पानीमा सरकारकै ‘कार्टेलिङ’
२८ साउन २०७७
•
३ मिनेट पाठ
पानीमा सरकारकै ‘कार्टेलिङ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १० गतेदेखि लागू हुने गरी एक जार पिउने पानीमा १५ देखि २० रुपैयाँ बढाएर मूल्य तोकेको छ। विभागको यो निर्णयसँगै व्यापारीले एक जार पानीलाई ५० रुपैयाँमा बिक्री गर्न पाउनेछन्, जब कि यसअघि ३५ रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए। त्यसमाथि बजारमा जारको पिउने पानीबीच प्रतिस्पर्धा थियो, जसले मूल्य अझै घट्न सक्ने सम्भावना थियो। बजारमा प्रतिस्पर्धा बढेसँगै मूल्य घट्नु स्वाभाविक हो। तर, यही बेला सरकार आफैँले पानीको मूल्य बढाइदिएपछि उपभोक्ता महँगीको मारमा पर्नेछन्।

सरकार आफैँले व्यापारीको स्वार्थअनुसार पिउने पानीको मूल्य बढाउने निर्णय गर्नु उपभोक्ता अधिकारमाथिको प्रत्यक्ष खेलबाड हो। जब कि प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेका थिए, सरकारी निकायले त गुणस्तर मापनमा ध्यान दिनुपर्ने हो। त्यसो गर्नुको सट्टा सरकारी निकाय आफैँ मूल्य बढाउन उद्यत भएपछि बजारमा ‘कार्टेलिङ’को सम्भावना बढेको छ। सरकार उपभोग्य वस्तुमा हुने ‘कार्टेलिङ’को अन्त्य गर्न लाग्नुपर्ने हो, तर आफैँ त्यसमा हिस्सेदार बन्नु विडम्बनापूर्ण छ।  

कुनै पनि वस्तुको मूल्य उत्पादन लागतका आधारमा निर्धारण गरिनुपर्छ। प्रतिजार पानीको लागत मूल्य २० देखि बढीमा २८ रुपैयाँ भएको व्यापारी नै बताउँछन्। लागतका आधारमा हेर्ने हो भने सरकारले निर्धारण गरेको मूल्य झन्डै दोब्बर हुन आउँछ। तर, सरकारी निकायले लागत विश्लेषण गरेर होइन, व्यापारीको ‘लबिङ’का आधारमा मूल्य बढाएका हुन्। जसले उपभोक्तालाई अतिरिक्त भार पर्ने भएको छ। यो निर्णयलाई उपभोक्ता अधिकारीकर्मीले ‘उपभोक्ता अधिकार हनन गर्न सरकारी निकाय व्यापारीको साक्षी बसेको’ रूपमा व्याख्या गरेका छन्, त्यसलाई अन्यथा भन्न मिल्दैन।

एकातिर बजारमा बिक्री भएको पानीको गुणस्तरमाथि प्रश्न उठ्दै आएको थियो भने, अर्काेतिर नेपाल बोटलर्स वाटर एसोसिएसनले पानीको मूल्य बढाउन लबिङ गर्दै आएको थियो। यो अवस्थामा सरकारले गुणस्तर वृद्धि गर्नुपर्नेमा उपभोक्ताको हक–अधिकार हनन गर्दै व्यापारीको पक्षमा उभिन पुगेको छ।
उपत्यकामा मिनरल र जारको पानी उत्पादन गर्ने करिब एक सय ८० उद्योग छन्। ती उद्योगले दैनिक डेढ लाख जार र १५ देखि २० हजार कार्टुन मिनरल वाटर बिक्री गर्दै आएका छन्। ललितपुरको गोदावरी, मातातीर्थ, चाल्नाखेल, गोंगबु, जोरपाटी, भक्तपुरको झौखेलमा सञ्चालित उद्योगबाट उत्पादित पानी राजधानी काठमाडौंमा बिक्री–वितरण गरिन्छ। यसरी बिक्री–वितरण हुँदै आएको पानीको गुणस्तर कमजोर भएको स्वयं पानी उत्पादकले स्वीकार गर्दै आएका हुन्। पानीको मूल्य, उत्पादन मिति, ब्याच नम्बर स्पष्ट रूपमा लेख्नुपर्ने, जारको मुखमा प्लास्टिकले ¥यापिङ गरेको हुनुपर्ने भए पनि मापदण्ड पूरा नगरी बिक्री हुँदै आएको थियो। अनुगमनका क्रममा पनि मापदण्ड पूरा नगरेका र कुच्चिएका जार छ्यापछ्याप्ती पाइएका थिए।  

