काठमाडौं– नेपाली बजारमा मंगलबार प्रतितोला छापावाल सुनको भाउ दुई सयले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ। यसअघि फागुन ५ गतेदेखि ५ व्यापार दिनसम्म ५५ हजार ५ सय रुपैयाँमा स्थिर रहेको सुनको मूल्य मंगलबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तेजाबी सुन ५५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहको छ। सोमबारको बजारमा प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको भाउ पनि मंगलबार पुनः ५ रुपैयाँले नै बढेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।