विष्णु पोखरेल, काठमाडौं, कात्तिक २४- अमेरिका र युरोपेली मुलुकका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ अकासिएपछि नेपालमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ बढेको छ।
तिहारपछि बजार खुलेको पहिलो दिन मंगलबार सुन तोलाको ३९ हजार ६ सय रुपैयाँमा कारोबार भयो। यो अहिलेसम्मको सबैभन्दा बढी मूल्य हो।
तिहारअघि बजार बन्द हुँदा ३८ हजार ६ सय थियो। सुनको प्रभाव चाँदीको मूल्यमा पनि परेको छ। बजारमा चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेर ७ सय ७५ रुपैयाँ पुगेको छ।
'अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बढ्यै छ,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'यसको असर स्थानीय बजारमा पनि परेको हो।' उनले मंगलबारको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस १ हजार ४ सय १० अमेरिकी डलरलाई आधार मानेर स्थानीय मूल्य तोकिएको बताए। मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ४ सय २० डलरसम्म पुगेको छ।
अमेरिका र युरोपेली मुलुकहरुमा देखिएको आर्थिक समस्याका कारण सुन अझ महँगो हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। सञ्चार माध्यमहरुका अनुसार सुनको भाउ प्रतिऔंस १ हजार ४ सय ७५ डलरसम्म पुग्न सक्नेछ।
अमेरिकी सरकारले आर्थिक मन्दीलाई सम्बोधन गर्न अहिले बजारमा डलर प्रवाह बढाएको छ। यसले मूल्यवृद्धि भई डलर कमजोर हुने आशंकाले सर्वसाधारणले सुनमा लगानी सुरु गरेका छन्। अमेरिकी बजारमा अहिले माग बढेकाले सुनको भाउ बढ्न सहयोग पुगेको विश्लेषकहरुको भनाइ छ।
अमेरिकाजस्तै युरोपेली मुलुकमा पनि सर्वसाधारण सुनमा लगानी गर्न थालेका छन्। युरोपका अधिकांश मुलुकका सरकारले प्रवाह गरेको ऋण असुली हुन सकेको छैन। यसले युरो पनि कमजोर हुने आशंका पैदा गरेको छ। सर्वसाधारण युरोको मूल्य अवमूल्यन हुनु अगावै सुन खरिद गरेर ढुक्क हुन चाहेको विश्लेषकहरुको तर्क छ।
'यो अहिलेसम्मको सबैभन्दा बढी मूल्य हो,' अझै केही दिनअघि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्ला जस्तो छैन,' शाक्यले भने, 'अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले दिएका बचन पूरा गर्न नसक्दा अमेरिकी अर्थतन्त्रमा हलचल मच्चिएको छ,'। यसले सुनमात्र होइन, सबैखाले कमोडिटीको भाउ बढाएको छ,' शाक्यले भने।
भारतबाट अवैध आयात जारी
राष्ट्र बैंकले सुन बिक्री गरे पनि भारतबाट अवैध रुपमा नेपाल भित्रिन छाडेको छैन। शाक्यले भारतबाट अवैधरुपमा सुन आइरहेको बताए। सरकारले कानुनीरुपमा सुन ल्याउन बाटो खुल्ला नगर्दा यहाँ बिक्री हुनेमध्ये ५० प्रतिशत सुन अवैधरुपमा भारतबाट आइरहेको उनको दाबी छ।
शाक्यले राष्ट्र बैंकबाट खरिद गरेको सुन तिहारअघि नै सकिएको बताए। 'अहिले बजारमा राष्ट्र बैंकले दिएको सुन बाँकी छैन,' उनले भने।
अर्कोतिर बजारमा भाउ बढेको मौका छोपी व्यवसायीहरुले राष्ट्र बैंकसँग किनेको सुन बढी नाफा लिएर बेचेका छन्। व्यवसायीलाई तोलामा २ हजार ५ रुपैयाँ बढी मूल्यमा सुन बिक्री गर्ने मौका मिलेको छ। व्यवसायीले गत मंगलबार राष्ट्र बैंकसँग प्रतितोला ३७ हजार ५ सय ९५ रुपैयाँमा किनेका थिए। हालसम्म राष्ट्र बैंकले बोलकबोलमार्फत ३ सय ९ किलो सुन र ३ हजार ३१ किलो चाँदी बिक्री गरेको छ।