२६ भन्दा धेरै देशबाट सस आयात
२४ असोज २०७२
•
५ मिनेट पाठ
२६ भन्दा धेरै देशबाट सस आयात
काठमाडौं-गोलभेंडा, फर्सी जस्ता कृषिवस्तुबाट स्वदेशमा उत्पादन गर्न सकिने सस २६ भन्दा धेरै देशबाट आयात हुने गरेको छ । घरेलु, साना उद्योगलाई बढावा दिने नीति सरकारले लिएकै बेला तिनै उद्योगले उत्पादन गर्न सक्ने सस आयात निरन्तर बढिरहेको तथ्यांकले देखाउँछ ।

स्थानीय सामान्य प्रविधि र तालिमबाट उत्पादन गर्न सकिने सस गत आर्थिक वर्षमा ४७ करोड ७४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको अभिलेख अनुसार विभिन्न ३ शीर्षकमा उक्त रकमको सस आयात भएको छ ।

व्यवसायीहरु सरकारी नीतिकै कारण घरेलु तथा साना उद्योग फस्टाउन नसकेको बताउँछन् । 'सरकारको नीति साना र घरेलु उद्योगलाई बढावा दिने भन्दा पनि सामान आयात गरेर राजस्व संकलन गर्ने छ,' महिला उद्यमी महासंघकी अध्यक्ष रिता भण्डारीले भनिन्, 'खुला अर्थतन्त्र भन्दैमा जथाभावी सामान आयात गर्दा स्थानीय उत्पादन घट्दै गएका छन् ।'

केन्द्रको तथ्यांकअनुसार सस शीर्षकमा ३७ करोड ५० लाख ९० हजार रुपैयाँको आयात भएको छ । यो सस आयात हुने देश २६ वटा छन् । बंगलादेश, चीन, जापान, कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, युएई, भारत, इजिप्ट, दक्षिण अफ्रिका, ट्युनिसिया, श्रीयालियोन, अमेरिका, अष्ट्रिया, बेल्जियम, जर्मनी, इटाली, नेदरल्यान्ड, बेलायत र पोल्यान्डबाट आयात भएको छ ।

नेपालमा आयात हुने अर्को सोया सस हो । ४ लाख ५ हजार २ सय ३० केजी सोया सस २ करोड ६८ लाख ९४ हजार रुपैयाँ तिरेर ल्याइएको छ । यो सस चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, थाइल्यान्ड, युएई, भारत र इटालीबाट ल्याइएको छ ।

नेपालमा आउने अर्को सस हो– टोमाटो केचप एन्ड सस । ७ करोड ५५ लाख ९ हजार रुपैयाँको ४ लाख ५७ हजार ९ सय ७० केजी टोमाटो केचप एन्ड आयात भएको छ । यो चीन, जापान, कोरिया, सिंगापुर, थाइल्यान्ड, युएई, भारत, अमेरिका र इटालीबाट ल्याइएको छ ।

के नेपालमा नेपाली बजारलाई पुग्ने गरी सस उत्पादन हुन सक्दैन ? सात समुद्रपारिबाट ल्याउनैपर्ने स्थिति छ त ? महासंघकी अध्यक्ष भणडरी भन्छिन्, 'दुई वर्ष दुःख गर्ने हो भने हामीले घरेलु बजारलाई पुग्ने सस उत्पादन गर्न सक्छौं ।'

विश्व व्यापार संगठनको प्रवेशसँगै जताबाट जस्तो पनि सामान ल्याउँदा नेपाली उत्पादन मर्कामा परेको भण्डारी बताउँछिन् । खुला अर्थतन्त्र भन्दैमा चाहिने, नचाहिने सामान ल्याउने प्रचलन बढेको र देशमा उत्पादन हुने सामान पनि बारिहबाट ल्याउँदा स्थानीय उत्पादनलाई मर्का परेको उनको ठहर छ ।

'हामीलाई चाहिने कच्चा पदार्थ मात्र ल्याउनु पथ्र्यो,' भण्डारीले भनिन्, 'तर, हाम्रो देशमा उत्पादन हुने पनि जथाभावी ल्याउँदा यस्तो स्थिति भएको हो ।' यस्तो हुनुमा खास गरी सरकारी नीति नै खराब रहेको उनको ठहर छ । सरकारले नेपाली उत्पादन बढाउने भन्दा राजस्व बढी उठ्ने नीति लिँदा जे पनि आयात भएको उनी बताउँछिन् ।

अरु देशमा नभई नहुने र आफ्नो देशमा उत्पादन नहुने सामान मात्र विदेशबाट ल्याउने नीति रहेको उनको भनाइ छ । 'नेपालमा उल्टो छ,' उनले भनिन् । राज्यले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने र चाहिने विदेशी सामान मात्र आयात गर्ने नीति लिनुपर्ने उनको भनाइ छ ।

