पानीमा कार्टेलिङ रोक्न मुख्यसचिवको निर्देशन
०२ भदौ २०७१
•
६ मिनेट पाठ
पानीमा कार्टेलिङ रोक्न मुख्यसचिवको निर्देशन
काठमाडौं-सरकारका मुख्य सचिव लीलामणि पौड्यालले पिउनेपानी बिक्रीमा कार्टेलिङ (एकाधिकार) गरेर उपभोक्ता ठग्न खोज्ने व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका छन्।नेपाल बोतल वाटर उद्योग संघले सदस्य उद्योगद्वारा उत्पादित सबै पानी किनेर मनोमानी मूल्य बढाई बजार पठाउन थालेपछि मुख्य सचिवले कारबाहीको निर्देशन दिएका हुन्। 




मुख्य सचिव पौड्यालले सोमबार प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनअनुसार ती व्यवसायीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन्। ‘वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मेरै कार्यकक्षमा बोलाएर कार्टेलिङ गर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको छु,' पौड्यालले सोमबार नागरिकसँग भने, ‘निर्देशन नमाने स्पष्टीकरण सोध्छु।' 

पानी जस्तो संवेदनशील वस्तुमा एकाधिकार जमाउन खोज्ने व्यवसायीलाई तत्काल कानुनी कारबाही गनुपर्ने पौड्यालको भनाइ छ। वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले सम्वद्ध पानी व्यवसायीलाई कारबाही गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको जानकारी दिए। 

यसैबीच, उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव ज्योति बानियाँले एकाधिकार पक्षधर संघ तत्काल विघटन गर्न र सम्बद्ध उद्योगीलाई कानुनी कारबाही गर्न माग गर्दै व्यवस्थापिका संसदमा निवेदन दर्ता गराएको बताएका छन्। 

‘व्यवस्थापिका संसदले बनाएको कानुन उल्लंघन गरी पानी व्यवसायीले कार्टेलिङ गर्न खोजेका छन्,' मञ्चले संसदमा पेस गरेको निवेदनमा भनिएको छ, ‘प्रतिस्पर्धा ऐनलगायत कानुनले कार्टेलिङ, सिन्डिकेट, एकाधिकारपूर्ण बजार, आलोपालो पद्धतिलाई निषेध गरी त्यस्ता काम गर्ने, गराउने व्यक्ति र संघ–संस्थालाई कसूरदार ठहर गरी दण्ड सजायको व्यवस्था गरेका छन्।' 

मुख्य सचिव पौड्यालले आफ्नो निर्देशन कार्यान्वयनमा वाणिज्य मन्त्रालयका अधिकारीले आनाकानी गरेकोसमेत बताए। ‘मैले भनेको त टेर्दैनन् भने अरुले भनेको के सुन्लान् र?,' वाणिज्य मन्त्रालयका अधिकारीप्रति संकेत गर्दै उनले भने, ‘मैले निर्देशन दिँदा पनि यस विषयमा कुनै छलफल भएको छैन।' 

यता, पानी व्यवसायीको संघले सदस्य उद्योगको पानी किनेर मनोमानी मूल्यवृद्धि गरिसकेको छ। उसले सदस्य उद्योगद्वारा उत्पादित सबै पानी संघमार्फत बजार पठाउनुपर्ने नियम लादेको छ। बोटलबन्द पिउने पानीमा नियन्त्रण कायम गरेर एक्लो आपूर्तिकर्ता बनेपछि संघले मूल्यवृद्धि गरेको हो। उसले संघका सदस्य नरहेका पानी उद्योगलाई पनि आबद्ध हुन दबाब दिएको छ। गैरसदस्य उद्योगको पानी बिक्रीमा संघले रोकसमेत लगाएको थियो। 

त्यसको विरोधमा व्यवसायीले उत्पादन ठप्प पारेका छन्। ‘हामीले उत्पादन गरेको पानी सित्तैँमा दिउँ या सस्तो मूल्यमा त्यो संघको सरोकारको विषय नहुनुपर्ने हो,' एक उद्योगीले नाम नबताउने सर्तमा भने, ‘तर संघमा आवद्ध नहुँदा उत्पादन र बिक्रीमा समस्या आएपछि बन्द गरेका हौं।' 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले पानीको कार्टेलिङ तोड्ने विषयमा कुनै पत्र नआएको बताए। तर, वाणिज्य विभागका महानिर्देशक बिडारीले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाही गर्न पत्र काटेको दाबी गरे। 

आवद्ध सदस्यका अनुसार संघले अहिले प्रतिकार्टुन पानीमा १० रुपैयाँ घटाएर एक सय ८० मूल्य कायम गरेको। छोटो समयमा मोटो रकम कमाउने सोचले केही व्यवसायीले संघ खडा गरेर पिउने पानीमा कार्टेलिङ गर्न खोजेको प्रतिस्पर्धी व्यवसायी बताउँछन्। यो कार्टेलिङ रोक्न नसके उपभोक्ताले अबको केही दिनमै प्रतिबोतल पानीको लागि ३० रुपैयाँ तिर्नुपर्ने उनीहरुको भनाइ छ। 

उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका अध्यक्ष जगनाथ मिश्र नाफाका लागि कार्टेलिङ गरेका व्यवसायीले बजारमा कृत्रिम अभाव गराएर पनि मूल्य बढाउन सक्ने अनुमान गर्छन्। 

उद्योगीले खुला बजार अर्थतन्त्रअनुसार प्रतिस्पर्धात्मक मूल्य र स्वतन्त्र रुपमा पानी बेच्न पाउनुपर्ने उनको भनाइ छ। ‘पानीजस्तो संवेदनशील वस्तुमा एकाधिकार जमाउन मिल्दैन,' उनले भने, ‘यसले उपभोक्ता मारमा पर्छन्। यस्तो संघ राज्यले तत्काल खारेज गर्नुपर्छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस