काठमाडौं, जेठ २२ (नागरिक) - करिब एक वर्षदेखि लगातार बढिरहेको सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ नजिक पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा एकै दिन भाउ ह्वात्तै बढेपछि नेपालमा आइतबार तोलाको करिब ५७ हजार पुगेको हो।
गत शुक्रबारको दाँजोमा शनिबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ७० अमेरिकी डलरले महँगिएपछि आइतबार यहाँ तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भयो।
सधैं अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि यहाँ आकासिने गरे पनि यसपालि भने नेपाली मुद्रा अवमूल्यनले समेत भूमिका खेलेको छ। अमेरिकी डलरको तुलनामा रुपैयाँ हालसम्मकै कमजोर भएपछि आयात लागत बढेर सुनको भाउ उच्च भएको हो। आइतबार १ अमेरिकी डलर बराबर ८९.१० रुपैयाँ मूल्य तोकिएको थियो।
आइतबार अन्तर्राष्ट्रिय बजारमा कारोबार बन्द हुने भएकाले नेपाली व्यवसायीले शनिबार साँझको मूल्यलाई आधार मानेर भाउ तोकेका हुन्। शनिबार प्रतिऔंस १ हजार ६ सय २४ डलरहाराहारीमा कारोबार बन्द भएको थियो। शुक्रबार भने १ हजार ५ सय ५८ डलर कायम थियो।
युरोपमा देखिएको आर्थिक समस्याले त्यहाँको सेयर बजार गिरावट आउँदा सुनको माग बढेको छ। डलर बलियो भएपछि विगत वर्षमा सुनको भाउ लगातार घट्ने गर्थ्यो। यस पटक भने डलर बलियो हुँदा पनि भाउ खासै घट्न सकेको छैन। 'अन्तर्राष्ट्रिय बजारमा अहिले अनुमानै लगाउन नसकिने उतार चढाव आएको छ,' नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेेजरत्न शाक्यले भने, 'कहिले बढ्छ र कहिले घट्छ टुङ्गै छैन।'
यहाँ भने शुक्रबारको तुलनामा आइतबार एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो। यसअघि गत वैशाख २२ मा सबैभन्दा महँगो भएको थियो। त्यस दिन तोलाको ५६ हजारमा कारोबार भएको थियो। आइतबारको भाउ त्यसबेलाभन्दा तोलामा ८ सय रुपैयाँले बढी हो।
शुक्रबार तोलाको ५५ हजार २ सयमा कारोबार भएको थियो। शनिबार बिदा परेका कारण व्यवसायीले भाउ तोकेका थिएनन्। आइतबार तेजाबी सुन ५६ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ। चाँदी १ हजार ५७ रुपैयाँ छ।
मूल्य एक्कासि बढेपछि आइतबार बेच्न आउनेको संख्या ह्वात्तै बढेको शाक्यले बताए। 'बढेको थाहा पाएर किन्न भन्दा बेच्न आउने धेरै छन्,' उनले भने, 'अहिले अफ सिजन भएकाले कारोबार खासै छैन।' जेठ लागेपछि सुन कारोबारमा कमी आएको उनले बताए।
विवाहको मौसममा दैनिक ३५ किलो सुन कारोबार हुने गरे पनि अहिले दैनिक १० देखि १५ किलोमात्र भइरहेको छ।
सरकारले हाल वाणिज्य बैंकहरूलाई दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ। अहिले बैंकहरूले आयात गरेको सुन बिक्री भएको छैन।
भारतबाट अवैध आयात भइरहेकाले बैंकको सुन बिक्री हुन नसकेको व्यवसायी नै बताउँछन्। 'हामीले अवैध आयात रोक्न भन्सार विभागलाई आग्रह गरेका छौं,' शाक्यले भने, 'त्यो रोक्न सरकारले नै पहल गर्नुपर्छ।'