काठमाडौं- स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि विदेशबाट गत वर्ष झन्डै सवा अर्ब रुपैयाँको बिस्कुट आयात भएको छ। स्वदेशी बजार माग धान्न विश्वका विभिन्न २८ देशबाट उक्त परिणाममा बिस्कुट आयात भएको हो।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार विदेशबाट एक अर्ब १३ करोड ८० लाख रुपैयाँभन्दा धेरैको बिस्कुट आयात भएको छ। विभिन्न २८ मुलुकबाट बिस्कुट ल्याइएको छ।
तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै बिस्कुट छिमेकी देश भारतबाटै आयात हुन्छ। गत वर्ष भारतबाट ९६ करोड ३४ लाख ५० हजार रुपैयाँभन्दा धेरैको बिस्कुट आयात गरिएको थियो। भारतलाई पछ्याउँदै इन्डोनेसिया, मलेसिया, स्पेन र बेलायतबाट एकदेखि पाँच करोडसम्मको बिस्कुट ल्याइएको छ। अन्य देशबाट भने लाख हाराहारीको विस्कुट आउने गरेको छ।
तथ्यांक अनुसार नेपालले बिस्कुट ल्याउने अन्य देशमा बंगलादेश, चीन, हङकङ, जापान, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, युएई, भियतनाम, क्यानडा, कोलम्बिया, अमेरिका, अस्ट्रिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली नेदरल्यान्डस्, स्विटजरल्यान्ड र टर्की छन्।
स्थानीय उत्पादनको गुणस्तर राम्रो नभएर सवा अर्बको बिस्कुट आयात भएको भने होइन। 'नेपालमा बिस्कुट उत्पादनको अवस्था राम्रो छ,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, 'उच्चस्तरका केही बिस्कुट मात्र विदेशबाट आयात भइरहेका छन्।' स्वदेशमा गुणस्तरीय उत्पादन बढ्दै गए पनि महँगा, उच्च स्तरका बिस्कुट भने विदेशी नै प्रयोग भइरहेको व्यवसायी बताउँछन्।
नेपालमा सस्तादेखि राम्रा उत्पादनहरू रहेको मुरारकाले बताए। नेपालमा सस्तो खालको बिस्कुट, कुकिज उत्पादन राम्रो भएको उनले बताए। 'सस्तो खालका बिस्कुट, कुकिज उत्पादन गर्ने उद्योग धेरै छन्,' मुरारकाले भने, 'कतिपय नेपाली बिस्कुट निर्यात पनि भइरहेका छन्।'
व्यवसायीका अनुसार सानाबाहेक ठूला लगानीका १५–२० बिस्कुट उद्योग छन्। ती उद्योगले बिस्कुट उत्पादन र गुणस्तर दुवै बढाउँदै लगेको व्यवसायी बताउँछन्। नेपालमा स्थापित केही कम्पनीले अन्तर्राष्ट्रिय स्तरका बिस्कुट उत्पादन गरिरहेको बताइन्छ। व्यवसायीका अनुसार नेपालमा उत्पादित बिस्कुट आयातितसँग प्रतिस्पर्धा सक्ने खालका छन्। स्वदेशी बिस्कुट उद्योगमा लगानी पनि निकै भइसकेको छ। बजार पनि विस्तारै बढिरहेको छ। उनीहरूका अनुसार स्वदेशी बिस्कुटको माग वार्षिक १२ प्रतिशतका दरले बढिरहेको छ।
व्यवसायीका अनुसार स्थानीय उत्पादनले आफ्नो बजार विस्तार गरिरहेका छन्। लगानीको राम्रो वातावरण, आवश्यक विद्युत र दक्ष जनशक्ति भए नेपालको माग पूरा गर्न सकिने व्यवसायीले बताए।
स्थानीय उत्पादन बढिरहे पनि आयाति बिस्कुटसँग भने राम्रै प्रतिस्पर्धा गर्नुपर्छ। स्वदेशी उत्पादनले बजार विस्तार बढाउन जनस्तरसम्म प्रचार गर्नुपर्ने बताइन्छ। नेपाली बिस्कुट उद्यमीले उत्पादन गुणस्तरीय गरिरहे पनि उचित ढंगले प्रवर्द्धन गर्न सकेका छैनन्।
स्वदेशका केही उद्योगले ३० प्रकारसम्मका बिस्कुट उत्पादन गरिरहेका छन्। उनीहरुले मासिक १५ सय टनभन्दा धेरै उत्पादन गर्ने बताइन्छ। व्यवसायीका अनुसार घरेलु मागको ६० देखि ७० प्रतिशत स्वदेशी बिस्कुटले पूरा गरिरहेका छन्। उनीहरूका अनुसार नेपालका कतिपय बिस्कुट पनि हुन्छन्।
बढिरहेको बजार माग पूरा गर्न स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय 'मल्टिब्रान्ड' कम्पनीले पनि नेपालमै बिस्कुट उत्पादन गर्न थालेका छन्। भारतको बहुराष्ट्रिय कम्पनी पार्लेले नेपालमै प्लान्ट खोलेर बिस्कुट उत्पादन गरिरहेको छ।
स्वदेशी बिस्कुटको गुणस्तर अझै बढाउन सके आयातितसँग प्रतिस्पर्धा गर्न सजिलो हुने सरोकारवाला बताउँछन्।