काठमाडौं- नेपाल पानी उत्पादक संघले आफूसँग आबद्ध मिनरल वाटर उद्योगीहरूको समर्थन जुटाएर पानीको बिक्रीमा 'कार्टेलिङ' गरेको छ। यसले मिनरल वाटर बिक्रीवितरणमा संघको एकाधिकार कायम हुनुका साथै थोक मूल्य एकैचोटि ३५ प्रतिशत वृद्धि भएको छ।
संघले एक साताअघि गरेको निर्णयअनुसार अब कुनै पनि मिनरल वाटर उद्योगले आफैं मूल्य निर्धारण गरेर सोझै बजारमा बिक्री गर्न पाउने छैन। काठमाडौं उपत्यकामा उत्पादन हुने सम्पूर्ण मिनरल वाटर सुरुमा संघले नै खरिद गर्नेछ। त्यहाँबाट मनोमानी रूपमा मूल्य तोकेर बजार पुर्याेइनेछ।
पानी बिक्रीमा एकाधिकार कायम गरेको एक सातामै संघले आफूखुसी ३५ प्रतिशत मूल्य वृद्धि गरिसकेको छ। यसअघि उद्योगले प्रतिकार्टुन (१२ बोतल) १ सय ४० रुपैयाँमा बिक्रेतालाई बेच्ने गरेको थियो। अहिले संघले १ सय ९० रुपैयाँमा उद्योगसँग खरिद गर्ने गरेको छ। संघले यसलाई प्रतिकार्टुन २ सय ४० रुपैयाँका दरले बिक्रेताकहाँ पुर्यापउँछ। बिक्रेताले यसैअनुसार उपभोक्ता मूल्य तय गर्ने भएका छन्।
संघको यो निर्णय उपभोक्ता संरक्षण ऐन, प्रतिस्पर्धा ऐन तथा कालोबजारी ऐनसँग ठाडै बाझिन्छ। यी ऐनले कुनै पनि वस्तु तथा सेवाको मूल्य निर्धारण तथा बिक्रीवितरणमा वस्तु तथा सेवाप्रदायकबीच आपसी मिलेमतोलाई गैरकानुनी ठहर गरेको छ।
कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी नाफा राखे कारबाही हुने व्यवस्था छ। संघको नयाँ नियमअनुसार भने ३५ प्रतिशत नाफा राख्ने गरी मूल्य तय गरिएको छ।
संघका सचिव तथा रियल स्पि्रङ ड्रप मिनिरल वाटर एन्ड वेभरेज प्रालिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पानीको बजार प्रबर्द्धनका लागि यस्तो निर्णय गरेको बताए। कार्टेलिङको बचाऊ गर्दै उनले आइतबार नागरिकसँग भने, 'हामीले कार्टेलिङ गरेका होइनौं, यसले बिचौलियाको अन्त्य गरेर उपभोक्ताले अझ सस्तोमा पाउनेछन्।'
उनको दाबीविपरीत संघको कार्टेलिङसँगै बजार मूल्यसमेत वृद्धि हुने लगभग निश्चित भइसकेको छ। पहिले उद्योगीले प्रतिकार्टुन १ सय ४० रुपैयाँमा बिक्री गर्दै आएको मिनरल वाटर अब बिक्रेताकहाँ पुग्दासम्म २ सय ४० पर्छ। यसमा बिक्रेताले आफ्नो नाफा जोड्दा स्वाभाविक रूपमा मूल्य वृद्धि हुने उद्योगीहरू नै बताउँछन्। एक बिक्रेताका अनुसार अहिले प्रतिबोतल २० रुपैयाँमा बिक्री हुँदै आएको मिनरल वाटर ३० रुपैयाँसम्म पुग्न सक्छ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाले पानी उत्पादकले प्रतिस्पर्धा ऐनविपरीत एकाधिकार बजार कायम गरेको आरोप लगाए। 'यो उपभोक्ता हितविपरीत छ। सरकारले तत्कालै पानी उत्पादकविरुद्ध कारबाही थाल्नुपर्छ,' उनले नागरिकसँग भने, 'सरकार सक्रिय नभए उपभोक्ता मारमा पर्छन्।'
पानी उद्योगीले मिनरल वाटर बिक्रीबाट 'पर्याप्त नाफा नभएको' भन्दै संघ गठन गरेर कार्टेलिङ सुरु गरेका हुन्। संघले कार्टेल स्थापित गर्न आफूसँग आबद्ध नभएका उद्योगलाई पनि केही समयदेखि संघमा आउन दबाब दिँदै आएको थियो। संघका पदाधिकारी प्रत्येक उद्योगमा पुगेर उनीहरूलाई संघ मातहत ल्याउने कोसिसमा लागेका थिए।
संघमा आबद्ध नभएका उद्योगीहरू यो कार्टेलले बजार प्रतिस्पर्धाको सामान्य मान्यतासमेत उल्लंघन गरेको बताउँछन्। 'मिनरल वाटर उद्योगले आफ्नो पानी बिक्रीका लागि मार्केटिङ गर्न नपाउने भएको छ, यसको जिम्मा संघले लिएको छ,' एक उद्योगीले भने, 'उद्योगले आफैं पानी बिक्री गरेको थाहा पाए संघले कारबाही गर्छ।' संघमा आबद्ध नभएकाहरूलाई पनि सदस्यता लिएर कार्टेलिङको हिस्सेदार बन्न धम्की आइरहेको उनले बताए।
उनका अनुसार संघले कार्टेलिङ प्रक्रियामा सहभागी नभएका उद्योगीका लागि समेत बिक्री मूल्य तोकिदिएको छ। प्रतिकार्टुन १ सय ७२ रुपैयाँ घटीमा बिक्री गर्न पाइँदैन भन्दै लगातार दबाब आइरहेको उनले बताए। 'उद्योगीले यसअघि प्रतिकार्टुन १५ देखि १६ प्रतिशत नाफा लिने गरेका थिए,' उनले भने, 'संघ गठनपछि नाफा दर ३५ प्रतिशतसम्म पुगेको छ।'
कतिपय उद्योगीका अनुसार संघले आफैं खरिद गरेर बिक्री गर्न थालेपछि मिनरल वाटरको गुणस्तरसमेत खस्किने सम्भावना छ।