यसरी एकातिर बजारमा बिक्री भएका पानीको गुणस्तरमाथि प्रश्न उठ्दै आएको थियो भने, अर्काेतिर नेपाल बोटलर्स वाटर एसोसिएसनले पानीको मूल्य बढाउन लबिङ गर्दै आएको थियो। यो अवस्थामा सरकारले गुणस्तर वृद्धि गर्नुपर्नेमा उपभोक्ताको हक–अधिकार हनन गर्दै व्यापारीको पक्षमा उभिन पुगेको छ। पछिल्लो समय काठमाडौंमा मेलम्चीको पानी ल्याउने अन्तिम तयारी अघि बढेका कारण पछि खपत कम हुने भन्दै अहिले नै बढी मूल्य असुल्न व्यापारीले लबिङ गर्दै आएका थिए, त्यसलाई सरकारी निकायले साथ दिएको हो। अर्काेतिर उपभोक्तालाई सरकारले नजिकिँदै गएको चाडपर्वको समयमा पिउने पानीमा समेत महँगीको उपहार थपिदिएको छ।

अझ अचम्मलाग्दो पक्ष के छ भने, मूल्य निर्धारण गर्न विभागका निर्देशकको संयोजकत्वमा गठित समितिमा स्वार्थ बाझिने गरी पानी उत्पादक कम्पनीको छाता संस्था नेपाल बोटलर्स वाटर एसोसिएसनका प्रतिनिधिलाई सहभागी गराइएको थियो। सम्बन्धित पक्षको राय लिन त सकिएला, तर मूल्य निर्धारण समितिमा व्यापारीलाई राखेर मूल्य बढाउने कार्य कुनै हिसाबले जायज मान्न सकिँदैन। त्यति मात्र होइन, विभागले व्यापारीलाई नै साक्षी राखी पत्रकार सम्मेलन गरेर बढेको मूल्य सार्वजनिक गर्नु आफैँमा लज्जाको विषय हो। यसले गर्दा पनि सरकारको यो निर्णय विवादमा परेको छ। त्यसैले यस्तो विवादास्पद निर्णय कार्यान्वयन गर्नुको सट्टा फिर्ता लिनु नै श्रेयस्कर हुन्छ।
अर्को समाचार
पर्वतका दुई विकट बस्तीमा खानेपानी पुग्यो
२६ चैत्र २०८०
•
३ मिनेट पाठ
पर्वतका दुई विकट बस्तीमा खानेपानी पुग्यो
वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ। फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो।  

आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ। पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो। बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्‍याइएको छ।  

स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ। चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताए। केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उनले जानकारी दिए।  

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताए। अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ। डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताए।  

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए। नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन।  

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पुर्‍याइएको छ। सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो। जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए। लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो। पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उनले बताए। एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो।  

‘यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए। गाउँको सबैभन्दा ठूलो समस्या नै पानी  थियो,’ वडाध्यक्ष जिसीले भने । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन्। स्थानीय हरिनारायण रेग्मीले वर्षौंदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताए। 

अब  एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ। लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबीच सहमति नहुँदा गाउँमा पानी पुर्‍याउन ढिलाइ भएको थियो। अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबीच सहमति भएपछि योजनाले पूर्णता पाएको हो। -रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस