काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन्। गत शुक्रबार गरिएको निर्णय मंगलबारबाट लागू भएको हो। नयाँ भाडा दरअनुसार यात्रुले न्यूनतम १ सय २५ देखि अधिकतम ३ सय ८७ रुपैयाँसम्म कम भाडामा उडान गर्न पाएका छन्। वायुसेवा कम्पनीहरूले करिब नौ महिनापछि पहिलो पटक भाडा घटाएका हुन्। नेपाल आयल निगमले 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर १० रुपैयाँले घटाएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका हुन्। आयल निगमले गत बिहीबार मध्यरातबाट लागू हुने गरी हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएर १ सय ४३ बाट १ सय ३३ बनाएपछि निजी वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले भाडा घटाएको हो।
हवाई इन्धनको भाउ बढेपछि वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा वृद्धि गर्ने गर्छन्। यो वृद्धि हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई बढेको भाडाकै रूपमा लिन्छन्। अहिले भने सरचार्ज घटेपछि यात्रुलाई केही राहत भएको छ।
'घटेको नयाँ भाडा दरमा उडान गर्न थाल्यौं,' सिमि्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले मंगलबार नागरिकसँग भने, 'सबै आन्तरिक वायुसेवाले न्यूनतम १ सय २५ देखि अधिकतम ३ सय ८७ रुपैयाँसम्म फ्युल सरचार्ज घटाएका छन्।'
नयाँ भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान अब ३ हजार २० रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ९ सय ८ रुपैयाँ तिरे पुग्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्।
वायुसेवाहरूले माउन्टेन फ्लाइटलाई ३ सय ७५ रुपैयाँ, पोखरा १ सय ६९, भैरहवा २ सय ६, विराटनगर २ सय ४०, नेपालगन्ज २ सय ९४, भद्रपुर २ सय ७५, तुम्लिङटार २ सय ७, जनकपुर १ सय ५०, भरतपुर १ सय ३० तथा लुक्लाका लागि १ सय ३५ रुपैयाँ घटाएका हुन्।
अब माउन्टेन फ्लाइटका लागि १० हजार २ सय ८५, पोखरा ४ हजार ८ सय १, भैरहवा ५ हजार ८ सय ७९, विराटनगर ६ हजार ५ सय ९५, नेपालगन्ज ८ हजार १ सय ४१, भद्रपुर ७ हजार ४ सय ९०, तुम्लिङटार ४ हजार ८ सय ७३, जनकपुर ४ हजार १ सय, भरतपुर ३ हजार ५ सय ४० तथा लुक्लाका लागि ४ हजार ३ सय १५ रुपैयाँ तिर्नुपर्छ।
'झन्डै एक वर्षपछि यात्रुलाई भाडामा राहत दिन सकेका छौं,' सिमि्रकका थापाले भने, 'आयल निगमले अझै पनि हवाई इन्धनमा नाफा उच्च दरको नाफा राखिरहेको छ। त्यसलाई कम गरे हवाई भाडा ठूलो परिमाणले घट्ने छ।'
वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ पेट्रोलका दाँजोमा कम हुने गरे पनि नेपालमा उल्टो हुँदै आएको छ।
प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ। सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ। सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो।