हवाई भाडा १८ प्रतिशतसम्म घट्यो
०५ फागुन २०७२
•
१ मिनेट पाठ
हवाई भाडा १८ प्रतिशतसम्म घट्यो
काठमाडौं– आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा १८ प्रतिशतसम्म घटाएका छन् । घटेको भाडा बिहीबारबाट लागू हुनेछ।




2222222233.jpgनेपाल आयल निगमले 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर १ सय ६४.८८ रुपैयाँबाट ५५.८८ घटाएर १ सय ९ रुपैयाँ कायम गरेपछि आन्तरिक वायुसेवाहरूले हवाई भाडा न्यूनतम १६ दशमलव २६ देखि १८ दशमलव ३१ प्रतिशतसम्म घटाएका हुन् ।

'हवाई इन्धनको भाउ थपघट हुँदा हवाई भाडा पनि थपघट गर्न पाउने सरकारसँग भएको सम्झौताअनुसार अहिले भाडा घटाएका हौं,' वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको सदस्य सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले बुधबार नागरिकन्युजसँग भने, 'घटेको भाडामा यात्रुले बिहीबारबाट उडान गर्न पाउँछन् ।'

उनका अनुसार काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीको गन्तव्य सिमरा जान अब २ हजार ७ सय ६५ रुपैयाँमात्र लाग्ने छ भने टाढाको धनगढी जान १० हजार ९ सय ९० रुपैयाँ लाग्ने छ । यी भाडा दर सबै करसहित हुन् । बुधरबारसम्म सिमराको भाडा ३ हजार ३ सय ८५ छ भने धनगढीको भाडा १३ हजार १ सय २५ रुपैयाँ छ ।
अर्को समाचार
हवाई भाडा १८ प्रतिशत घट्यो (सूचीसहित)
०५ फागुन २०७२
•
६ मिनेट पाठ
हवाई भाडा १८ प्रतिशत घट्यो (सूचीसहित)
काठमाडौं- निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा अधिकतम करिब साढे १८ प्रतिशतसम्म घटाउने निर्णय गरेका छन्। घटेको भाडा दर बिहीबार (फागुन ६) बाट लागु हुने छ। नेपाल आयल निगमले मंगलबारबाट 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर ५५.८८ रुपैयाँका दरले घटाएर प्रतिलिटर १ सय ९ रुपैयाँमा झारेपछि वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले बुधबार हवाई भाडा घटाउने निर्णय गरेको हो। बुधबारसम्म हवाई इन्धनको भाउ प्रतिलिटर १६४.८८ रुपैयाँ छ।इन्धनको भाउ ३३.८९ प्रतिशतले घटेपछि वायुसेवा कम्पनीहरूले न्यूनतम १६.२६ प्रतिशतदेखि अधिकतम १८.३१ प्रतिशतसम्म हवाई भाडा घटाउने निर्णय गरेका हुन्। हवाई इन्धनको भाउ घटबढ हुँदा वायुसेवाहरूले 'फ्युल सरचार्ज' शीर्षकमा थपघट गर्ने गर्छन्। यो थपघट हवाई टिकटमै जोडिएको हुन्छ। वायुसेवा कम्पनीले फ्युल सरचार्ज भन्ने गरे पनि यात्रुले यसलाई भाडा घटेको/बढेको रूपमै लिन्छन्।




'हवाई इन्धनको भाउ घटेपछि फ्युल सरचार्ज घटाउने निर्णय गरेका छौं,' संघको सदस्य सिमि्रक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले बुधबार नागरिकसँग भने, 'भाडा घटेपछि यात्रु संख्या बढ्ने आशा छ। हाम्रो निर्णयबाट यात्रुलाई केही सहज हुने विश्वास पनि गरेका छौं।'

यसअघि माघ ५ मा पनि वायुसेवाहरूले हवाई भाडा लगभग यही दरमा घटाएका थिए। त्यसबेला आयल निगमले हवाई इन्धनको भाउ साढे २९ प्रतिशतले घटाएपछि भाडा घटेको थियो। त्यसअघि निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १ सय १५ रुपैयाँका दरले बढाएर प्रतिलिटर २ सय ३३ रुपैयाँ पुर्याणएपछि गत कात्तिक २३ मा संघले एकैचोटि अधिकतम ७१ प्रतिशतसम्म हवाई भाडा बढाएको थियो। मुलुकको उड्डयन इतिहासमै पहिलो पटक यति भारी परिमाणमा भाडा वृद्धि भएको थियो।

संघका अनुसार बुधबारको निर्णयअनुसार न्यूनतम ६ सय २० देखि अधिकतम २ हजार १ सय ३५ रुपैयाँसम्म सरचार्ज घटाउने निर्णय भएको छ। अब बिहीबारदेखि काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दुरीमा रहेको सिमरा जान २ हजार ७ सय ६५ रुपैयाँ तथा सबैभन्दा टाढा (१ घन्टा २० मिनेट) दुरीको धनगढी जान १० हजार ९ सय ९० रुपैयाँ तिरे पुग्छ। यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ। बुधबारसम्म सिमरा जान ३ हजार ३ सय ८५ र धनगढी जान १३ हजार १ सय २५ रुपैयाँ पर्थ्यो। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्।

अब माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ हजार ६५ रुपैयाँ, पोखरा ९ सय ३०, भैरहवा १ हजार १ सय ३५, विराटनगर १ हजार २ सय ७०, नेपालगन्ज १ हजार ६ सय १५, भद्रपुर १ हजार ५ सय १५, तुम्लिङटार १ हजार १ सय ३५, जनकपुर ८ सय २५ र भरतपुरलाई ७ सय २० रुपैयाँ कम तिरे पुग्छ।

त्यसैगरी बिहीबारदेखि काठमाडौंबाट माउन्टेन फ्लाइट जान प्रतियात्रु ९ हजार ३ सय ८५ रुपैयाँ, पोखरा जान ४ हजार ३ सय ५५, भैरहवा ५ हजार ५ सय ५, विराटनगर ६ हजार २ सय ९०, नेपालगन्ज ८ हजार २ सय ५०, भद्रपुर ७ हजार २ सय ६०, तुम्लिङटार ५ हजार १ सय ९०, जनकपुर ३ हजार ८ सय ४५ र भरतपुर जान ३ हजार २ सय २५ रुपैयाँमात्र लाग्छ।

त्यस्तै काठमाडौंबाट लुक्ला जान अब ६ हजार २ सय ८३ रुपैयाँमात्र तिरे पुग्छ। यसमा ७ सय ५७ रुपैयाँ घटेको हो। जोमसोमका लागि ४ सय ४५ रुपैयाँ घटेर २ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।

वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कूल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको भाउ पेट्रोलका दाँजोमा कम हुने गरे पनि नेपालमा उल्टो हुँदै आएको छ।

प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ। सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए फ्युल सरचार्ज पनि समायोजन गर्न पाउने सहमति छ। सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो।

Chart
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस