसेवा आयोग र प्रदेश निजामती कर्मचारी ऐन जस्ता शक्तिशाली विधेयकसमेत तयार भइसकेको छ।’ अहिलेसम्म आर्थिक कार्यविधि ऐन र विनियोजन ऐन प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भइसकेको उनले बताए।

छ वटा विधेयक प्रदेशसभामा दर्ता भइसकेको र नौ वटा विधेयक बनाउन मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति गरिसकेको उनले बताए। यी बाहेक प्रदेश विश्वविद्यालय, प्रदेश गुठी व्यवस्थापन, प्रदेश एफएम रेडियो र टेलिभिजन सञ्चालन, वैदेशिक रोजगारमा रहेका युवाहरूको परिवारलाई उपलब्ध गराउने सामाजिक सुरक्षासम्बन्धी महत्वपूर्ण विधेयक तयार भइसकेको जानकारी दिए।

त्यस्तै, बेटी बचाऊ, बेटी पढाऊ अभियानअन्तर्गत बारा, पर्सा र धनुषालगायत पाँच हजारभन्दा बढी बालिकालाई विद्यालय भर्ना गराएर केही बालिकाको प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीले अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे। गरिबीको रेखामुनि रहेका परिवारमा जन्मिने छोरीहरूको शिक्षा बिमा गर्ने तथा साइकल उपलब्ध गराउने कार्य सुरु गरिसकेको उनले बताए। स्वच्छता अभियान कार्यविधि, मधेस सहिद प्रतिष्ठान कार्यविधि, निर्वाचन क्षेत्र विकास कार्यविधि, सामाजिक विकास कार्यविधि, भौतिक निर्माण कार्यविधिलगायत सम्पूर्ण मन्त्रालयका कार्यविधि तयार गरी कार्य प्रारम्भ गरिसकेको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस