काठमाडौं- माग अनुसारको दलहन बाली उत्पादन नहुँदा हरेक वर्ष अर्बौं रुपैयाको दाल विभिन्न देशबाट आयात हुने गरेको छ। दैनिक खानामा प्रयोग हुने दालको माग बढिरहेको बेला विभिन्न ६ देशबाट पौने २ अर्ब दाल आयात भएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार ६ देशबाट एक अर्ब ७५ करोड १५ लाख रुपैयाँभन्दा धेरैको दाल आएको छ। यस वर्ष भारतको तीन महिनादेखिको नाकाबन्दीले दालसहित दैनिक खाद्यान्न अभाव हुँदा मूल्यसमेत अकासिएको छ। यस वर्ष आयातमा प्रभाव भए पनि पोहोर साल भने म्यानमार, चीन, भारत, क्यानडा, अमेरिका र अस्ट्रेलियाबाट दाल आयात भएको छ।
प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गतवर्ष सबैभन्दा धेरै दाल क्यानडाबाट आएको छ। त्यहाँबाट गत वर्ष एक अर्ब ३० करोड ८६ लाखको दाल आयात भएको छ। क्यानडापछि सबैभन्दा धेरै दाल आयात हुने देशमा अस्ट्रेलिया छ। अस्ट्रेलियाबाट १६ करोडको दाल आएको छ भने भारत तेस्रो स्थानमा छ। भारतबाट गत वर्ष १३ करोड रुपैयाँको दाल आएको तथ्यांकमा उल्लेख छ।
बजारको माग अनुसार दाल उत्पादन नभएकाले आयातमा अवरोध हुँदा मूल्य अकासिएको थियो। भारतले नाकाबन्दी गर्दा दैनिक उपभोग्य खाद्यान्नको मूल्य अकासिएको थियो। आयातमा निर्भर हुँदा उपभोक्ताले धेरै मूल्य तिर्न परेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यले बताए। 'आयातमा अवरोध हुँदा मूल्य अकासिएको हो,' बज्राचार्यले भने, 'सामान हुँदाहुँदै पनि केही ठूला व्यवसायीको कारण उपभोक्ताले धेरै मूल्य तिर्नु पर्योो।'
नेपालमा उत्पादन हुने केही दालको माग अन्तर्राष्ट्रिय बजारमा समेत रहेको विज्ञ बताउँछन्। नेपालमा उत्पादन हुने मुसुरोको माग अन्य मुलुकमा पनि छ। केही मात्रामा नेपालबाट पनि दाल निर्यात भएको देखिन्छ। नेपालमा तीन लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा दलहन बाली लगाइन्छ। उक्त क्षेत्रफलमा २ लाख १० हजार टनभन्दा धेरै उत्पादन हुने गरेको सरकारी तथ्यांक छ।
विज्ञका अनुसार दलहन बाली उत्पादनले किसानले छोड्दै गएका छन्। लगानी अनुसारको प्रतिफल नआउने र आयातित दालभन्दा महँगो पर्ने भएकाले किसान मर्कामा परेको उनीहरूको भनाइ छ। राम्रो बिउ नहुने, समयमा मलको व्यवस्था नहुने र राम्रो सिँचाइको सुविधा नहुँदा चाहे अनुसारको उत्पादन हुन सकेको छैन।
भारत सरकारले हरेक वर्ष किसानलाई सहुलियत थप्दै गएको तर नेपालमा भने किसानको लागि विशेष प्याकेज नहुँदा उत्पादनमा असर गरेको छ। कृषि विज्ञका अनुसर दलहन जस्ता उत्पादन बढाउन सरकारले विशेष सुविधा दिनुपर्छ। निश्चित क्षेत्रमा विशेष अध्ययन गरेर कुन बाली उत्पादन हुनसक्छ त्यसै अनुसारको किसानलाई सिफारिस गर्नुपर्ने विज्ञको भनाइ छ। अध्ययनविनै दलहन बाली लगाउँदा उत्पादन राम्रो हुन नसकेको विज्ञको भनाइ छ।