काठमाडौं– आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५० हजार ५ सय रुपैयाँ कायम भएको छ। एघार दिनदेखि सरकारी छानबिनको विरोधमा पसल बन्द गरेका सुनचाँदी व्यवसायीले शनिबारबाट पसल खोलेका हुन्।आइतबारदेखि उनीहरुले सुनको नयाँ मूल्य कायम गरी तोलाको ५० हजार ५ सय रुपैयाँमा कारोबार गरेका हुन्।
जेठ २८ गते सुन तोलाको ५३ हजार रुपैया“मा कारोबार भएको थियो। त्यसयता पसल बन्द हुँदा सुनको नयाँ मूल्य निर्धारण भएको थिएन्। नयाँ मूल्यसँगै सुन २ हजार ५ सय रुपैयाँले सस्तो भएको छ। जेठ २८ गते ८ सय ७४ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलाको ८ सय २४ मा कारोबार भयो।
अनुगमगन मापदण्ड र व्यवसायीलाई कारवाही नगर्ने माग राख्दै पसल बन्द गरेका व्यवसायीले वाणिज्य बैंकबाट सुन पनि उठाएका थिएनन् र नयाँ भाउ पनि तोकेका थिएनन्। शुक्रबार सरकार र व्यवसायीबीच तीन बुँदे सहमति भएपछि शनिबारदेखि पसल खुलेका हुन।