विदेशी सस्तो सामानले स्थानीय उत्पादनलाई असर गरेको व्यवसायीको भनाइ छ । कच्चा पदार्थ, श्रम, लगानी कम पर्ने भएकाले विदेशबाट आयात गर्दा सस्तो पर्छ । राम्रो प्याकिङ र सस्तो मूल्यका विदेशी सामानसँग प्रतिस्पर्धा गर्न स्वदेशी उत्पादनलाई गाह्रो भएको भण्डारीको भनाइ छ ।
अर्को समाचार
केराउ आयात २५ मुलुकबाट
०७ माघ २०७१
•
४ मिनेट पाठ
केराउ आयात २५ मुलुकबाट
काठमडौं-हामीले खाने केराउ २५ वटा मुलुकबाट आयात हुदै आएको छ। आयात बढ्दै गएको अवस्थामा आयात गर्ने देशहरू पनि बढ्दै गएका छन्। पाँच वर्षको अवधीमा २५ वटा देशबाट मुलुकबाट हरियो, सुख्खा र काउली केराउ आएत भएको देखिन्छ।आयात मुलुक बढेसँगै केराउको आयातमा पनि दोब्बर हुदै बढेको छ। गत वर्ष मात्रै झन्डै साढे २ अर्ब रुपैयाको केराउ आयत भएको छ। यो आयाता पाँच वर्षको अवधीमा झन्डै दोब्बरभन्दा धेरै हो। आर्थिक वर्ष २०६५/६६ मा १ अर्ब २१ करोड ६३ लाखको केराउ आयातको व्यापार, निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख गरिएको छ। 
छिमेकी राष्ट्र भारत र चीन बाहेक केराउत आयत गर्ने देशहरूमा अस्ट्रेलिया, क्यानडा, अमेरिका,य युक्रेन, अर्जेन्टिना, फ्रान्स, रिसया, थाइल्यान्ड, टर्कि, युएइ, चीन, डेनमार्क, इन्डोनेसिया, इटाली, मलेसिया, मोजाम्विक्वी, म्यानमार, कतार, सिंगापुर लगायतका देश छन्। भारत, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युक्रेनबाट पाँच वर्षको अवधीमा निरन्तर रुपमा आएका छन्। 
गत वर्ष आयात भएको जम्मा केराउ मध्ये सुख्खा (ड्राइ) केराउ १ अर्ब ४३ करोड ३७ लाख ८८ हजार ७ सय ४८ रुपैयाको आयत भएको छ। यो केराउ ११ देशबाट आएत भएको छ। 
यो वर्ष काउली केराउ १ अर्ब १ करोड १७ लाख ९५ हजार ८ सय ६६ रुपैयाको आएको छ। यो भारत बाहेक अर्जेन्टिना, क्यानडा, उक्रेन, अस्ट्रेलियाबाट आएको देखिन्छ। गत आर्थिक वर्षमा हरियो केराउ १ करोड, १० लाख ४ हजार ६ सय १६ रुपैयाको आएको छ। यो केराउ चीन, भारत र अेमेरिकाबाट आएको देखिन्छ। 
व्यापारको ट्रेन्ड जता जान्छ व्यापारी पनि त्यही मुलुक पुगेर सामान ल्याउने व्यापार, निकासी तथा प्रवर्द्धन केन्द्रका वरिष्ट अधिकृत कृष्णराज बजगाँइ बताउँछन्। उनका अनुसार व्यापारीहरू विभिन्न देश पुगेका हुन्छन् जहाँ सस्तो र ल्याउन सजिलो हुन्छ त्यहीबाट सामान उठाउँछन्। सामान महंगो पर्यो भने अर्को वर्ष अर्को देश पुग्छन्। 
त्यस्तै हरेक वर्ष आयात देश थपिदै जानुमा मल्टिनेसनल कम्पनीले गर्दा पनि भएको बजगाँको भनाइ छ। जुन देशमा गए पनि एउटै कम्पनी भएपछि जहाँ सस्तो पर्छ त्यही देशबाट व्यापारीले सामान ल्याउँछन्। यसै कारण नयाँ नयाँ देश थपिदै गएको बजगाइ बताउँछन्। 
नेपालबाट अहिलेसम्म ११ मुलुकमा केराउ निर्यात भएको देखिन्छ। पाँच वर्षको अवधीमा भारत, चीन, हङकङ, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, इटाली, मलेसिया, सिंगापुर, युएइमा निर्यात भएको छ। गत वर्ष भने भारत, बेलायत र अमेरिकामा ९ लाख ७७ हजार ९ सय ४० को मात्र निर्यात भएको तथ्यांक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस