काठमाडौं- निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य बुधबार चार वर्षकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। स्वदेशी बजारमा बुधबार तोलाको ४८ हजार रुपैयाँमा यसको किनबेच भयो।नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य चार वर्षकै सबैभन्दा कम भएको जनाएको छ। बजार विश्लेषक र व्यवसायीले पहेंलो धातुको मूल्य अझै तल झर्ने अनुमान गरेका छन्।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४८ हजार रुपैयाँ कायम भएको छ। चार वर्षअघि २०६८ साउन २३ गते ४७ हजार ५ सय रुपैयाँमा सुन किनबेच भएको थियो। त्यसपछि २०७० असारमा प्रतितोला ४८ हजार १ सय रुपैयाँमा झरेको थियो।
तेजावी सुन प्रतितोला ४७ हजार ७ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले छ।
सुनको मूल्यमा उतावचढाव आइहरको बेला पछिल्लो मूल्य लगातार घटिरहेको छ। पछिल्लो समय सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजार र स्वदेशी बजेटको मुख्य हात भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुुनको मूल्य लगातार घटिरहेको छ। तेलको मूल्यमा गिरावट र डलर बलियो हुँदा सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन्। समाचारअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ वर्षकै सबैभन्दा कम अंकमा झरेको छ। अहिले अमेरिकी डलर बलियो हुँदै गएकाले सुनको मूल्य कम भइरहेको विश्लेषकको भनाइ छ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घट्नुलाई पनि सुनको मूल्यसँग जोडेर हेरिएको छ। द इकोनोमिक्सका अनुसार अन्तर्राष्ट्रिय राजनीतिले पनि सुनको मूल्य घटाउन दबाब दिइरहेको छ। ग्रिसको आर्थिक संकट र मध्यपूर्वको राजनीतिक उतारचढावले सुनको मूल्य घटाउन भूमिका खेलेको विश्लेषक बताउँछन्।
नेपालमा सुन उत्पादन नहुने भएकाले अन्तर्राष्ट्रिय बजारमा आउने उचारचढावबाट प्रभावित हुन्छ। अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय मूल्य घटिरहेकाले नेपाली बजारले पनि त्यही बाटो समातेको महासंघका शाक्यले बताए।
स्वदेशी बजारमा अहिले सुनको मूल्य घट्नुको अर्को मुख्य कारण आर्थिक वर्ष २०७२/०७३ को बजेट पनि हो। बजेटले सुन आयातमा विशेष सुविधा दिएको छ। 'नयाँ बजेटले एक किलो सुन आयातमा एक लाख रुपैयाँको भन्सार महसुल छुट दिएको छ,' शाक्यले भने, 'यो सुविधाले सुनको मूल्य घटाउन सहयोग गरेको छ।' भन्सार महसुल कटौतीले प्रतितोला मूल्य हजार रुपैयाँ हाराहारी घटाएको छ।
यसअघि एक किलो सुन आयात गर्दा ५ लाख २० हजार रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने व्यवस्था थियो। बजेटले यसमा १ लाख रुपैयाँ छुट दिएपछि अब एक किलो सुन आयात गर्दा ४ लाख २० हजार रुपैयाँमात्र राजस्व तिरे पुग्छ।
व्यवसायीको माग अनुसार दिइएको यो छुटले नेपालमा फस्टाएको सुनको कालोबजारीलाई निरुत्साहित गराउने व्यवसायीको भनाइ छ।
बजेटले स्थानीय सुन तथा गरगहना व्यावसायलाई प्रवर्द्धन गर्न भन्दै तयारी गरगहना आयातमा लाग्ने भन्सार महसुल पनि बढाएको छ। अहिले तयारी गरगहना आयातमा १५ प्रतिशत कर भन्सार लाग्छ। यसअघि ११.७५ प्रतिशतमात्र लाग्थ्यो।
तयारी गरगहनामा बढाएको महसुलले स्वदेशी उत्पादनलाई राहत मिल्ने शाक्यले बताए। नेपालमा उत्पादित गरगहनाभन्दा आयातित सस्तो पर्छ। यसो हुँदा स्थानीय उत्पादनले बजार पाउँदैन।
उतारचढाब भइरहेको सुनको बजारको कारोबार वैशाख १२ गतेको भूकम्पले केही समय ठप्प बनाएको थियो। जसले गर्दा स्टक सुन बिक्री हुन पाएन। त्यसपछि जेठ, असारको अफ सिजन सुरु हुँदा सुन कारोबार बढ्न पाएन।
निरन्तर घटिरहेको सुन बजारको भविष्य अब पनि अन्तर्राष्ट्रिय बजारमै निर्भर हुनेछ। व्यवसायीले अ्कभ केही समय घट्ने प्रक्षेपण गरेका छन्।
मूल्य घट्दै गएको र तिजको सिजन सुरु भएकाले अब बजार तात्ने अपेक्षा व्यवसायीको छ। 'तिजको सिजनले कारोबार बढाउने विश्वास लिएका छौं,' शाक्यले भने।