काठमाडौं, भदौ २० (नागरिक)-भदौ लागेदेखि नै लगातार बढिरहेको सुनको भाउ बुधबार तोलाका २ सय रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ।
मंगलबारको तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुन बुधबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको हो। सेयर बजारका लगानीकर्ता सुनमा आकर्षित हुनु, डलर युरोको तुलनामा कमजोर बन्नुलगायत कारणले अन्तर्राष्ट्रिय बजारमै अहिले सुनको भाउ आकासिएको छ। यसको असर नेपाली बजारमा पनि देखिएको हो।
भदौ पहिलो सातादेखि नै दिनैपिच्छेजस्तो सुनको भाउले नयाँ कीर्तिमान राख्दै आएको छ। बुधबारको भाउ पनि हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको बुधबार तेजावी सुन भने ५९ हजार ९ सय ५० रुपैया"मा कारोबार भएको छ। मंगलबार तेजावी सुन तोलाको ५९ हजार ७ सय ५० रुपैया"मा कारोबार भएको थियो।
बुधबार साँझ अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही कम भएको छ। यसले गर्दा विहिबार भाउ स्थिर वा केही कम हुनसक्ने व्यवसायीहरुले बताएका छन्। बुधबार बिहानको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुन साँझ प्रतिऔंस करिब ५ डलर कम भइसकेको छ। बुधबार साँझ अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ६ सय ९१ डलरको हाराहारीमा कारोबार भएको छ।
चाँदीको भाऊ पनि बुधबार केही बढेको छ। मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँ बढेर चाँदी बुधबार ११ सय ६० मा कारोबार भएको छ।